काठमाडौं /  पछिल्लो २४ घण्टामा १० हजार ३१९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । 

पछिल्लो २४ घण्टामा २१ हजार २०१ जनाकाे कोरोना परीक्षण गर्दा १० हजार ३१९ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । 

OM Sai Pathibhara Hospital

मन्त्रालयका अनुसार यससँगै देशभर सक्रिय सङ्क्रमितको संख्या ८२ हजार ५५० पुगेको छ । सोही अवधिमा निको हुनेको संख्या भने दुई हजार पाँच सय ४० जना रहेको छ । 

यसैगरी पछिल्लो २४ घण्टामा कोरोनाबाट ४ जनाले ज्यान गुमाएका छन् । यससँगै देशभर कोरोनाबाट ज्यान गुमाउनेको कुल संख्या ११ हजार ६५९ पुगेको छ ।