बिर्तामोड (आजको राजधानी दैनिकबाट) सम्बन्धित चलचित्रको नेगेटिभलाई राम्ररी भण्डारण गर्न नसक्दा २०३० देखि २०६० सालसम्मका २ सयभन्दा बढी चलचित्रको भौतिक अस्तित्व अहिले संकटमा छ । ती चलचित्रको त्यतिबेला बनाएको प्रिन्ट बिग्रिसकेका छन् । नयाँ प्रिन्ट बनाउन ती नेगेटिभ सही रूपमा चाहिने भएको छ ।
यही समस्यालाई मध्यनजर राख्दै निर्माता निर्देशक यादव खरेलले आफ्ना दुई चलचित्र ‘प्रेमपिण्ड’ र ‘आदिकवि भानुभक्त’को नेगेटिभलाई युनिभर्सिटी अफ लस एन्जल्स क्यालिफोर्निया, अमेरिकामा राखेका छन् । विश्वका महŒवपूर्ण सिनेमा राखिएको यो विश्वविद्यालयबाट यी दुई चलचित्रलाई कुनै पनि समय डिजिटलमा प्रिन्ट निकालेर पुनः प्रदर्शन गर्न सकिनेमा अब निर्माता निर्देशक खरेल ढुक्क छन् ।
यस्तै, निर्माता निर्देशक तुलसी घिमिरेले पनि नेगेटिभमा बनेका आफ्ना आधा दर्जन चलचित्रलाई डिजिटलमा ढालेर त्यसको नेगेटिभलाई मुम्बईमा सुरक्षित राखेका छन् । उनले कोसेली, दुई थोपा आँसु, रहर, साइत, दर्पण छाया, दुई किनाराजस्ता चलचित्रलाई भौतिक रूपमा अहिलेको प्रविधिमा सुरक्षित गरेका छन् । अब घिमिरेसँग आफ्ना यी आधा दर्जन सिनेमाको गुणस्तर युक्त प्रिन्ट डिजिटलमा रहेको छ । यो फिल्म उनले कुनै पनि समय अहिलेको गुणस्तरमा हल तथा अन्यत्र रिलिज गर्न सक्छन् ।
यस तर्फ अरूले ध्यान पु¥याउन सकेका छैनन् । सोही कारण २०६० सालभन्दा अघि निजी क्षेत्रबाट निर्माण भएका २ सयभन्दा बढी चलचित्रको अस्तित्व अहिले संकटमा छ । ती चलचित्रका नेगेटिभ रिल अहिले सुरक्षित अवस्थामा छैनन् । अब पनि सुरक्षित गर्न सकिएन भने चाँडै ती फिल्मको भौतिक अस्तित्व मेटिनेमा चलचित्र निर्देशक यादव खरेल चिन्तित छन् ।
निर्देशक खरेलका अनुसार २०३० साल देखि २०६० सालको असपासमा बनेका चलचित्र मध्य २ सयभन्दा बढी चलचित्रको नेगेटिभ प्रिन्ट अहिले नेपाल चलचित्र विकास कम्पनी बालाजुको भण्डारणमा रहेको छ । २०३० सालदेखि सो कम्पनीले ती नेगेटिभ राख्दै आएको छ । चलचित्र विकास बोर्डले २०५८ सालतिर निर्माण गरेको सो भण्डारणमा रहेको सिनेमाको नेगेटिभलाई सफा गरेर त्यसलाई डिजिटल प्रविधिमा ढाल्न आवश्यक भइसकेको छ । तर, सम्बन्धित निर्माताहरूले आर्थिक अभावका कारण त्यसतर्फ चासो दिन सकेका छैनन् । जसका कारण ती २ सयभन्दा बढी फिल्मको अस्तित्व संकटमा भएको खरेलले बताए ।
चलचित्र विकास बोर्डका संस्थापक अध्यक्ष रहेका खरेलले आफू बोर्ड अध्यक्ष हुँदा चलचित्र विकास कम्पनीको ल्याबलाई मर्मत गराएर त्यहाँ नेपाली चलचित्रको नेगेटिभलाई सुरक्षित राख्न लगाएका हुन्, ‘त्यतिबेला हामीले बालाजु ल्याबसँग रहेका नेपाली लचचित्रको नेगेटिभ रिलहरू बिग्रने अवस्था आएपछि पुनः सफाई र मर्मत गरेर पहिलाको अवस्थामा ल्यायौं अनि निश्चित तापक्रममा भण्डारणमा राखेका हौं ।’ तर केही समययता त्यहाँको भण्डारणको तापक्रममा समस्या आएका कारण त्यहाँ राखिएका फिल्मको नेगेटिभ असुरक्षित हुँदै गएको उनले बताए ।
