बिर्तामोड / प्रदेश १ मा आज थप ३६६ जनामा कोरोना संक्रमण भएको छ । 

९९२ जनाको पीसीआर परीक्षण गर्दा २५९ र ६१७ जनाको एन्टिजेन परीक्षण गर्दा १०७ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

OM Sai Pathibhara Hospital

मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा मोरङमा ११०, सुनसरीमा ८१, झापामा ५७, धनकुटामा ५, उदयपुर, सङ्खुवासभा र इलाममा १–१ र प्रदेश १ बाहिरका ३ जनामा संक्रमण देखिएको हो । 

प्रदेश १ मा आज ४१२ जना कोरोना संक्रमणमुक्त भएका छन् । संक्रमणमुक्त हुनेमा २०९ महिला र २०३ पुरुष रहेका छन् ।

पछिल्लो २४ घण्टामा कोरोना सङ्क्रमणबाट ५ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ४ महिला र १ पुरुष रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।