विराटनगर / कोरोना संक्रमणका विराटनगरमा हरेक घण्टा एक जनाको मृत्यु हुन थालेको छ । विराटनगरका अस्पतालमा उपचाररत १२ जनाको करिव एक घण्टाको फरकमा मृत्यु भएको हो । शनिवार मध्यान्न ३ बजे देखि आईतवार बिहान करिव ४ वजे सम्मको अवधिमा उनीहरुको उपचारका क्रममा विराटनगरका अस्पतालमा मृत्यु भएको हो । 

कोसी अस्पतालमा ३ जना , विराट मेडिकल कलेजमा २ जना र नोबेल मेडिकल कलेजमा ७ जना गरी विराटनगरमा उपचाररत १२ जनाको मृत्यु भएको हो । 

OM Sai Pathibhara Hospital

नोबेल मेडिकल कलेजमा मोरङको पथरीशनिश्चरे १ की ६४ वर्षीया वृद्धा, विराटनगर –१ का ३५ वर्षीय पुरुष , उदयपुरको बेलटारका ५६ वर्षीय पुरुष , विराटनगर–४ का ५२ वर्षीय पुरुष , सुन्दरहरैँचा –९ का ६० वर्षीया वृद्धा र  सिरहाका ६९ वर्षीय पुरुषको मृत्यु १२ घण्टाको अवधिमा मृत्यु भएको अस्पतालले जानकारी गराएको छ । 

त्यसैगरी बाह्र घण्टाको अवधिमा कोसी अस्पतालमा मोरङको सुनवर्षी ३ का ५३ वर्षीय पुरुष, विराटनगर–१ की ३४ वर्षीया महिला र विराटनगर १४ का ६८ वर्षीय पुरुषको मृत्यु भएको छ । 

विराट मेडिकल कलेजमा इलाम ८ का ३४ वर्षीय पुरुष र सर्लाही लालबन्दीकी ३५ वर्षीया महिलाको मृत्यु भएको छ  ।