सुनसरी / सुनसरीको बराहक्षेत्र नगरपालिका –८ बाट एक सय ५० केजी गाँजा सहित प्रहरीले दुइ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सोही स्थानका भुपेन राय र सुनसरी रामधुनी –७ का अमिर लिम्बु रहेका छन् । 

इलाका प्रहरी कार्यालय सुनसरीबाट खटिएको टोलीले आज बिहान १ बजे बिशेष सुचनाको आधारमा चतराबाट आईरहेको को२च ११२ नम्बरको मारुती भेन चेकजाँच गर्ने क्रममा भेनबाट १५० के.जि गाँजा र १ थान नक्कली रिवलबल पेस्तोल बरामद गरेको हो । 

OM Sai Pathibhara Hospital

प्रहरीलाई देख्न साथ तत्काल फरार रहेका २ जनाको खोजी कार्य भइरहेको इलाका प्रहरी कार्यालय इटहरीले जनाएको छ ।