रसुवा / रसुवा भन्सार कार्यालय टिमुरेले मंसिर महिनामा लक्ष्यको ८८.३९ प्रतिशत राजस्व संकलन गरेको छ ।

भन्सार प्रमुख रामप्रसाद मैनालीका अनुसार मङ्सिरमा ५४ करोड ७१ लाख १९ हजार राजस्व सङ्कलनको लक्ष्य रहेकामा १ अर्ब ३ करोड ६ लाख ९७ हजार राजस्व संकलन भएको हो । 

OM Sai Pathibhara Hospital

जुन मंसिर महिनामा राखिएको लक्ष्यको तुलनामा ४८ करोड ३५ लाख ७८ हजार  राजस्व बढी संकलन भएको हो ।

गत वर्ष मंसिर महिनामा ३६ करोड ९८ लाख ०८ हजार राजस्व संकलन भएको थियो ।  गत वर्षको तुलनामा यो वर्ष ६६ करोड ८ लाख ८९ हजार बढी राजस्व संकलन भएको छ । 

रसुवा भन्सार कार्यालयले निकासी, पैठारी, महसुल, सेवा शुल्क, कृषि सुधार, अन्त शुल्क भ्याट लगायतका शुल्क बापत भन्सार असुली गर्ने गर्छ । 

चीनको केरुङबाट रसुवागढी नाका हुँदै अहिले नेपाल तर्फ रेडिमेड कपडा, इलेक्ट्रोनिक लगायतका सामाग्री भित्रिने गरेको छ भने नेपालबाट केरुङतर्फ हस्तकलाका सामाग्री जाने भए पनि कोरोना संक्रमण सुरु भएयता चीनले एकतर्फी मात्र नाका खुल्ला गरेसँगै नेपालबाट हुने निर्यात भने शून्य छ ।