एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारको लापरवाही अनि बेवास्ताका कारण दैनिक ४०० मेगावाट विद्युत खेर जान थालेको छ । विद्युत उत्पादकहरूले सचेत गराउँदा समेत तत्कालीन सरकारले वेवास्ता गरका कारण प्राधिकरण र मुलुकले दैनिक करोडौँ रुपैयाँ गुमाउन परेको हो ।

मुलुक भित्र विद्युत उत्पादन बढ्ने र उत्पादित विजुली नेपाललाई धेरै हुने निश्चित रहेको समयमा सरकार रहेका ओली अनि उनको सरकारको बेवास्ताका कारण मुलुकले अर्वौ रुपैयाँ नोक्सानी झेल्नु पर्ने भएको छ । साउन , भदौ र असोजमा मात्रै विद्युत प्राधिकरणलाई उत्पादित विजुली उपयोगमा ल्याउन नसक्दा कविर ८ अर्ब रुपैयाँ नोक्सानी हुने भएको हो ।

वर्षौ घाटामा रहेको विद्युत प्राधिकरणलाई मुनाफामा लगेर मुलुकलाई अन्धकारको युगबाट उज्यालो युगमा पुर्याएका कुलमान घिसिङलाई प्राधिकरणमा लान चर्को दबावका बिच तत्कालीन प्रधानमन्त्री ओलीले आफू निकटका हितेन्द्रदेव शाक्यलाई प्राधिकरण प्रमुख बनाएका थिए । तत्कालीन सरकार र प्राधिकरणका प्रमुख शाक्यको बेवास्ताकै कारण अहिले मुलुकले दैनिक सवा ८ करोड रुपैयाँ बराबरको विद्युत खेर गइरहेको छ ।

तत्कालीन सरकार र प्राधिकरण नेतृत्वले उत्पादित विद्युत उपयोगका लागि ठोस योजना बनाउन नसक्दा मुलुकले आर्थिक नोक्सानी झेल्नु पर्ने अवस्था आएको उर्जा उत्पादकहरूको भनाई छ । यतिबेला दैनिक ३ सय देखि ४ सय मेगावाट विद्युत खेर गइरहेको छ । देशभित्र खपत बढाउने र विदेश निर्यात गर्नका लागि ठोस योजना तत्कालीन सरकारले नबनाउँदा यो अवस्था आएको हो ।

गत साउनमा तामाकोसीबाट ४ सय ५६ मेगावाट विद्युत उत्पादन सुरु भएपछि मुलुकमा माग विद्युत माग भन्दा बेसी भएको हो । नेपालमा यतिबेला १ हजार ९ सय ७ मेगावाट विद्युत् उत्पादन भइरहेको छ। खपत  १ हजार ४ सय मेगावाटको हाराहारीमा मात्रै रहेको छ ।

मुलुक भित्र साँझको समयमा विद्युत्को धेरै उच्च हुने गरेको छ । राति भने माग घटेर देशभित्र ८ सय मेगावाट मात्र विध्युत उपयोग हुने गरेको छ । दैनिक सरदर ४०० मेगावाट विद्युत खेर जाने समयमा ओली सत्ताच्युत पछि बनेको सरकारले प्राधिकरणको नेतृत्वमा कुलमान घिसिङ लगेपछि बल्ल यति वेला आएर विद्युत बिक्री अनि उपयोगका लागि पहल सुरु भएको छ ।

भारतमा समेत उर्जा संकट देखिएकाले प्राधिकरणले यतिबेला भने भारतको विहारमा बिजुली निर्यात सुरु गरेको छ। विहार सरकारले दैनिक २ सयदेखि २ सय ५० मेगावाटसम्म विद्युत् लान सुरु भएको प्राधिकरणका प्रवक्ता सुरेशबहादुर भट्टराईले जानकारी गराएका छन् । बर्खायाममा भारतलाई विद्युत दिने र हिँउदमा नेपालमा अभाव हुँदा भारतबाट आयात गर्ने गरी विद्युत निर्यात सुरु गरिएको भट्टराईले बताएका छन् ।