काठमाडौँ// नेपालमा पनि निपा भाईरसको संक्रमण फैलिएको भन्दै यसबाट बच्न सरकारले नागरिकलाई अपिल गरेको छ ।

निपा भाइरस प्राणघातक  भएकाले यसबाट बच्न सरकारले आग्रह गरेको हो।

OM Sai Pathibhara Hospital

निपा भाइरसको कुनै भ्याक्सिन बनि नसकेकाले यसबाट बच्न सबै सचेत र शतर्क हुनुपर्ने बेला आएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. कृष्णप्रसाद पौडेलले बताएका छन्।

यसलाई  हेलचेक्राइँ गर्नु नहुने पनि उनको सुझाव छ।

त्यस भाइरसको लक्षण श्वासप्रश्वासको समस्या, सामान्य रुघाखोकी, ज्वरो आउने, टाउको दुख्ने, एकदम छिटो अचेत हुने, कोमामा जाने जस्ता समस्या छिटो–छिटो देखापर्ने र कम्पन आउने प्रवक्ता पौडेलले बताएका छन्। 

प्राणघातक भाइरस रोगबाट बच्न प्राकृतिक रुपमा फलफूल बढी खान पनि उनले सुझाव दिएका छन्।