काठमाडौं । नेपालको आदिवासी–जनजाति क्षेत्रको वृत्ति विकासको लागि आउने अनुदानमा अपारदर्शिता भएको भन्दै राष्ट्रिय आदिवासी जनजाति महिला महासंघ र आदिवासी जनजाति आपांग संघ बाहिरिएका छन् । शुक्रबार पत्रकार सम्मेलनको आयोजना गरी झण्डै ६० करोड अनुदान निश्चित मान्छेहरुले आफूखुशी चलाउन लागेकाले बाहिरिने घोषण गरेको उनीहरुले जानकारी दिएका हुन् ।राष्ट्रिय आदिवासी जनजाति महिला महासंघ ५० वटा जातिय संस्थाहरुको छाता संगठन रहेको सो संस्थाकी अध्यक्ष ङिमी शेर्पाले करोडौंको अनुदान लक्षित समुदायसम्म पुग्न नसकिएको र अब पनि पुग्ने सम्भावन नदेखेकाले आफूहरु त्यसबाट अलग भएको जानकारी दिएकी छिन् । सम्पूर्ण अदिवासी
कञ्चनपुर । पाठेघरको मुखको क्यान्सर रोकथामका लागि कञ्चनपुरका २६ हजार किशोरीलाई ‘एचपिभी’ खोप लगाइने भएको छ । आगामी माघ २२ देखि सात दिनसम्म सञ्चालन हुने खोप अभियानअन्तर्गत विद्यालयमै पुगेर छदेखि १० कक्षामा अध्ययनरत किशोरीलाई उक्त खोप लगाउने भएको हो । विद्यालय बाहिरका १० देखि १४ वर्षमुनिका किशोरीलाई पनि खोप लगाउने कार्यक्रम रहेको स्वास्थ्य कार्यालय कञ्चनपुरका अधिकृत जनकबहादुर कुँवरले बताए । उनका अनुसार खोप कार्यक्रम सञ्चालनका लागि पुस २१ देखि २९ गतेसम्म जिल्लाका एक सय दुईजना स्वास्थ्य संस्था प्रमुखहरूलाई अभिमुखीकरण तालिम सञ्चालन भइरहेको छ । यसपछि शिक्षक, पालिकाका स्रोतव्यक्ति, महिला स्वा
काठमाडौं । एमएडब्ल्यू वृद्धि मोटर्स प्रालिद्वारा आयातित डोङफेङ नामीले नेपालमा आफ्नो अत्याधुनिक शोरुमको उद्घाटन गरेको छ ।ग्राहकहरूका लागि थप गुणस्तरीय सेवाका लागि नयाँ अत्याधुनिक शोरुम सञ्चालनमा ल्याएको कम्पनीले जनाएको हो ।उदघाटन समारोहमा डोङफेङ मोटर्सका कन्ट्री म्यानेजर फान झियुआन, एमएडब्ल्यू वृद्धि समूहका अध्यक्ष विष्णु कुमार अग्रवाल, एमएडब्ल्यू वृद्धिका एमडी विवेक सिकरिया र एमएडब्ल्यू वृद्धि मोटर्सका बिजनेस हेड प्रशन्न पन्तलगायत नामीका ग्राहक, संचारकर्मी एवम शुभेच्छुकहरुको उपस्थिति थियो । सोही अवसरमा नामीले सीमित समयका अफरहरूसहितको मेगा टेस्ट ड्राइभ क्याम्प पनि घोषणा गरेको छ । नक्सालको
काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले नेपाल आयल निगम लिमिटेडप्रति आम बुझाइ नकारात्मक रहेको बताएका छन् ।शुक्रबार नेपाल आयल निगम लिमिटेडको ५५औंं वार्षिकोत्सव कार्यक्रममा बोल्दै उनले आजको दायित्व पूरा गर्ने,अत्ति आवश्यक वस्तुको ढुवानी वा त्यसको व्यवस्थापन र व्यवसायिकतामा निगमले सफलता पाएपनि बाहिरबाट नकारात्मक किसिमबाट हेर्ने गरेको पाइएको बताए । उनले भने, ‘आज नेपाल आयल निगमप्रतिको आम बुझाइ के छ आममान्यता के छ ? मान्यता त्यति राम्रो देखिएको छैन् । यसले आजको अविभारा पूरा गर्ने दायित्व पुरा गर्ने अत्ति आवश्यक वस्तुको ढुवानी त्यसको व्यवस्थापन र व्यवसायिकतामा यसले सफलता पा
