काठमाडौँ / शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा एक हप्ताका लागि रोकिएको कोरोना भाइरसविरुद्धको खोप अभियान आजदेखि पुशुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा एक हप्ताका लागि रोकिएको कोरोना भाइरसविरुद्धको खोप अभियान आजदेखि पुनः  हुने भएको छ ।

काठमाडौँ महानगरपालिका स्वास्थ्य शाखा र नेपाल रेडक्रस सोसाइटीबाट जनशक्ति व्यवस्थापन हुने भएपछि खोप अभियान पुनः सञ्चालन गर्न सकिने अस्पतालका निर्देशक डा मनिषा रावलले जानकारी दिएका छन् ।

OM Sai Pathibhara Hospital

आज बिहान १० बजेदेखि खोप अभियान सुरु हुने छ समेत रावलले बताएका छन् । अस्पतालमा ५० भन्दा बढी चिकित्सक, स्वास्थ्यकर्मी र अन्य कर्मचारीलाई कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएकाले सोमबारदेखि एक हप्ताका लागि खोप अभियान स्थगन गरेको थियो । अस्पतालले कोरोना भाइरसविरुद्धको पहिलो मात्रा, पूर्ण मात्रा  र बुस्टर डोज समेत उपलब्ध गराउँदै आएको थियो ।