झापा / उपचारका लागि चिन गएका नेकपा माओवादी केन्द्रका स्थायी समिति सदस्य वर्षमान पुन उपचार सकेर आज स्वदेश फर्कने भएका छन् ।

वर्षमान सहित पूर्व सभामुखसमेत रहेकी वर्षमानकी पत्नी ओनसरी घर्ती पनि आज अपरान्ह चार्टर विमान मार्फत सँगै नेपाल आउने भएकी छिन् । वंशाणुगत जन्डिसका बिरामी वर्षमानको उपचार चीनको सेनजेनस्थित थर्ड पिपुल्स अस्पतालमा गरिएको थियो।

OM Sai Pathibhara Hospital

जावलाखेलस्थित सुमेरु अस्पतालमा वर्षमानको उपचार सम्भव नभएपछि चिकित्सकको परामर्शमा गत १३ असोजमा थाइल्याण्डको राजधानी बैंकक गएका थिए ।

बैङ्ककस्थित समितिभेज अस्पतालमा समेत स्वास्थ्यमा सुधार नआएपछि मंसिर १० गते उनी चीन गएका थिए ।

बैंकक जाँदा बिलुरुबिनको मात्रा ३४ थियो भने हाल उनको शरीरमा बिलुरुबिन (जण्डिस) को मात्रा नियन्त्रित अवस्थामा रहेको छ । चिकित्सकहरूका अनुसार स्वस्थ मानिसमा बिलुरुबिनको मात्रा १.५ देखि ८ बिन्दुसम्म हुने र त्यसभन्दा माथि भए जन्डिस भएको मानिन्छ ।