काठमाडौं / नुवाकोटमा बाढीबाट प्रभावित परिवारलाई सहयोग गर्न काठमाडौंको माइतीघरमा सर्वसाधारण स्वतःस्फूर्त रूपमा जुटेका छन्।


maitighar 2



maitighar 5



विपद्को मारमा परेका नागरिकलाई तत्काल राहत उपलब्ध गराउने उद्देश्यले स्थानीय बासिन्दा तथा विभिन्न समूहले आफ्नै खर्चमा खाद्यान्न, लत्ताकपडा, दैनिक उपभोग्य सामग्रीलगायत राहत सामग्री संकलन र व्यवस्थापन गरिरहेका छन्।


maitighar 4


संकलित राहत सामग्री नुवाकोटका बाढीपीडित परिवारसम्म छिटो पुर्‍याउने तयारी भइरहेको छ। विपद्को कठिन घडीमा राज्यसँगै नागरिकस्तरबाट पनि सहयोगको हात बढ्दै गएको भन्दै राहत अभियानमा थप सहयोग गर्न आयोजकहरूले सबैलाई आग्रह गरेका छन्।