बिर्तामोड / छालामा निखार ल्याउन होस वा तौल घटाउन, दुबै कुराका लागि चुकन्दर निकै उपयोगी छ। चुकन्दर खानेबारे मानिसका मनमा जिज्ञासा आउन सक्छ, चुकन्दरलाई सलादका रूपमा खाने वा जुसका बनाएर पिउने। चिकित्सकका अनुसार जुनसुकै रूपमा खाए पनि चुकन्दर शरीरका लागि निकै लाभदायी छ।चुकन्दरका फाइदा१०० ग्राम चुकन्दरमा ४३ मिलिग्राम क्यालोरी, ण् दशमलव २ ग्राम फ्याट,८ दशमलव ८ ग्राम सुगर, १ दशमलव ६ ग्राम प्रोटिन, १६ मिलिग्राम क्याल्सियम, ० दशमलव८० मिलिग्राम आइरन सहित अन्य धेरै तत्त्व पाइन्छ।चुकन्दरमा आइरन, सोडियम, पोटासियम, फस्फोरस पर्याप्त मात्रामा पाइन्छ। जसले कारण शरीरलाई स्वस्थ राख्न मदत गर्छ। जाडो मौसममा ह
बिर्तामोड । के तपार्ई मोबाइल फोनको अत्याधिक प्रयोग गर्नुहुन्छ ? राति सुत्दा मोबाइल फोन साथमा राखेर सुत्नु हुन्छ ? त्यसले बिभिन्न प्रकारका नकरात्मक असरहरु परि रहेको हुन्छ, के तपाईलाई थाहा छ रु यदि छैन भने जानकार रहनुहोस् । मोबाइल फोनबाट निक्लिने बिभिन्न प्रकारका हानिकारक विकिरणहरुले हाम्रो स्वाथ्यमा प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा असर गरी रहेको हुन्छ ।यसको अत्याधिक प्रयोगबाट हुनसक्ने खतारहरुः१. मोबाइल फोनको रेडिएसनबाट आउने खतरा मध्ये सबै भन्दा ठूलो चिन्ता क्यान्सर हो। यदि तपाईं आफ्नो मोबाइल फोनलाई पूरा दिन आफ्नो खल्तीमा राख्नुहुन्छ वा शरीरको सम्पर्कमा राख्नुहुन्छ भने सम्बन्धित स्थानमा ट्यूमर हुन
बिर्तामोड / मधुमेह रोग अग्न्याशय अर्थात् प्यान्क्रियाज ग्रन्थिले इन्सुलिन हर्मोन उत्पादन नगर्दा वा शरीरका कोषहरूले इन्सुलिनलाई उचित प्रतिक्रिया नदिँदा हुन्छ । सुगरबाट छुटकारा पाउन अपनाउनु पर्ने केहि घरेलु उपचार विधिहरु यस प्रकार छन् ।- मधुमेहका बिरामीलाई अत्याधिक प्यास लाग्ने गर्छ । त्यसैले बारम्बार प्यास लागेको अवस्थामा कागती निचोरेर पिउनाले प्यासको अधिकता शान्त हुन्छ ।- भोकाएको बेलामा थोरै थोरै र हल्का भोजन लिने सल्लाह दिइन्छ । त्यसैले उनीहरुलाई बारम्बार भोक लाग्छ । यो स्थितीमा काँक्रो खाएर भोक मेटाउँदा यसले फाइदा गर्छ।- गाँजर र पालुङ्गोको रस मिलाएर पिउनुपर्छ । यसले आ
काठमाडौँ । विश्वभरमा सात करोड ९२ लाखभन्दा बढी कोरोना भाइरसका बिरामी निको भएका छन् । बुधबार बिहानसम्ममा सात करोड ९२ लाख ७६ हजार पाँच सय ४५ जना संक्रमित कोरोनामुक्त भएका हुन् ।हालसम्म विश्वमा १० करोड ७३ लाख ७६ हजार चार सय ५६ जनामा कोरोना संक्रमण भएको छ । संक्रमितमध्ये २३ लाख ४८ हजार ६ सय ८४ जनाको मृत्यु भइसकेको छ । हाल विश्वमा दुई करोड ५६ लाख तीन हजारभन्दा बढी सक्रिय संक्रमित छन् ।कोरोना भाइरसबाट सबैभन्दा बढी प्रभावित राष्ट्र संयुक्त राज्य अमेरिकामा हालसम्म दुई करोड ७७ लाखभन्दा बढी मानिस संक्रमित भइसकेका छन् । संक्रमितमध्ये एक करोड ७६ लाख २४ हजारभन्दा बढी निको भएका छन् भने चार लाख ७९ हजार तीन सय
