काठमाडौं— काठमाडौं महानगरपालिकाका मेयरबाट राजीनामा दिएर प्रतिनिधिसभाको निर्वाचनको लागि झापा क्षेत्र नम्बर ५ बाट उम्मेदवारी दिने तयारी गरेका बालेन साह सोमबार साँझ दमक आउँदै छन्। निर्वाचन आयोगले भोली गर्ने उम्मेदवारी दर्ताका लागि उनी दमक आउन लागेका हुन्। आज मधेस प्रदेशको जनकपुरमा रास्वपाको कार्यक्रममा सहभागी भएपछि उनी झापाको दमक प्रस्थान गर्नेछन्।जनकपुरबाट सडकमार्ग हुँदै आउँन लागेका शाहको स्वागतमा सुनसरी, मोरङ र झापामा र्यालीसहितका स्वागत कार्यक्रमहरू हुने रास्वपाले जनाएको छ। मङ्गलबार बालेन मनोनयन दर्ताको लागि निर्वाचन अधिकृतको कार्यालय पुग्नेछन्।आज निर्वाचन अधिकृतको कार्या
काठमाडौं— नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । आज सुन तोलामा चार हजार दुई सय रुपैयाँले बढेर दुई लाख ८२ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । आइतबार सुन प्रतितोला दुई लाख ७७ हजार आठ सय रुपैयाँमा कायम भएको थियो ।यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी तोलामा १८५ रुपैयाँले बढेर प्रतितोला पाँच हजार ८ सय १० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । आइतबार चाँदी प्रतितोला पाँच हजार ६ सय २५ रुपैयाँमा कारोबार भएको थियो ।
काठमाडौं— मरिचमान श्रेष्ठको निर्देशन रहेको चलचित्र ‘गोबर गणेश’ ले राम्रो प्रतिक्रिया पाइरहेको छ । चलचित्रको कथावस्तुलाई दर्शकले तारिफ गरिरहेका छन् ।माघ १ गतेबाट प्रदर्शनमा आएको सिनेमाले राम्रो वर्ड अफ माउथ पाएकाले निर्माण टिम हलमा दर्शकको संख्या उल्लेख्य बढ्नेमा ढुक्क छ ।हलमा पुगेका दर्शकले चलचित्र आफ्नै घरको कथा जस्तै लागेको बताइरहेका छन् । हरेक निम्नमध्यम वर्गीय परिवारको घरको कथा चलचित्रले उठाएको दर्शकको प्रतिक्रिया छ ।बल्छी धुर्वे फिल्मसको प्रस्तुतिमा निर्माण भएको यो चलचित्रमा बल्छीसँगै, वर्षा शिवाकोटी, विनोद न्यौपाने, पदम तामाङ, निर्मल शर्मा, लक्ष्मीनाथ तिमल्सिना, सन्तोष बानियाँ, सन्दीप ला
काठमाडौं— १७ औँ राष्ट्रिय बाल नाटक महोत्सव २०८२ माघ २६ देखी फागुन २ गतेसम्म रुसी सदन,कमलपोखरी,काठमाण्डौंमा आयोजना हुने भएको छ । महोत्सवमा आयोजकको बाहेक १८ वटा नाटक छनौंट भएका छन् ।महोत्सवका लागि आएका ४१ वटा स्कृप्टबाट १७ वटा नाटक छनौंट भएका १७ औँ राष्ट्रिय बाल नाटक महोत्सवका निर्देशक नवराज बुढाथोकीले जानकारी दिएका छन् । यो महोत्सव शैली थिएटर, ओजस थिएटर र रुसी सदन, काठमाण्डौंको आयोजनामा हुन लागेको हो ।महोत्सवमा छनौंट भएका नाटकहरुमा श्री महेन्द्र आदर्श मा।वि, ललितपुरको हामी एकै हौं । मेधाश्री विद्यालय काठमाण्डौंको यशस्वी भवः, हामी दाजुभाइ संस्था,ललितपुरको के यो माया हो ?,इन्टरनेसनल स्कुल धुम्रबा
काठमाडौं— नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले सोनाम ल्होसार पहिचान, संस्कृति, श्रम, प्रकृति र सामूहिक जीवनप्रतिको सम्मानको प्रतीक भएको बताएका छन् ।सोमबार सोनाम ल्होसारको अवसरमा शुभकामना दिदैँ उनले सोनाम ल्होसार केवल नयाँ वर्षको उत्सव मात्र होइन, यो पहिचान, संस्कृति, श्रम, प्रकृति र सामूहिक जीवनप्रतिको सम्मानको प्रतीक भएको बताए ।उनले भने, ‘सोनाम ल्होसार केवल नयाँ वर्षको उत्सव मात्र होइन, यो पहिचान, संस्कृति, श्रम, प्रकृति र सामूहिक जीवनप्रतिको सम्मानको प्रतीक हो । डुक ल्हो (सर्प वर्ष) लाई विदाइ गरी ता ल्हो (घोडा वर्ष) को स्वागत गर्दै यस पर्वले परिवर्तन, गति र नयाँ संकल्पक
