समाचार

    Showing 9,401-9,410 of 25,693 items.
  • जेनजी आन्दोलन पनि पश्चिमाहरुको डिजाइमा भयो, अब राजसंस्था आवश्यक भइसक्यो : दुर्गा प्रसाईं

    काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईले चाडै देशमा नेपाल र नेपाली नागरिकहरुले चाहेको संबैधानिक राजसंस्था सहितको व्यवस्था आउने दाबी गरेका छन् ।मंगलबार सामाजिक संजालमा आफ्नो धारणा राख्दै उनले काठमाडौँ केन्द्रित भई देशभरी हुने आन्दोलनका लागि तयार रहन अनुरोध पनि अनुरोध गरेका छन् ।जेनजी आन्दोलन समेत पश्चिमाहरुको डिजाइनमा भएको भन्दै उनले ०४७ सालको संबिधान पुनः स्थापना गर्नु आवश्यक रहेको औल्याएका छन् ।उनले संबैधानिक राजसंस्था सहितको व्यवस्था आउने भएकाले हातमा दियो बोकेर दिपावली गर्नको लागि तयार रहन अनुरोध समेत गरेका छन् । नेपाली जनताले अहिले पनि नचेते कहिले चेत्ने ?हिजोको राजाको शासन एक पटक स

    • प्रकाशित मितिः असोज २१, २०८२
    • 270 पटक पढिएको
  • सुनचाँदीको मूल्य हालसम्मकै उच्च

    काठमाडौं । नेपाली बजारमा मंगलबार सुनको भाउ तोलामा २३ सय रुपैयाँ बढेको छ ।नेपाल सुनचाँदी व्यवसायी महासंघलका अनुसार आज सुन प्रतितोला २ लाख ३५ हजार ४ सय रुपैयाँमा कारोबार भईरहेको छ । यो मूल्य हालसम्मकै उच्च हो । अघिल्लो दिन २ लाख ३३ हजार १ सय रुपैयाँ थियो । सुनको मूल्यले दिनकै नयाँ मूल्य कायम गरिरहेको छ । आज चाँदी भने अघिल्लो दिनकै मूल्यमा कारोबार भएको छ । प्रतितोला २ हजार ९ सय ६० रुपैयाँमा चाँदीको कारोबार भइरहेको महासंघले जनाएको छ । चाँदीको यो मूल्य पनि हालसम्मकै उच्च हो ।

    • प्रकाशित मितिः असोज २१, २०८२
    • 298 पटक पढिएको
  • पुडासैनीको वर पिपलु सार्वजनिक

    हेटौंडा । गायक एवम् पत्रकार बलराम पुडासैनीको वर पिपलु बोलको गीतको म्यूजिक भिडियो सार्वजनिक भएको छ । गीतको भिडियो अफिसियल युट्युब च्यानल मुर्चुङ्गा टिभिमार्फत् आज सार्वजनिक गरिएको हो । गीतमा गायक पुडासैनीलाई गायिका बिना राईले स्वरमा साथ दिएकी छन् ।किशनप्रसाद सुवेदीको शब्द तथा सञ्जोग गौतमको संगीत रहेको गीतको भिडियोमा गायक पुडासैनी र गायिका राईको अभिनय देख्न सकिन्छ ।  गीतको संगीत संयोजन विश्व अधिकारीले गरेका हुन् । ओपल रेकर्डिङ स्टूडियो र अन्तरा स्टुडियोमा गीतको रेकर्डिङ् तथा भिडियोको छायाँकन गरिएको हो । गीतमा प्रेमको मधुर सुरुआत् र प्रेम सम्बन्ध तथा  विछोडपछिको पीडा र आत्मबोधलगायत

    • प्रकाशित मितिः असोज २१, २०८२
    • 361 पटक पढिएको
  • नेपाली राष्ट्रिय फुटबल टोली आज भियतनाम जाँदै

