समाज

    Showing 131-140 of 11,160 items.
  • काठमाडौं उपत्यकामा विद्युत आपूर्तिमा के कारण देखियो समस्या ?

    काठमाडौं / काठमाडौं उपत्यकामा शुक्रबार विद्युत आपूर्तिमा देखिएको समस्याबारे नेपाल विद्युत प्राधिकरणले वास्तविक कारण खुलाएको छ । निर्माणाधीन हेटौंडा–ढल्केबर ४०० केभी प्रसारण लाइनको तार तान्ने कामका लागि केही १३२ केभी प्रसारण लाइन निर्धारित ‘सटडाउन’मा रहेका बेला खप्ती–ढल्केबर २२० केभी प्रसारण लाइनका दुवै सर्किटमा समस्या आएपछि काठमाडौं उपत्यकासहित देशको मध्य क्षेत्रमा विद्युत् आपूर्ति अवरुद्ध हुन पुगेको प्राधिकरणले जनाएको छ ।प्राधिकरणका अनुसार बिहान ६ः४० बजेदेखि हेटौंडा–अमलेखगञ्ज र कमाने–अमलेखगञ्ज १३२ केभी प्रसारण लाइन निर्धारित सटडाउनमा थिए । त्यस समयमा विद्युत् प्रणाली ढल्केबर–खुर्कोट

    • प्रकाशित मितिः भदौ १२, २०८३
    • 164 पटक पढिएको
  • प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ‘गोरेटो’ले जम्मा गर्यो १० लाख ५१ हजार

    काठमाडौं / भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट भएको मानवीय तथा भौतिक क्षतिप्रति दुःख व्यक्त गर्दै गोरेटो कन्सल्टेन्सी परिवारले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १० लाख ५१ हजार रुपैयाँ सहयोग गरेको छ ।बाढीका कारण आफन्त गुमाएका परिवार तथा घाइते र घरबारविहीन बनेका नागरिकको पीडामा सानो भए पनि राहत पुगोस् भन्ने उद्देश्यले उक्त रकम सहयोग गरिएको गोरेटो कन्सल्टेन्सीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) धिरज कँडेलले जानकारी दिए। कँडेलले विपत्तिको यो दुःखद् घडीमा ठूलो सहयोग गर्न नसके पनि पीडामा रहेका नेपाली दाजुभाइ तथा दिदीबहिनीको दुःखमा साथ दिन उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा डिप

    • प्रकाशित मितिः भदौ १२, २०८३
    • 240 पटक पढिएको
  • बेपत्ताको खोजी तथा शव व्यवस्थापनमा नेपाली सेनाले थप्यो जनशक्ति

    काठमाडौं / रसुवाको भोटेकोशीमा गत बुधबार आएको विनाशकारी बाढीपछि बेपत्ता भएका नागरिकहरूको खोजी तथा शव व्यवस्थापन (रिकभरी) मा ढिलाइ भएको भन्दै जनस्तरबाट आइरहेको गुनासोलाई सम्बोधन गर्दै नेपाली सेनाले आफ्नो अपरेसनलाई थप तीव्र बनाएको छ । शव संकलन तथा खोजी कार्य ढिलो भएको भन्दै उठेका गुनासोहरूलाई गम्भीरताका साथ लिँदै सेनाले विशेष टोली परिचालन गरी धमाधम शव संकलन गरिरहेको छ । बाढीले तल्लो तटीय क्षेत्रसम्म बगाएर ल्याएका शवहरूको खोजी तथा संकलनका लागि रसुवादेखि चितवनसम्मको नदी तटीय क्षेत्रमा आज थप १२ सय सैनिक जनशक्ति परिचालन गरिएको छ ।  नेपाली सेनाले प्रभावित क्षेत्रका साथै त्रिशूली र नाराय

    • प्रकाशित मितिः भदौ १२, २०८३
    • 170 पटक पढिएको
  • नुवाकोटका बाढीपीडितको साथमा उभिए काठमाडौंवासी, माइतीघरमा राहत संकलन

