काठमाडौं //नेपालमा पनि निपाह भाइरस फैलने जोखिम बढेको भन्दै १ सय १८ अस्पताललाई तयारी अवस्थामा बस्न मन्त्रालयले निर्देशन दिएको छ।

देशभरका १ सय १८ अस्पताल र स्वास्थ्य संस्थाहरूलाई निपाह भाइरसको परीक्षणका लागि तयारी अवस्थामा बस्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले निर्देशन दिएको हो।

OM Sai Pathibhara Hospital

चमेराबाट सर्ने यो भाइरस प्राणघातक रहेको र यो मानिसबाट मानिसमा पनि सर्ने भएकाले सबै सचेत हुनेपर्नेमा मन्त्रालयका प्रवक्ता डा. कृष्णप्रसाद पौडेलले जोड दिएका छन् ।

भारतको केरलामा यो भाइरस देखा परिसकेको हुनाले नेपालमा पनि सर्ने जोखिम उच्च रहेको उनले बताएका छन्।

रगतबाट परीक्षण गरिने यस भाइरस परीक्षण गर्ने किट सबै तिर नभएको प्रवक्ता पौडेलको भनाइ छ ।

भारतसँग सीमा जोडिएका कारण र संक्रमण फैलाउने चमेरा नेपालमा पनि पाइने भएकाले  पशुपंक्षीको सम्पर्ककमा धेरै रहने व्यक्तिहरू यसको जोखिमबाट जोगिन बढि सचेत हुनुपर्नेमा डा. पौडेलले जोड दिनुभयो ।

चराले टोकेका वा घाउ लागेका फलफूलहरू नखान र मासुजन्य पदार्थहरू राम्रोसँग पकाएर मात्र खान पनि उनले सुझाव दिएका छन्।