काठमाडौं / सरकारले रासायनिक मलसँग सम्बन्धित समस्याको अध्ययन गरी देखिएका चुनौतीको अल्पकालीन तथा दीर्घकालीन समाधानसहित विकल्प सिफारिस गर्न १२ सदस्यीय अध्ययन कार्यदल गठन गरेको छ ।प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सहसचिव तथा प्रवक्ता हेमराज अर्यालले शुक्रबार आयोजित प्रेस ब्रिफिङमार्फत प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट सम्पादन भएका कामको जानकारी दिँदै कार्यदल गठन गरिएको बताए । उनले भने, ‘मलसँग सम्बन्धित समस्याको अध्ययन गरी देखिएका समस्याहरूको अल्पकालीन र दीर्घकालीन समाधानसहितको विकल्प सिफारिस गर्न प्रधानमन्त्री कार्यालयका सहसचिवको संयोजकत्वमा विभिन्न निकायका सदस्यहर
जाजरकोट / जाजरकोटको जुनीचाँदे गाउँपालिका–६ मा बाढीमा परी दुई जना बेपत्ता भएका छन्।३९ वर्षीया रचना थापा र ६४ वर्षीय देवबहादुर सिंह बेपत्ता भएका हुन् । प्रहरीका अनुसार डोग्रा खोलाले बगाउँदा उनीहरू बेपत्ता भएका हुन्। प्रहरीका अनुसार थापालाई बुधबार साँझ गोठबाट घर फर्कने क्रममा खोलाले बगाएको थियो । सिंह भने शुक्रबार बिहान डोग्राखोलाको बाढीमा बेपत्ता भएका हुन् । बाढीले आठदेखि १० वटा पानीघट्टसमेत बगाएको छ। बेपत्ताको खोजीका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनासहित तीनवटै सुरक्षा निकाय परिचालन गरिएको प्रमुख जिल्ला अधिकारी खडानन्द अधिकारीले जानकारी दिए।लगातारको वर्षाका कारण खोजी तथा उद्ध
काठमाडौं / ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले जलवायु परिवर्तनका कारण नेपालमा शक्तिशाली ‘सुपर एल निनो’को जोखिम बढ्दै गएको भन्दै यसले ऊर्जा, कृषि, सिँचाइ तथा खाद्य सुरक्षामा गम्भीर प्रभाव पार्न सक्ने बताएका छन्।शुक्रबार आयोजित ‘सुपर एल निनो तथा जलवायु जोखिमसम्बन्धी राष्ट्रिय संगोष्ठी: नेपालको जल, खाद्य, ऊर्जा तथा विपद् उत्थानशीलतामा प्रभाव’ कार्यक्रममा बोल्दै मन्त्री श्रेष्ठले सुपर एल निनोको सम्भावना करिब ९० प्रतिशत पुगेको जानकारी दिए। उनका अनुसार एल निनोको प्रभाव सुरु भइसकेको छ भने यसको तीव्रता अझै अनिश्चित रहेकाले थप सतर्कता आवश्यक छ।उनले जल तथा मौसम विज्ञान विभागले जेठ
काठमाडौं / तीन वर्षीया बालिका गरिमा चौधरीको बलात्कारपछि हत्या भएको घटनामा संलग्न दोषीलाई कडा कारबाहीको माग गर्दै स्वतन्त्र आमा नेपालको आयोजनामा शुक्रबार काठमाडौंको माइतीघर मण्डलामा प्रदर्शन गरिएको छ ।प्रदर्शनमा सहभागीहरूले बालिकामाथि भएको जघन्य अपराधको निष्पक्ष छानबिन गरी दोषीलाई कडा कानुनी कारबाही गर्न सरकारसँग माग गरेका छन् । उनीहरूले ‘हत्यारालाई फाँसी दे’ लगायतका नारासमेत लगाएका थिए । प्रदर्शनमा सहभागी खोटाङकी निरीक्षा खनालले गरिमा चौधरीको न्यायका लागि आफूहरू सडकमा आएको बताइन् । उनले बालबालिकाको सुरक्षा सुनिश्चित गर्न कानुनलाई थप प्रभावकारी बनाउनुपर्ने माग गरिन् ।‘गरिमा चौधरी तीन वर्षी
काठमाडौं / नेपाली भाषा खस भाषाको उद्गमस्थल जुम्लाको हाट सिँजामा नेपाल टेलिकमको फोर–जी सेवा सञ्चालनमा आएको छ । कनकासुन्दरी गाउँपालिकाअन्तर्गत गुठीज्युला बजार क्षेत्रमा आजदेखि ४जी सेवा सुरु भएको हो । नेपाल टेलिकम जुम्ला कार्यालय प्रमुख पारस पुजाराका अनुसार त्यहाँ नयाँ टावर स्थापना गरी सेवा सञ्चालनमा ल्याइएको हो । नयाँ टावरबाट कनकासुन्दरी गाउँपालिकाका वडा नं ३, ४, ५, ६ र ८ का विभिन्न क्षेत्रमा फोर– जी सेवा उपलब्ध हुनेछ ।उक्त टावरबाट गौरी, ओखरवाडा, हाट सिँजा, सिम्पाती, लुड्कु, गुठीज्युला बजार, बडुवालवाडा, बारकुडीवाडा, सञ्जेलवाडा, जाच र गोडिङ्गालगायतका क्षेत्रमा सेवा पुग्नेछ । टावर सञ्चाल
