बिर्तामोड / विगत केही दिनदेखि लगातार परेको वर्षाका कारण सप्तकोसी नदीमा पानीको बहाव यो वर्षकै उच्च भएको छ । आज बिहान गरिएको मापनका अनुसार नदिमा पानीको बहाव यो यस वर्षकै उच्च हो । 

आज (शनिबार) बिहान गरिएको मापनअनुसार कोसी ब्यारेजमा दुई लाख ३१ हजार ५ सय १५ क्युसेक पानीको बहाव रहेको छ । यसअघि शुक्रबार राति १२ बजे एक लाख ५५ हजार ७७५ क्युसेकभन्दा बढी पानीको बहाव मापन गरिएको ब्यारेजस्थित नियन्त्रण कक्षले जनाएको छ । 

OM Sai Pathibhara Hospital

नदीमा पानीको बहाव बढेपछि ५६ वटा ढोका मध्ये ब्यारेजका ३० वटा ढोका खुला गरिएको सुनसरीका सहायक प्रमुख जिल्ला अधिकारी महेशकुमार पोखरेलले जानकारी दिए । थप ढोका खोलिदिन भारतीय पक्षलाई आग्रह गरेको उनले बताए ।

दुई लाख ५० हजारभन्दा माथि गएपछि खतरा मानिन्छ । पानीको बहाव बढ्दो क्रममा रहेकाले ब्यारेजमा खतराको सङ्केत स्वरुप रातो बत्ती बालिएको छ । 

नदीमा पानीको बहाव बढिरहेकाले आसपास क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन स्थानीय प्रशासनले सूचित गरेको छ । 

उच्च हिमाली तथा पहाडी क्षेत्रमा निरन्तर भइरहेको वर्षाका कारण कोशीमा मिसिने सहायक नदी तथा खोलामा समेत बाढी आउँदा यस नदीको पानी बहाव शुक्रबार रातभरमा २४ हजार नौ सय ९५ क्यूसेकले बढेको हो । वर्षा हुने क्रम अझै जारी रहेकाले जलस्तर अरु बढ्ने अनुमान गरिएको छ । 

शनिबार दिउँसो पानीको बहाव वहाव २ लाख २३ हजार क्यूसेक प्रतिसेकेण्ड पुगेको छ । शुक्रबार राति १२ बजेसम्म बहाव एक लाख ५५ हजार सात सय ७५ क्यूसेक थियो ।