    काठमाडौं / नुवाकोटमा बाढीबाट प्रभावित परिवारलाई सहयोग गर्न काठमाडौंको माइतीघरमा सर्वसाधारण स्वतःस्फूर्त रूपमा जुटेका छन्।विपद्को मारमा परेका नागरिकलाई तत्काल राहत उपलब्ध गराउने उद्देश्यले स्थानीय बासिन्दा तथा विभिन्न समूहले आफ्नै खर्चमा खाद्यान्न, लत्ताकपडा, दैनिक उपभोग्य सामग्रीलगायत राहत सामग्री संकलन र व्यवस्थापन गरिरहेका छन्।संकलित राहत सामग्री नुवाकोटका बाढीपीडित परिवारसम्म छिटो पुर्‍याउने तयारी भइरहेको छ। विपद्को कठिन घडीमा राज्यसँगै नागरिकस्तरबाट पनि सहयोगको हात बढ्दै गएको भन्दै राहत अभियानमा थप सहयोग गर्न आयोजकहरूले सबैलाई आग्रह गरेका छन्।

    • प्रकाशित मितिः भदौ १२, २०८३
    • 193 पटक पढिएको
  • नागरिकको सहयोगमा आवश्यक मिनी एक्सकाभेटर जुटेपछि गृहमन्त्रीद्वारा आभार व्यक्त

    काठमाडौं / गृहमन्त्री सुदन गुरुङले आवश्यक परेका थप मिनी एक्सकाभेटरहरू नागरिकको सक्रिय सहयोगमा जुटेको भन्दै सबैप्रति हार्दिक आभार तथा धन्यवाद व्यक्त गरेका छन्।  सामाजिक सञ्जालमार्फत जानकारी दिँदै गृहमन्त्री गुरुङले उपकरण व्यवस्थापनका लागि सर्वसाधारण तथा सम्बन्धित सबै पक्षले देखाएको तत्परता, सूचना र समन्वय अमूल्य रहेको बताएका हुन् । गृहमन्त्री गुरुङले सामाजिक सञ्जालमा लेखेका छन्, ‘धन्यवाद तथा हार्दिक आभार १ हामीलाई थप मिनी एक्सकाभेटरहरूको आवश्यकता परेपछि यहाँहरू सबैले दिनुभएको सूचना, तत्परता र सहयोग अमूल्य रह्यो। यहाँहरूकै सहयोगले गर्दा हामीले आवश्यक एक्सकाभेटरहरू भेट्टाइसकेका छौँ

    • प्रकाशित मितिः भदौ १२, २०८३
    • 151 पटक पढिएको
  • रसुवा र केरुङमा बाढीबाट भएको क्षतिप्रति दलाई लामाद्वारा दुःख व्यक्त

    काठमाडौं / तिब्बती आध्यात्मिक नेता दलाई लामाले नेपालको रसुवा र तिब्बतको केरुङमा आएको विनाशकारी बाढीबाट भएको मानवीय तथा भौतिक क्षतिप्रति गहिरो दुःख व्यक्त गरेका छन्।बिहीबार जारी शोक सन्देश जारी गर्दै दलाई लामाले शोकसन्तप्त परिवार तथा विपद्बाट प्रभावित सबैप्रति गहिरो सहानुभूति र समवेदना व्यक्त गरेका छन्। उनले रसुवा र केरुङ क्षेत्रमा विगतमा पनि विपद्का घटना दोहोरिँदै आएको उल्लेख गर्दै यस्ता घटनाका पछाडि जलवायु परिवर्तन वा अन्य गहिरा कारण हुन सक्ने बताएका छन्।यस्ता विपद् भविष्यमा दोहोरिन नदिन सम्भव भएसम्म उपयुक्त कदम र रोकथामका उपाय अवलम्बन गरिने आफूले आशा गरेको दलाई लामाले बताएका छन्।‘यस क्ष

    • प्रकाशित मितिः भदौ ११, २०८३
    • 85 पटक पढिएको
  • रसुवा बाढी अपडेट: २७० जनाको मृत्यु, २८ प्रहरी अझै सम्पर्कविहीन

    काठमाडौं / रसुवा जिल्ला तथा आसपासका क्षेत्रमा आएको भीषण बाढीका कारण हालसम्म विभिन्न जिल्लाबाट २७० जनाको शव फेला परेको छ । प्रभावित क्षेत्रहरूमा खोज, उद्धार तथा राहत कार्यलाई प्रभावकारी बनाउन हाल ४ हजार ५० जना प्रहरी परिचालन गरिएको छ । विपद्मा परेर रसुवाका विभिन्न प्रहरी इकाइहरूमा कार्यरत २८ जना सुरक्षाकर्मी अझै सम्पर्कविहीन अवस्थामा रहेका छन । बाढीका कारण ज्यान गुमाउनेहरूमध्ये सबैभन्दा बढी चितवनमा १०८ जनाको शव फेला परेको छ। यस्तै नवलपरासी (पूर्व) मा ६२, धादिङमा २७, गोरखामा २०, रसुवामा १७, नवलपरासी (पश्चिम) मा १५, नुवाकोटमा १२ र तनहुँमा ९ जनाको शव फेला परेको छ । बाढी प्रभावित रसुवा जिल्लाम

