बिर्तामोड  / आज देशभर थप एक हजार ७६० जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको १६ हजार ८४४ जनाको पिसिआर र एन्टीजेन परीक्षणमा एक हजार ७६० जनामा संक्रमण पुष्टि भएको हो।

स्वास्थ्य मन्त्रालयका अनुसार  १२ हजार ५२४ जनाको पिअिसार परीक्षण गर्दा एक हजार ३३२  र चार हजार ३२० जनाको एन्टीजेन परीक्षण गर्दा ४२८ जनामा संक्रमण पुष्टि भएको हो। 

OM Sai Pathibhara Hospital

आज देशभर एक हजार २२० जना संक्रमित निको भई डिस्चार्ज भएका छन्। पछिल्लो २४ घण्टामा ७ जना संक्रमितको मृत्यु भएको छ।

देशभर २६ हजार २०२ जना सक्रिय संक्रमित रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ। तीमध्ये २४ हजार ६७९ होम आइसोलेसनमा रहेका छन्। संस्थागत आइसोलेसनमा एक हजार ६२४ संक्रमित छन् भने  ४०७ जना आइसियुमा र १२९ जनाको भेन्टिलेटरमा राखि उपचार भईरहेको छ।

देशभर २१८ जना क्वारेन्टाइनमा रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।