बनियानी (झापा) । झापामा नेपाल–भारत अन्तर्राष्ट्रिय सीमास्तम्भ मर्मत कार्य सुरु भएको छ । नेपाल–भारत ‘बाउन्ड्री वर्किङ ग्रुप’को निर्णानुसार नेपालकातर्फबाट मर्मतसम्भार गरिने बिजोर नम्बरका सीमास्तम्भ मर्मत थालिएको सशस्त्र प्रहरी बल नेपाल नम्बर २ गण, झापाका गणपति सशस्त्र प्रहरी उपरीक्षक कविन्द्र राईले जानकारी दिनुभयो । मेचीनगनर नगरपालिका–१५ सिसुवाडाँगीस्थित सानो सीमास्तम्भ नं ९५÷१२ बाट मर्मतसम्भार कार्य थालिएको उनले बताए । झापामा भारतसँग नेपालको सीमा जोडिएको एक सय ४४ दशमलव दुई किलोमिटर क्षेत्रअन्तर्गत रहेका एक सय सात सीमास्तम्भ मर्मतसम्भार गरिनेछन् । सशस्त्र प्रहरीसँगै जिल्ला प्रशासन कार्
सिरहा । सिरहाको माडरस्थित प्रमुख भन्सार कार्यालयमा ‘प्लान्ट क्वारेन्टाइन’ नहुँदा भन्सारको राजस्व असुलीमा असर पुगेको छ । नेपाल–भारत दुई देशबीच मुख्यगरी तरकारी, खाद्यान्न र फलफूल आयत निर्यातमा समस्या खेप्दै आएको सिरहाका प्रमुख भन्सार अधिकृत तोयानाथ सापकोटाले बताए । ‘यहाँ मासिक रु एक करोडभन्दा बढी राजस्व सङ्कलन हँुदै आएको छ, तर प्लान्ट क्वारेन्टाइन सेवा नहुँदा भारतमा उत्पादन हुने कृषि उत्पादन यो नाका हुँदै पैठारी गर्न र नेपालमा उत्पादित कृषिजन्यउपज भारत निकासी गर्न कठिनाइ हुँदै आएको छ’, उनले भने, ‘व्यवसायी र कृषकले समस्या भोग्नुपरेको छ, चोरी निकासी र पैठारी नियन्त्रण हुन सकिरहेको छैन ।’क्वार
रामपुर (पाल्पा) । पाल्पाको रामपुर नगरपालिकामा रहेको लक्ष्मीनारायण सङ्ग्रहालय सञ्चालनमा आएको छ । लक्ष्मीनारायण धर्मशालालाई अहिले सङ्ग्रहालयको रुपमा परिणत गरी सञ्चालनमा ल्याइएको हो ।रामपुर–४ खोप्टारमा करिब दुई सय वर्ष पुरानो उक्त धर्मशालाको पुनर्निर्माणपश्चात् रामपुर नगरपालिका, स्थानीय जनप्रतिनिधि, स्थानीयवासी, सरोकारवालालगायतको पहलमा सङ्ग्रहालय स्थापना गरिएको हो । गाउँघरमा प्रचलनमा रहेका पुराना ऐतिहासिक वस्तु तथा विभिन्न जातजातिका वेशभूषा सङ्ग्रह गरी यहाँ राखिएको लक्ष्मीनारायण पाटी सङ्ग्रहालय समितिका अध्यक्ष कविता मल्लले जानकारी दिइन् ।विभिन्न व्यक्तिबाट प्राप्त भएका सामग्री सङ्कलन गरी सङ्ग्रहा
सिमकोट (हुम्ला) । हुम्लाको खार्पुनाथ गाउँपालिकामा औषधि अभाव भएको छ । गाउँपालिकाभित्र रहेका सबै स्वास्थ्य संस्थामा एक महिनादेखि औषधि अभाव भएको हो । सरकारले निःशुल्क वितरण गर्ने औषधि अभाव हुँदा बिरामी समस्यामा परेका स्वास्थ्यकर्मीले बताएका छन् । गाउँपालिकामा चार स्वास्थ्य चौकी, एक सामुदायिक अस्पताल, एक आधारभूत स्वास्थ्य केन्द्र र ६ आधारभूत स्वास्थ्य एकाइ छन् । ती स्वास्थ्य संस्थामा बिरामी जाने गरेका भए पनि औषधि नहुँदा उपचारबिना फर्किने गरेका छन् । स्वास्थ्यचौकीमा औषधि लिन पुग्दा स्वास्थ्यकर्मीले औषधि छैन भनेर फर्काइदिने गरेको रायाँ गाउँका दलसुर परियारले बताए ।स्वास्थ्य संस्थामा सिटामोलका सा
खोटाङ । तोकिएको समयमा सम्पन्न नभएपछि थप भएको म्यादभित्र पनि जिल्ला अस्पताल खोटाङको भवन बनाउनबाट ठेकेदार कम्पनी चुकेको छ । श्याम सुन्दर÷रामसागर÷नेपाल फूलबारी जेभी थप भएको म्यादभित्र पनि जिल्ला अस्पतालको सुविधासम्पन्न ५० शय्याको भवन बनाउन असफल भएको हो । सम्झौता गरेको ३० महिनाभित्र जिल्ला अस्पताल भवन निर्माण गरिसक्नेगरी २०७८ साल असार २४ गते ठेकेदार कम्पनीले ठेक्का सम्झौता गरेको थियो । सम्झौताअनुसार २०८० साल पुस २४ गते भवन निर्माणको म्याद नाघेपछि थप गरिएको ११ महिने म्याद पनि गत मङ्सिर २९ गते सकिएको छ । पन्ध्र शय्यामा सञ्चालन हुँदै आएको जिल्ला अस्पताललाई ५० शय्यामा स्तरोन्नति गर्ने सरकारक
