बिर्तामोड / आज देशभर थप एक हजार पाँच सय ६२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको १४ हजार ४४३ जनाको पिसिआर र एन्टीजेन परीक्षणमा एक हजार ५६२ जनामा संक्रमण पुष्टि भएको हो।

OM Sai Pathibhara Hospital

स्वास्थ्य मन्त्रालयका अनुसार  १० हजार २६६ जनाको पिअिसार परीक्षण गर्दा एक हजार १८०  र चार हजार १७७ जनाको एन्टीजेन परीक्षण गर्दा ३८२ जनामा संक्रमण पुष्टि भएको हो। 

आज देशभर एक हजार ५८९ जना संक्रमित निको भई डिस्चार्ज भएका छन्। पछिल्लो २४ घण्टामा १९ एक जना संक्रमितको मृत्यु भएको छ।