प्यठान/ लगातार
परिरहेको अविरल वर्षासँगै आएको बाढीले प्यूठानमा बन्दै गरेको पक्कीपुल भत्किएको छ । जिल्लाको
माझिदमार र अर्घाखाँचीको च्याउरेखोला जोड्ने झिमरुक नदीमा निर्माणधिन पुल भत्किएको
हो । झिमरुक खोलामा पानीको सतह बढेपछि पुल भत्किएको हुनसक्ने स्थानीयले बताएका छन्
।
बाढीले टेकाहरु बगाएपछि पुल कमजोर भइ भत्किएको हुनसक्ने
सडक डिभिजन कार्यालय प्यूठानका इञ्जिनियर अरुण केसीले जानकारी गराए । उनका अनुसार
उक्त पुल चार दिनअघि ढलान गरिएको थियो ।
३५ मिटर पुलको स्ल्याप भाँचिएर
नदीमा खसेको समेत उनले जानकारी दिए । आर्थिक वर्ष २०७४/७५ मा ठेक्का सम्झौता
गरी पुल निर्माण गरिएको थियो । चालु आर्थिक वर्षको असार २८ गतेभित्र पुल निर्माणको
म्याद सकिदै छ । अमर कन्ट्रक्सन प्रालिले पुल निर्माणको जिम्मा पाएको छ । पुल
भत्किएपछि यस क्षेत्रका स्थानीय निराश बनेका छन् ।
संघीय सरकारबाट विनियोजित
सात करोड १२ लाख रुपैयाँमा सम्झौता भएको डबल स्पानको ११ मिटर चौडाइ र ७०
मिटर लम्बाइ पुल निर्माणको अन्तिम चरणमा पुगेको थियो ।