दोधारा चाँदनी (कञ्चनपुर) । सुदूरपश्चिम विश्वविद्यालयको कृषि विज्ञान विषयमा ‘अर्न एण्ड लर्न’ कार्यक्रमअन्तर्गत इजरायल पुगेका विपिन जोशीलाई हमासले नियन्त्रणमा लिएको १५ महिना बितेको छ ।छोरासँग सम्पर्क टुटेको १५ महिना भइसक्दा पनि छोराबारे कुनै खबर नआउँदा जोशी परिवारका आँखा ओभाएका छैनन् । पढाइसँगै कमाइ गर्न इजरायल पुगेका विपिनसँग सम्पर्क टुटेदेखि बुबा महानन्द, आमा पद्मा र बहिनी पुष्पा विरक्त छन् ।मोबाइलमा समाचार हेर्दै विपिनको सुखद् खबरको आशामा दिन बित्न थालेका छन् । छोराको अवस्थाबारे बेखबर विपिनका बुबाआमाले भीमदत्त नगरपालिका–३ स्थित आफ्नै निवासमा विपिनको सकुशल रिहाइको कामना गरिरहेका छन् । जोशी परि
काठमाडौँ । नेपाल राष्ट्र बैंकले आगामी माघ १ गतेदेखि लघुवित्त वित्तीय संस्थामा खाता खोल्दा राष्ट्रिय परिचयपत्र अनिवार्य गर्नुपर्ने व्यवस्था गरेको छ । केन्द्रीय बैंकले आज एक निर्देशन जारी गर्दै राष्ट्रिय परिचयपत्रको विद्युतीय अभिलेखमा रहेको विवरणको पहँुचका आधारमा राष्ट्रिय परिचयपत्र वा सोको नम्बरको विवरण यकिन गरी अनिवार्य रूपमा र खाता खोल्ने व्यवस्था मिलाउनुपर्ने उल्लेख गरेको छ ।लघुवित्त वित्तीय संस्थाले सम्पत्ति शुद्धीकरण (मनि लाउन्डरिङ) निवारण ऐन, २०६४ र सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) निवारण नियमावली, २०७३ बमोजिम ग्राहकको पहिचान तथा सोको सम्पुष्टि गर्नु पर्नेछ ।ग्राहक पहिचान तथा सम्पुष्टिस
सुन्दरहरैँचा (मोरङ) । सुन्दरहरैँचा नगरपालिकास्थित मालती पुल नजिक राखिएको सिलिन्डर बम नेपाली सेनाद्वारा डिस्पोज (निष्क्रिय) गरिएको छ । पूर्वपश्चिम लोकमार्गको सडक किनारमा बम राखिएको सूचना पाएपछि नेपाली सेनाले आज बिहानदेखि बमको खोजी गरी साँझ डिस्पोज गरेको हो । पुल नजिकै माटोमुनि बम रहेको जानकारी प्राप्त भएलगत्तै खोजीका लागि नेपाली सेना र नेपाल प्रहरीको टोली परिचालन भएको कोशी प्रदेश प्रहरी कार्यालयका प्रहरी प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक भीमबहादुर दाहालले बताए । उनले खोजतलास गर्दा पुल नजिक सुरूङ खनेर राखिएको अवस्थामा सिलिन्डर बम फेलापरेको उल्लेख गरे ।प्रहरीका अनुसार चारवटामध्ये दुईवटा
ढोरपाटन (बागलुङ) । बसाइँसराइका कारण बागलुङका कयौँ ग्रामीण बस्ती उजाडिँदै गएका छन् । गुणस्तरी शिक्षा, स्वास्थ्यलगायतका सुविधा खोज्दै बजार झर्नेको अहिले पनि लर्को नै चलेको छ । स्थानीय सरकारले नागरिकको आधारभूत आवश्यकतालाई परिपूर्ति गर्न नसक्दा गाउँ रित्तिने अवस्थामा पुगेका हुन् । गाउँमा जनसङ्ख्या खट्दै गएपछि विद्यालयमा विद्यार्थीसमेत घट्दै गएका छन् तर जिल्लाको बागलुङ नगरपालिका–१४ नारायणस्थानस्थित गणेश माध्यामिक विद्यालयमा भने त्यसको कुनै असर परेको छैन । बरु बजारबाट विद्यार्थी गाउँको विद्यालयमा पढ्न आउँछन् । पर्वत जिल्ला सदरमुकाम कुश्मा बजार नजिक पर्ने गणेश माविमा विद्यार्थीको चाप बढ्दो छ । ब
गलकोट (बागलुङ) । जिल्लाको धौलागिरि अस्पतालमा चार महिनादेखि मनोचिकित्सकको अभाव हुँदा मनोरोग विभागको सेवा प्रभावित भएको छ । तीन वर्षदेखि सक्रिय मनोरोग विभाग चार महिनायता ठप्पजस्तै बनेको अस्पतालले जनाएको छ । पछिल्लो समय मनोरोगका बिरामी बढ्दो क्रममा रहेका भन्दै मनोरोगको समयमा उपचार नहुँदा आत्महत्याको दर बढ्दै जाने चिकित्सक बताउँछन् । केबी रानामगर अस्पताल व्यवस्थापन समितिको अध्यक्ष रहँदा मनोरोग विभाग स्थापना गरी उपचार तथा मनोपरामर्श सेवा सञ्चालन गरिएको थियो । मनोरोगको उपचार थालेपछि पोखरा र काडमाडौँ जानुपर्ने झन्झट अन्त्य भएको थियो ।पछिल्लो १२ महिनादेखि विभाग सञ्चालन गरिरहनुभएका मनोच
Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.