काठमाडौं— अमेरिकाको मिनेसोटा राज्यमा आप्रवासन र भन्सार प्रवर्तन (आइसीई) विरुद्ध प्रदर्शनकारीहरूले एक चर्चभित्र पूजा भइरहेका बेला अवरोध पु¥याएको घटनाप्रति अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कडा आपत्ति जनाएका छन् । उनले धार्मिक पूजा–आराधनामा हस्तक्षेप सह्य नहुने स्पष्ट पारेका छन् ।आइतबार सेन्ट पलस्थित सिटिज चर्चमा पूजा सञ्चालन भइरहेका बेला प्रदर्शनकारीहरू चर्चभित्र प्रवेश गरी नाराबाजी गरेका थिए । सामाजिक सञ्जालमा सार्वजनिक भिडियोहरूमा प्रदर्शनकारीहरूले ‘जस्टिस फर रेनी गुड’ र ‘आइस आउट’ जस्ता नारा लगाउँदै श्रद्धालुहरूसँग सामना गरेको देखिन्छ ।ह्वाइट हाउसकी प्रेस सेक्रेटरी क्यारोलिन लेभिटले सामाजिक
सिरहा— सिराहा जिल्लाको लहान नगरपालिकामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता तथा काठमाडौं महानगरपालिकाका पूर्व मेयर बालेन साहले मधेशका प्रथम सहिद रमेश महतोको शालिकमा माल्यार्पण गरेका छन् ।मधेश आन्दोलनका क्रममा सहादत प्राप्त गरेका सहिद रमेश महतोप्रति श्रद्धाञ्जली अर्पण गर्दै साहले उनको योगदान मधेश मात्र नभई सम्पूर्ण राष्ट्रका लागि प्रेरणादायी रहेको बताए ।कार्यक्रमका क्रममा उनले सहिदहरूको बलिदानकै कारण आजको लोकतान्त्रिक उपलब्धि सम्भव भएको उल्लेख गर्दै सहिदको सपना पूरा गर्न इमानदार राजनीति, सुशासन र न्याय आवश्यक रहेको धारणा व्यक्त गरे ।उनी यसअघि आज बिहानै जनकपुरधामस्थित ऐतिहासिक जा
काठमाडौं— आज श्री वल्लभ जयन्ती पनि हो, हरेक वर्ष माघ शुक्ल प्रतिपदाका दिन सोनाम ल्होसारसँगै श्री वल्लभ जयन्ती पनि मनाइन्छ ।आचार्य श्री वल्लभ एक महान् दार्शनिक र भक्ति मार्गको प्रखर प्रवक्ता थिए । श्री वल्लभाचार्यले अनेक भाषा, ग्रन्थ एवं स्तोत्रहरूको रचना गरेका छन् ।जस मध्य यमुनाष्टक, बालबोध, सिद्धान्त मुक्तावली, पुष्टिप्रवाहमर्यादाभेद, सिद्धान्तरहस्य, नवरत्नस्तोत्र आदीलाई उनको चर्चित रचनाहरूको रूपमा स्मरण गरिन्छ । त्यसबाहेक श्री वल्लभले संस्कृत भाषामा भएका थुप्रै ग्रन्थहरूलाई सर्वसाधारणले बुझ्न सहज हुने गरी सरल भाषामा अनुवाद गरेका छन् ।सानो उमेरदेखि नै प्रतिभाशालि श्री वल्लभले तेह्र वर्षको उमे
काठमाडौं— राष्ट्रिय सभा अन्तरगत विधायन व्यवस्थापन समितिको बैठक आज बस्ने तय भएको छ ।सोमबार विधायन व्यवस्थापन समितिको १५९ औं बैठक समितिको बैठक कक्ष सिंहदरबारमा बस्न लागिएको हो । बैठक दिनको १२ः०५ बजे बस्ने तय भएको छ ।आजको बैठकमा पर्यटन विधेयक, २०८१ मा दफावार छलफल गर्ने कार्यसूची रहेको छ ।
काठमाडौं— नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली फागुन २१ गते हुने निर्वाचनका लागि आज झापा जाँदैछन् ।झापा क्षेत्र नम्बर ५ बाट प्रतिनिधि सभा सदस्यका लागि उम्मेदवारी मनोनयन दर्ता गर्न उनी बिहान १०ः२५ भद्रपुर जाने कार्यक्रम रहेको छ ।झापा पुगेलगत्तै अध्यक्ष ओलीले जिल्लाका सबै क्षेत्रको निर्वाचन तयारीबारे जानकारी लिने र आफ्नै निर्वाचन क्षेत्र झापा–५ को तयारीबारे दमकमा स्थानीय नेताहरूसँग विस्तृत छलफल गर्ने कार्यक्रम रहेको छ ।झापा–५ मा ओली, बालेन शाह र नेपाली कम्युनिस्ट पार्टीका रञ्जित तामाङबीच त्रिपक्षीय प्रतिस्पर्धा हुने देखिएको छ ।
Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.