खरेलका अनुसार ती पुराना फिल्ममध्ये केही फिल्मलाई पहिला भिडियो चक्कामवा तयार गरेर राखिएको भए पनि त्यो चक्काहरू पनि लोप अवस्थामा छन् । त्यसैले आगामी सन्ततिलाई विगतका ती २ सयभन्दा बढी नेपाली चलचित्र सुम्पन त्यसको नेगेटिभलाई सुरक्षित राख्नुबाहेक अरू विकल्न नभएको खरेलको भनाइ छ ।
चलचित्र विकास बोर्डका अनुसार यी फिल्मको प्रिन्ट बनाएर हलमा प्रदर्शन गरिसकिएकाले ती प्रिन्टहरू अहिले राम्रो अवस्थामा छैनन् । त्यो नेगेटिभलाई डिजिटल प्रविधिमा ढालेर मात्र ती फिल्मलाई फेरि तयार गरेर विभिन्न माध्यमबाट प्रदर्शन गर्न सकिन्छ । त्यसको लागि चलचित्र विकास बोर्डले सम्बन्धित फिल्मका निर्मातासँग पहल गरिरहेको बोर्ड अध्यक्ष दयाराम दाहालको भनाइ छ ।
बलिउड, हलिउडलगायतका सिनेमा उद्योगमा पुराना सिनेमाको नेगेटिभलाई लाइब्रेरीमा राख्दै आएको छ । उनीहरूले चाहेको बेला डिजिटल रेस्टोरेसन प्रविधिबाट डिजिटल प्रिन्ट बनाई सिनेमा हल देखि टेलिभिजन तथा अन्य माध्यमबाट प्रदर्शन गर्दै आएका छन् । तर, नेपालमा त्यसतर्फ ध्यान नदिइएको पनि बोर्ड अध्यक्ष दाहालको कथन छ । तत्कालीन सरकारले बनाएको आमादेखि बदलिँदो आकाशसम्म १० वटा पुराना चलचित्रको नेगेटिभ रिललाई डिजिटली रूपमा पुनः मर्मत ९डिजिटाइजेसन रेस्टोरेसन० गरेर बोर्डले अहिलेको प्रविधिमा तयार गरेको छ ।
यदि नेपाली चलचित्रका निर्माताहरूले आफ्नो त्यो समयका फिल्मलाई डिजिटल रूपमा रेस्टोरेसन गरेर डिजिटल प्रिन्ट तयार गर्ने हो भने त्यसतर्फ बोर्ड तयार गरेको पनि अध्यक्ष दाहालले बताएका छन् । त्यस’दयगत नयाँ नीति निर्माणको पहल भइरहेको दाहालको भनाइ छ ।
पुराना नेपाली चलचित्रलाई कसरी सुरक्षित गर्ने भन्ने’दयगत काम गर्दै आएका चलचित्र विकास बोर्डका फिल्म लाइब्रेरी संयोजक एवं अधिकृति चिरञ्जीवी गुरागाईंले राजधानीसँग भने, ‘चलचित्र विकास कम्पनी बालाजु ल्याबमा भण्डारण गरिएका ती फिल्महरूको नेगेटिभ अझै पनि बिग्रिसकेको छैन र त्यसलाई सफा गरेर निर्धारित तापक्रममा राखियो भने त्यसको अस्तित्व जोगाउन सकिन्छ । त्यसलाई जोगाउने अर्को तरिका भनेको डिजिटाइजेसन रेस्टोरेसन गर्नु पनि हो ।’
फिल्म लाइब्रेरी प्रमुख गुरागाईं पनि ती चलचित्रलाई चाँडै डिजिटलाइजेसन गर्नुपर्ने बताउँछन् । त्यसको डिजिटल प्रिन्ट तयार गरेर चलचित्र विकास बोर्डका लाइब्रेरीमा राखेमा मात्र पनि ती चलचित्रको भौतिक अस्तित्व जोगिने उनको कथन छ ।