    काठमाडौं । भियतनाम विरुद्धको एएफसी एसियन कप छनोट खेल्न नेपाली राष्ट्रिय फुटबल टोली आज त्यसतर्फ जाने भएको छ ।राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टंकलाल घिसिङ र अखिल नेपाल फुटबल संघ (एन्फा) का पदाधिकारी एवम् सदस्यले नेपाली टोलीलाई सोमबार बिदाइ गरेका थिए । नेपालले भियतनामसँग होम र अवे दुवै खेल खेल्नेछ भने दुवै खेल नेपालले भियतनाममा नै खेल्नेछ । खेल असोज २३ र २८ गते (अक्टोबर ९ र १४ ) हुनेछ ।समूह ‘एफ’ मा रहेको नेपालले यसअघि लाओससँग २–१ र मलेसियासँग २–० को हार बेहोरेको थियो । यही कारण छनोटको लागि भियतनाम विरूद्धको खेल निकै महत्वपूर्ण रहनेछ ।नेपालले पछिल्लो पटक तयारीको क्रममा बंलादेशसँग दशरथ रङ

    • प्रकाशित मितिः असोज २१, २०८२
    • 302 पटक पढिएको
  • ऊर्जामन्त्री कुलमान घिसिङ विद्युत् भार प्रेषण केन्द्रको अनुगमनमा

    काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात व्यवस्था र शहरी विकासमन्त्री कुलमान घिसिङले नेपाल विद्युत प्राधिकरण मातहतको  विद्युत् भार प्रेषण केन्द्रको अनुगमन गरेका छन् । काठमाडौंको स्यूचाटारस्थित केन्द्रको सोमबार साँझ अनुगमन गरी मन्त्री घिसिङले देशभरको विद्युत उत्पादन, प्रसारण र वितरण प्रणालीको अवस्था, ग्रिड सञ्चालन, विद्युत् माग तथा आपूर्ति व्यवस्थापन, विद्युत् निर्यात, बाढी पहिरोबाट क्षति भएका विद्युत् आयोजनाहरु लगायतका विषयमा जानकारी लिएका थिए । देशका विभिन्न ठाउँबाट छिनछिनमा बत्ति जाने गरेको गुनासो आइरहेको भन्दै प्राधिकरणका पूर्वकार्यकारी निर्देशकसमेत र

    • प्रकाशित मितिः असोज २१, २०८२
    • 401 पटक पढिएको
  • मदन भण्डारी लोकमार्गमा सवारी दुर्घटना, १६ जना घाइते

    हेटौंडा । मकवानपुर जिल्लाको बागमती गाउँपालिका–४ हरामीचोकस्थित मदन भण्डारी लोकमार्गमा आज बिहान भएको सवारी दुर्घटनामा १६ जना घाइते भएका छन् ।प्रहरीका अनुसार बिहान करिब ६ः४५ बजे सिन्धुलीबाट हेटौंडातर्फ आउँदै गरेको म.प्र.०२–००१ ज ००७२ नम्बरको इभि गाडीले भित्रि बाटोबाट राजमार्गमा प्रवेश गर्न खोज्दै गरेको ना ५ प ५५५८ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो । ठक्करपछि इभि गाडी अनियन्त्रित भई करिब १५ फिट तल खोल्सोमा खसेको बताइएको छ ।दुर्घटनामा इभि गाडीमा सवार यात्रुहरू र मोटरसाइकल चालक सहित जम्मा १६ जना घाइते भएका छन् । घाइतेहरूलाई प्रहरी टोली र स्थानीयवासीको सहयोगमा तत्काल उद्धार गरी साम्भि पोलिक्लिनिक

    • प्रकाशित मितिः असोज २१, २०८२
    • 396 पटक पढिएको
  • बाजुरामा करार कर्मचारीकै तलवभत्तामा सात करोड बढी खर्च

    बाजुरा । बाजुराका स्थानीय तहले करार कर्मचारीकै तलब भत्तामा सात करोड बढि खर्च गरेका छन् । यहाँका नौं वटा स्थानीय तहले नियम विपरीत करार कर्मचारी राखेर सात करोड बढी रकम खर्च गरेका हुन् ।महालेखापरीक्षकको कार्यालयले सार्वजनिक गरेको ६२ औं बार्षिक प्रतिवेदन अनुसार दरबन्दी बाहेकका करार कर्मचारीहरु नियुक्त गरी सो रकम भुक्तानी भएको पाइएको हो । आर्थिक बर्ष २०८०।०८१ मा ऐन विपरीत दरबन्दी बाहेकका कर्मचारीहरुका लागि ७ करोड २४ लाख ३९ हजार ३ सय ४३ रुपैयाँ खर्च गरेका छन् ।महालेखापरीक्षकले स्थानीय तहहरुले दरबन्दी भन्दा बढी करार कर्मचारी नियुक्त गरी तलव भत्ता भुक्तानी गरेर उक्त रकम अनियमितता गरेको जनाएको हो । स्थ

