धनुषा / धनुषाको शहीदनगर नगरपालिका–यदुकोहास्थित श्रीराम मेडिकलमा बिक्री गर्न राखिएको कोरोना विरुद्धको खोप फेला परेको छ ।

प्रहरीले शहीदनगर नगरपालिकाको सुशासन समिति र प्रहरीको संयुक्त अनुगमन टोलीले कोरोना विरुद्धको खोप फेला पारेको हो । ४ थान भेरोसेल, १ थान जोन्सन एण्ड जोन्सन र १ थान अस्ट्राजेनेकाको खोप बरामद गरिएको प्रहरीले जानकारी दिएको छ ।

OM Sai Pathibhara Hospital

खोप फेला परेपछि श्रीराम मेडिकलका सञ्चालक कमलेश मण्डल पक्राउ परेका छन् । मण्डललाई पक्राउ गरेर सोधपुछ गर्दा थप एक व्यक्तिसमेत संलग्न रहेको बताएपछि प्रहरीले ति व्यक्तिलाई पनि पक्राउ गरेको छ ।