काठमाडौं । सरकारले सोमबारबाट पत्रकार र कूटनीतिक नियोगका कर्मचारीलाई कोरोना भाइरसविरूद्धको खोप दिने भएको छ।स्वास्थ्य सेवा विभाग अन्तर्गत खोप शाखा प्रमख डा। झलक शर्मा गौतमका अनुसार पत्रकार, कूटनीतिक नियोग र सयुक्त राष्ट्र संघका कर्मचारी गरी झन्डै १९ हजारलाई सोमबारदेखि खोप दिने तयारी भएको हो ।उपत्यकाका चार वटा अस्पताल तोकिएको छ। डा।गौतमका अनुसार पत्रकारले सिभिल अस्पताल, कूटनीतिक नियोगका कर्मचारीका लागि गंगालाल हृदयरोग अस्पताल र टिचिङ अस्पताल अनि संयुक्त राष्ट्र संघका कर्मचारीका लागि पाटन अस्पतालमा खोप लगाउन पाउनेछन्।शनिबार सम्पन्न पहिलो चरणको खोप अभियानमा जम्मा १ लाख ८४ हजार ८५७ जनाले खोप लगाएका
काठमाडौं । पहिलो चरणको कोरोना भाइरस (कोभिड–१९) विरुद्धको खोप एक लाख ८४ हजार आठ सय ५७ जनाले लगाएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा।जागेश्वर गौतमका अनुसार भारत सरकारले उपलब्ध गराएको खोप ‘कोभिशिल्ड’ देशभरका २०१ खोप केन्द्रबाट एक लाख ८४ हजार आठ सय ५७ जनाले लगाएका हुन् ।तीमध्ये प्रदेश नं. १ मा २४ हजार दुई सय २४, प्रदेश नं. २ मा २५ हजार छ सय ३७, वाग्मती प्रदेशमा ६३ हजार तीन सय आठ, गण्डकी प्रदेशमा १८ हजार चार सय ७२, लुम्बिनी प्रदेशमा २८ हजार नौ सय ४१, कर्णाली प्रदेशमा नौ हजार चार सय २० र सुदूरपश्चिम प्रदेशमा १४ हजार आठ सय ५५ जनाले लगाएका छन् ।मन्त्रालयले गत माघ १४ गतेदेखि पहिलो
यदि तपाईलाई पिरो खान मनपर्छ भने यो खुशीको खबर हुन सक्छ। खुर्सानीको नियमित सेवनले मुटुसम्बन्धी रोग र क्यान्सरको संभावनालाई कम गर्ने विभिन्न अध्ययनले समेत देखाएको छ।अमेरिकन हार्ट एशोसिएसनको वैज्ञानिक सत्र सन् २०२० मा प्रस्तुत गरिएको एक अध्ययन अनुसार कालो मरिचको तुलनामा खुर्सानीले मुटु सम्बन्धी रोग र क्यान्सरको संभावनालाई कम गर्ने देखाएको थियो। अमेरिका, चीन, इरान र इटालीका ५ लाख ७० हजार जनामा गरिएको अध्ययनमा खुर्सानी खाने २६ प्रतिशत व्यक्तिमा मुटुसम्बन्धी रोग, २३ प्रतिशतमा क्यान्सरका कारण हुने मृत्युको जोखिम कम भएको पाइएको थियो। उनीहरुको तुलना कहिले पनि वा एकदम कम खुर्सानी खाने व्यक्तिहरुसँग
Copyright © 2021 / 2024 / Esoul Media (P) Ltd. / All Rights Reserved.