    • प्रकाशित मितिः असोज २१, २०८२
    • 390 पटक पढिएको
  • मिथिलाञ्चल क्षेत्रमा कोजाग्रत पूर्णिमा मनाईदै

    जनकपुर । मिथिलाञ्चल क्षेत्रमा आज(मंगलबार) कोजाग्रत पूर्णिमा मनाईदै छ ।खासगरी कोजाग्रत पूर्णिमा आज मिथिलावासीका लागि विशेष मानिन्छ । यो अवसरमा महोत्तरीको रतौली गाउँबाट पुस्तौ पुस्तादेखि एक परिवारले जानकी मन्दिरमा भार (कोसेली) पठाउँदै आएको छ । रतौलीका स्वर्गीय महेन्द्र ठाकुरले सयौं वर्ष अगाडि कोजाग्रत पूर्णिमा मनाउन भार पठाउने परम्परा सुरु गरेका थिए ।भार पठाउने परम्परालाई कायम राख्दै ठाकुरकै परिवारका तीन घरबाट यस वर्ष पनि भार पठाइएको जानकी मन्दिरका महन्त राम तपेश्वर दासले जानकारी दिए । उनका अनुसार स्व. ठाकुरको घरबाट दही च्यूरा, फलफूल र विभिन्न खालका मिठाई, पान र मखान सहितका परिकार तथा लत्ता कपडा

    • प्रकाशित मितिः असोज २१, २०८२
    • 396 पटक पढिएको
  • मलेसियाविरुद्धको चौथो खेलमा नेपाल विजयी

    काठमाडौं । नेपाली महिला क्रिकेट टीमले मलेसियाविरुद्धको टी–२० सिरिजको चौथो खेलमा जित हासिल गरेको छ । मंगलबार सम्पन्न खेल नेपालले मलेसियालाई ६ विकेटले जितेको हो । मलेसियाले दिएको ११२ रनको लक्ष्य पछाएको नेपालले १७.३ ओभरमा ४ विकेट गुमाउदै ११५ रन बनाएको थियो । नेपालका लागि कप्तान इन्दु बर्माले सर्बाधिक ४८ रन बनाएकी थिइन् भने रुबिना छेत्रीले २३ र कविता कुँवरले १६ रन बनाएकी थिइन् । यसअघि पहिला ब्याटिङ गरेको मलेसियाले २० ओभरमा ५ विकेट गुमाउदै १११ रन बनाएको थियो । यो जितपछि नेपालले जारी सिरिजमा कमब्याक गर्दै २–२ को बराबरी गरेको छ । अब सिरिजको अन्तिम तथा निर्णायक खेल बुधबार हुने तालिका रह

    • प्रकाशित मितिः असोज २१, २०८२
    • 343 पटक पढिएको
  • पिकअपको ठक्करबाट युवकको मृत्यु

    सप्तरी— जिल्लाको खडक नगरपालिका–११, बनौलीस्थित हुलाकी सडकमा पिकअपको ठक्करबाट एक युवकको मृत्यु भएको छ। डाक्नेश्वरी नगरपालिका–१०, बनौला निवासी १८ वर्षीय अमन मण्डल गएराति करिब ११ बजे पैदल हिँडिरहेका बेला कुखुरा बोकेको एक पिकअपले ठक्कर दिएको हो। बोदेबर्साइनबाट राजविराजतर्फ जाँदै गरेको ती पिकअपको नम्बर खुल्न नसकेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ।ठक्करबाट गम्भीर घाइते भएका मण्डलको टाउको, छाती र दाहिने हातमा चोट लागेको थियो। उनलाई तत्कालै बोदेबर्साइनस्थित जीवनज्योति अस्पतालमा प्राथमिक उपचार गरिएपछि थप उपचारका लागि छिन्नमस्ता अस्पताल, राजविराज ल्याइएको भएपनि उपचारको क्रममा उनको मृत्यु भएको थि

    • प्रकाशित मितिः असोज २१, २०८२
    • 534 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.