बिर्तामोड / ताप्लेजुङबाट बैंकिङ कसुर मुद्दाका फरार एक प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा ताप्लेजुङको याङवरक गाउँपालिका –२ घर भइ हाल झापाको बिर्तामोड नगरपालिका –५ बस्ने नरेन्द्र तिम्सिना रहेका छन् । 

OM Sai Pathibhara Hospital

उच्च अदालत बिराटनगरले उनीविरुद्ध २०७७ चैत्र ३० गते बैंकिङ कसुर मुद्दामा पन्ध्र दिन कैद र ३४ लाख जरिवाना हुने फैसला सुनाएको थियो ।

अदालतको फैसलापछि फरार रहेका  तिम्सिनालाई ताप्लेजुङबाट जिल्ला प्रहरी झापाको टोलीले आइतबार नियन्त्रणमा लिएको हो ।