जनकपुर / जनकपुरधामको प्रशिद्ध भूतनाथ मन्दिरमा चोरी भएको छ । गएराति ३ बजे जनकपुरधाम उपमहानगरपालिका वडा नम्ब ४ स्थित भूतनाथ मन्दिरमा चोरी गरी भाग्दै गरेको अवस्थामा एक जना भारतीय नागरिक पक्राउ परेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ । मन्दिरमा रहेको चाँदीको नागदेवता, चाँदीको एउटा ठूलो मुकुट र चारवटा सानो मुकुट चोरी गरी कपडामा लुकाएर भाग्ने क्रममा धनुषा प्रहरीको टोलीले भारतको मोतिहारी जिल्ला विहार इनर्वा फुलवार थाना लखौरा वडा नं. ७ इस्लाम टोलका २६ वर्षीय मोतिउर रहमानलाई पक्राउ गर्न सफल भएको छ ।पक्राउ परेको भारतीय नागरिक रहमानलाई जिल्ला प्रहरी कार्यालयमा राखी अनुसन्धान अ
ताप्लेजुङ / हिमाली जिल्ला ताप्लेजुङ र राजधानी काठमाडौं बस सेवाले जोडेको छ । जय पाथीभरा माता एसी बस सेवा प्रालिले बिहिबारबाट औपचारीक ताप्लेजुङ—काठमाडौ बस सेवा सुरु गरेको हो। ताप्लेजुङको सरमुकाम फुङ्लिङबाट फिदिम हुँदै तमोर करिडोर–सिन्धुली—काठमाडौँसम्मका लागि ६ ओटा अत्याधुनिक बस सेवा सञ्चालनमा आएको हो ।ताप्लेजुङ अवस्थित पाथीभराको दर्शण गर्न आउने भक्तजन, विश्वको तेस्रो अग्लो कञ्चनजंघा हिमाल क्षेत्रमा भ्रमाण गर्न आउने पर्यटकहरुलाई लक्षित गरेर प्रविधि सहितको सुविधा सम्पन्न बस सेवा सञ्चालनमा ल्याइएको ताप्लेजुङका बुकिङ इन्चार्ज मिथुन पालुङ्वा लिम्बूले बताए । सुरक्षालाई मध्यनजर गर्दै ब
काठमाडौं / प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) मुस्ताङ भ्रमणबारे जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालय मुस्ताङलाई आधिकारीक जानकारी प्राप्त नभएको पाइएको छ । प्रधानमन्त्री सडक मार्गमार्फत पोखरा हुँदै मुस्ताङसम्म पुग्ने कार्यक्रम रहेपनि शुक्रबार विहान ११ बजेसम्म प्रहरी प्रमुख र प्रमुख जिल्ला अधिकारीलाई आधिकारीक जानकारी नआएको बताए । मुस्ताङका सहायक प्रमुख जिल्ला अधिकारी एक नारायण भण्डारीले प्रधानमन्त्रीको मुस्ताङ भ्रमणबारे मिडियामार्फत जानकारी मात्र प्राप्त भएको तर अफिसमा आधिकारीक खबर नआएको बताए । त्यस्तै जिल्ला प्रहरी कार्यालय मुस्ताङले पनि प्रधानमन्त्रीको मुस्ताङ भ्रमणब
काठमाडौं / चार वर्षदेखि रोगले थलिएका ६ वर्षीय पर्वत परियारका लागि नेपाली कांग्रेसका नेता तथा काठमाडौं मेडिकल कलेजका सञ्चालक डा. सुनील शर्माले मनकारी भाव प्रकट गरेका छन् ।उपचार त टाढाको कुरा, छोरालाई सुर्खेतसम्म पु¥याउने खर्चसमेत नभएको कालिकोटको एउटा विपन्न परिवारका लागि शर्माले उपचारको ढोका मात्र खोलेनन्, काठमाडौंसम्म ल्याउने खर्चदेखि अस्पतालमा खाने र उपचारको सम्पूर्ण जिम्मेवारीसमेत लिएर उदाहरण बनेका हुन् ।कालिकोटको खाँडाचक्र नगरपालिका–२ का पर्वत पाइल्सको समस्याबाट चार वर्षदेखि पीडित छन्। जिल्ला अस्पतालमा उपचार गराउँदा अवस्था गम्भीर रहेको र क्यान्सरको आशंकासमेत गरिएको भन्दै थप उपचारका लाग
काठमाडौं / आज (शुक्रबार) देखि फिल्म ‘मास्टर्नी’ प्रदर्शनमा आएको छ । आयंका फिल्म्सको प्रस्तुतीमा तयार भएको फिल्म भदौ ५ अर्थात आजदेखि प्रदर्शनमा आएको हो । आमा र छोरीको भावनात्मक सम्बन्ध र छोरीको रक्षाका लागि आमाले के सम्म गर्न सक्छिन् भन्ने कथामा तयार भएको फिल्म हो । प्रियंका कार्की, सिम्रन खड्का, प्रमोद अग्रहरी, ऋचा शर्मा, आर्यन सिग्देल, दिनेश काफ्ले, रक्षा थापा, दिपकराज गिरि, दिपाश्री निरौला लगायतका कलाकारको अभिनय फिल्ममा रहेको छ ।सुवेन्दु घोषले निर्देशन गरेकोफिल्मलाई प्रियंका कार्की जोशी, आयुष्मान जोशी, क्याबिनेट श्रेष्ठ र प्रनित कार्कीले संयुक्त रूपमा निर्माण गरेका छन् । सुरक्षा सिंह मल
Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.