    • प्रकाशित मितिः भदौ ११, २०८३
    • 257 पटक पढिएको
  • नेपालका लागि भारतले ३७.५ टन राहत सामग्रीसहित दोस्रो उडान पठायो

    काठमाडौं / भारतले बाढी तथा पहिरो प्रभावित नेपाली नागरिकका लागि ३७.५ टन मानवीय सहायता, विपद् राहत तथा उद्धार सामग्री औषधि र खाद्यान्नसहितको दोस्रो उडान नेपाल पठाएको छ ।भारतका विदेशमन्त्री एस जयशंकरले सामाजिक सञ्जालमार्फत दोस्रो राहत उडान ३७.५ टन सामग्री बोकेर नेपालका लागि उडेको जानकारी दिएका हुन् । जयशंकरले नेपालमा जारी राहत तथा उद्धार प्रयासलाई भारतले निरन्तर मजबुत समर्थन गर्ने बताएका छन् । भोटेकोशी क्षेत्रमा आएको भीषण बाढी तथा पहिरोका कारण नेपालमा ठूलो जनधनको क्षति भएपछि भारतले राहत सामग्रीसहितका उडान नेपाल पठाउन थालेको हो । भारतले पठाएको सामग्रीमा विपद् उद्धार तथा राहतका लागि आवश्यक साम

    • प्रकाशित मितिः भदौ ११, २०८३
    • 195 पटक पढिएको
  • गोल्छा ग्रुपले बाढी प्रभावितका लागि डेढ करोड सहयोग गर्ने

    काठमाडौं / रसुवास्थित भोटेकोशी नदीमा बुधबार आएको भीषण बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा मानवीय सहायता कार्यका लागि गोल्छा ग्रुपले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ करोड ५० लाख रुपैयाँ सहयोग गर्ने भएको छ ।गोल्छा ग्रुपका अध्यक्ष शेखर गोल्छाले बिहीवार सामाजिक सञ्जाल फेसबुक मार्फत यस्तो जानकारी दिएका हुन् । बाढीबाट प्रभावित रसुवा तथा अन्य क्षेत्रबाट आइरहेका तस्बिर तथा भिडियोहरूले आफूहरूलाई गहिरो रूपमा स्तब्ध र दुःखी बनाएको ग्रुपले जनाएको छ ।ग्रुपले विपत्तिमा आफ्ना प्रियजन गुमाएका परिवारप्रति हार्दिक समवेदना व्यक्त गर्दै अझै पनि आफन्तको खबरको प्रतीक्षामा रहेका परिवारको पीडा र च

    • प्रकाशित मितिः भदौ ११, २०८३
    • 169 पटक पढिएको
  • हवाई भाडादरबारे प्रकाशित समाचारप्रति बुद्ध एयरको ध्यानाकर्षण

    काठमाडौं / सामाजिक सञ्जाल तथा केही अनलाइन सञ्चारमाध्यममा हवाई भाडादरसम्बन्धी प्रकाशित समाचार तथा सामग्रीप्रति बुद्ध एयरले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।भदौ १० गते भोटेकोशी क्षेत्रमा आएको अप्रत्याशित बाढी तथा पहिरोबाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै बुद्ध एयरले विपद्मा ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली तथा शोकसन्तप्त परिवारजनमा समवेदना प्रकट गरेको छ । प्रभावित नागरिकको आवागमन सहज बनाउन बुद्ध एयरले भैरहवा, भरतपुर र पोखराका लागि साबिककै सहज तथा सुलभ भाडादरमा थप उडान सञ्चालन गरेको जनाएको छ । यात्रुको बढ्दो आवश्यकतालाई मध्यनजर गर्दै विभिन्न गन्तव्यमा थप उडानको व्यवस्था गरिएको एयर

    • प्रकाशित मितिः भदौ ११, २०८३
    • 153 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.