बिर्तामोड / झापाको दमकस्थित दमक अस्पतालमा कार्यरत स्वास्थ्यकर्मी तथा कर्मचारीमा कोरोना सङ्क्रमण देखिएपछि अस्पतालको अत्यावश्यक बाहेकका अन्य सबै सेवा बन्द गरिएको छ ।

दमक अस्पतालका सूचना अधिकारी देवी दङ्गालका अनुसार आजदेखि शुक्रबारसम्म अत्यावश्यकबाहेकका सेवा बन्द गरिएको हो ।

OM Sai Pathibhara Hospital

यस अस्पतालमा दैनिक एक हजारभन्दा बढी बिरामीले बिमामार्फत उपचार सेवा पाउँदै आएका मेडिकल सुपरिटेन्डेन्ट डा खड्ग लिम्बूले जानकारी दिएका छन ।