काठमाडौँ  / सरकारले चीनबाट खरिद गरेको ४४ लाख भेरोसेल खोप भोलि (शुक्रवार) ल्याउने भएको छ । खोप ल्याउन आज राति ११ बजे नेपाल वायुसेवा निगमको वाइडबडी विमान चीनतर्फ जाने भएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सचिव डा रोशन पोखरेलले खरिद गरिएको खोप भोलि चीनबाट ल्याइने जानकारी दिनुभयो । सरकारले ६० लाख खरिद गरेकामा यसअघि १६ लाख खोप नेपाल आइसकेको छ ।

OM Sai Pathibhara Hospital

निगमका महाप्रबन्धक डिमप्रकाश पौडेलले खोप लिनका लागि आज राति ११ बजे वाइडबडी विमान चीनतर्फ जाने बताउनुभयो । उहाँका अनुसार भोलि दिउँसो २ बजे खोप लिएर जहाज नेपाल आउने छ । 

नेपालमा अहिलेसम्म एक करोड ३३ लाख खोप आइसकेको छ । सरकारले असोज मसान्तसम्म एक करोड थप खोप ल्याउने तयारी रहेको छ ।