काठमाडौँ / शुक्रराज ट्रोपिकल तथा सरुवा रोग अस्पतालमा ६० भन्दा बढी स्वास्थ्यकर्मीमा कोरोना संक्रमण देखिएपछि जारी खोप कार्यक्रम स्थगित गरिएको छ । सोमबारदेखि ७ दिनका लागि खोप कार्यक्रम स्थगित गरिएको अस्पतालका सूचना अधिकारी नवराज गौतमले बताए ।

थप स्वास्थ्यकर्मी संक्रमित नहोऊन् र सेवा नै स्थगित गर्नुपर्ने अवस्था नआओस् भनेर खोप कार्यक्रम तत्कालका लागि रोकेका हौँ उनले भने ।