बिर्तामोड /  आज देशभर थप एक हजार ५११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा देशभर एक हजार ५११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको १५ हजार १७९ जनाको पिसिआर र एन्टीजेन परीक्षणमा एक हजार ७६० जनामा संक्रमण पुष्टि भएको हो।

स्वास्थ्य मन्त्रालयका अनुसार  ११ हजार २०८ जनाको पिअिसार परीक्षण गर्दा एक हजार १६५  र तीन हजार ९७१ जनाको एन्टीजेन परीक्षण गर्दा ३४६ जनामा संक्रमण पुष्टि भएको हो। 

OM Sai Pathibhara Hospital

आज देशभर एक हजार ६८९ जना संक्रमित निको भई डिस्चार्ज भएका छन्। पछिल्लो २४ घण्टामा ११ जना संक्रमितको मृत्यु भएको छ।

देशभर २५ हजार ७७२ जना सक्रिय संक्रमित रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ। तीमध्ये २४ हजार २२२ होम आइसोलेसनमा रहेका छन्। संस्थागत आइसोलेसनमा एक हजार ५५० संक्रमित छन् भने  ४०७ जना आइसियुमा र १२८ जनाको भेन्टिलेटरमा राखि उपचार भईरहेको छ।

देशभर २२० जना क्वारेन्टाइनमा रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।