बाँके / नेपालगञ्जस्थित भेरी अस्पतालमा कोरोना सङ्क्रमणका कारण १२ घण्टामा दुई जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा मधुवन नगरपालिका –६ का ७१ वर्षीय पुरुष र कालिकोट शुभकालिका –५ का १६ वर्षीय बालक रहेका छन् । 

OM Sai Pathibhara Hospital

अस्पतालमा उपचाररत बर्दियाका ७१ वर्षीय संक्रमित पुरुषको मृत्यु भएको १२ घण्टाभित्रै कालिकोटका १६ वर्षीय बालकको भेरी अस्पतालमा मृत्यु भएको जिल्ला कोभिड व्यवस्थापन केन्द्र बाँकेका स्रोत व्यक्ति तेज वलीले जानकारी दिए ।

उनका अनुसार ७१ वर्षीय पुरुषको उपचारका क्रममा मंगलबार राति १०ः३० बजे मृत्यु भएको थियो । भेरी अस्पतालमा यही माघ १० गते पीसीआर परिक्षण गर्दा उनलाई कोरोना पोजेटिभ भएपछि सोही दिन भर्ना गरिएको थियो ।

यस्तै १६ वर्षीय बालकको भेरी अस्पतालमा बुधबार बिहान ११ः१५ बजे मृत्यु भएको छ । यही माघ ४ गते पीसीआर परिक्षण गर्दा कोरोना पोजेटिभपछि भोलिपल्ट भेरी अस्पतालमा भर्ना गरिएकामा उपचारकै क्रममा बुधबार बिहान मृत्यु भएको जिल्ला कोभिड व्यवस्थापन केन्द्रका स्रोत व्यक्ति वलीले बताए ।