काठमाण्डौ । जेनजीले बिहीबार भोलि आयोजना गर्ने भनिएको शान्तिपूर्ण प्रदर्शन स्थगित गरेको छ।
एनटीईके-जेड समूहले बुधबार विज्ञप्ति जारी गर्दै शान्तिपूर्ण आन्दोलनमा विभिन्न किसिमका अराजक र अप्रिय घटना निम्त्याउने देखिएकाले स्थगित गरिएको जनाएको हो।
विज्ञप्तिमा भनिएको छ- ‘केन्द्रीय समिटीको बैठक बसेर गरेको छलफलमा २३ गते घोषणा गरेको शान्तिपूर्ण आन्दोलनमा विभिन्न किसिमका अराजक तत्वहरूले आन्दोलनलाई विथल्ने र अप्रिय घटना निम्त्याउने देखिएको हुनाले यस आन्दोलनलाई हामी एनटीईके–जेड का केन्द्रीय पदाधिकारीहरूले छलफल गरी २३ गते हुने आन्दोलनलाई हाल उक्त परिस्थितिका कारण स्थगित गर्ने निर्णय गरिएको छ र सो छलफल गरी आउने समयमा हुने शान्तिपूर्ण आन्दोलनको मिति जानकारी गराउने निर्णय गर्दछौँ ।”
विज्ञप्तिमा आगामी शान्तिपूर्ण आन्दोलनको नयाँ मिति छिट्टै सार्वजनिक गरिने उल्लेख गरिएको छ।