बिर्तामोड / पछिल्लो २४ घण्टामा २ हजार ४ सय २१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। देशभरका विभिन्न प्रयोगशालामा गरिएको १२ हजार ४ सय १४ जनाको पिसिआर र एन्टीजेन परीक्षणमा २ हजार ४ सय २१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य मन्त्रालयका
अनुसार ७ हजार ४ सय ६१ जनामा पिअिसार
परीक्षण गर्दा १ हजार ५ सय ११ र ४ हजार ९ सय ५३ जनाको एन्टीजेन परीक्षण गर्दा ९ सय
१० जनामा संक्रमण पुष्टि भएको हो। यो सँगै नेपालमा सक्रिय संक्रमितको संख्या ५०
हजार ५२० पुगेको छ।
आज देशभर ३ हजार ५ सय ५८
जना संक्रमित निको भई डिस्चार्ज भएका छन्। हालसम्म ५ लाख ६८ हजार ४४० जना संक्रमित
निको भइसकेका छन्।
पछिल्लो २४ घण्टामा ५२
जना संक्रमितको मृत्यु भएको छ। हालसम्म ८ हजार ८९४ जना संक्रमितको मृत्यु भएको छ।