ओखलढुंगा / राष्ट्रिय पुननिर्माण प्राधिकरण,ओखलढुंगामा कार्यरत सव–इन्जिनियर राजन पासवान ३० हजार घुस सहित पक्राउ परेका छन् ।
भुकम्पबाट क्षतिग्रस्त घर पुननिर्माणको तेस्रो किस्ता भुक्तानी पास गरिदिएवापत सेवाग्राहीसँग ३० हजार घुस लिएपछि जिल्ला प्रशासन कार्यालय, ओखलढुङ्गाबाट खटिएको टोलीले पासवानलाई पक्राउ गरेको हो ।
आयोगले सर्वोच्चको आदेशपछि आफैं घुस दिएर पक्राउ गर्न छाडेको छ । सेवाग्राहीकै घुसमा भने स्टिङ अप्रेसन जारी राखिने आयोगका प्रवक्ता नारायण प्रसाद रिसालले बताए ।