काठमाडौँ । नेपाल प्रहरीले पछिल्लो पाँच महिनामा देशभरबाट पाँच हजार आठ सय ४६ जना फरार प्रतिवादीलाई पक्राउ गरेको छ । अदालतको आदेश कार्यान्वयनका क्रममा विभिन्न आपराधिक क्रियाकलापमा संलग्न भई फरार रहेका प्रतिवादीलाई पक्राउ गरिएको नेपाल प्रहरीका प्रवक्ता, प्रहरी वरिष्ठ उपरीक्षक विश्व अधिकारीले जानकारी दिए । उनका अनुसार चालु आवमा फरार प्रतिवादी पक्राउ गर्ने अभियान सञ्चालन गरिएको हो ।प्रहरी वरिष्ठ उपरीक्षक विश्व अधिकारीले साउनदेखि मङ्सिरसम्म पक्राउ परेकामा सबैभन्दा बढी मधेश प्रदेशका एक हजार पाँच सय ९४ प्रतिवादी रहेका जानकारी दिए । काठमाडौँ उपत्यकाबाट एक हजार दुई सय ५३ जना प्रतिवादी पक्राउ परेका छ
काठमाडौँ । अन्तर्राष्ट्रिय बजारमा सुनचाँदीको मूल्यमा सामान्य वृद्धि भएसँगै त्यसको प्रभाव स्थानीय बजारमा पनि परेको छ । बिहीबारको तुलनामा आज प्रतितोला सुनमा रु आठ सयले वृद्धि भएको छ भने सोही परिमाणको चाँदी पनि रु पाँचले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार एक तोला सुन आज रु एक लाख ५४ हजार १०० मा कारोबार भएको छ भने सोही परिमाणको चाँदीको मूल्य एक हजार ८४५ कायम भएको छ ।
काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले संविधान संशोधनको कुरामा कुनैपनि तलमाथि नहुने बताएका छन् । शुक्रबार मन्त्रिपरिषद्को बैठकको निर्णय सार्वजनिक क्रममा पत्रकारले सोधेको प्रश्नको जवाफ दिदैँ उनले काम गर्न बाधा पुर्याइ रहेको ११ वटा कानूनहरु संशोधनमा ल्याउने भनेर कानूनविद्हरु रहेको कार्यदल बनाएको भन्दै संविधान संशोधन हुने बताए । उनले भने, ‘काम गर्न बाधा पुर्याइरहेको ११ वटा कानूनहरुको पहिचान गरि संसदमा पेश गर्ने गरेर संशोधनमा ल्याउन र त्यसको तयारीको लागि पनि कानूनविद्हरु रहेको कार्यदल बनाएका छौ । त्यसकारण संविधान संशोधन हुन्छ, गरिन्छ, गर्ने हो । किनभने हाम्रो रा
फुङ्लिङ (ताप्लेजुङ) । लिम्बू समुदायको संस्कृति संरक्षण गर्न ताप्लेजुङ सदरमुकाम फुङलिङमा तोक्मेमा धाननाच प्रतिमा (ताक्वाजङ याःसक्मादेन) निर्माण गरिएको छ । यो प्रतिमा किरात याक्थुङ चुम्लुङ इजरायलको आर्थिक सहयोगमा निर्माण गरिएको हो । प्रतिमा निर्माणका संयोजक कीर्तिमान मादेनका अनुसार यसबाट लिम्बू समुदायको सांस्कृतिक धरोहरलाई संरक्षण गरी जीवन्त राख्न योगदान पु¥याएको छ । धाननाच प्रतिमा लिम्बू समुदायको सांस्कृतिक पहिचानलाई मूर्तरूप दिन खोजिएको छ । प्रतिमामा दुई महिला र दुई पुरुषले धाननाच गर्दै गरेको दृश्यलाई कलात्मक ढङ्गले प्रस्तुत गरिएको छ । मूर्तिकार पूर्ण वनेमको नेतृत्वमा चार जनाको टोलील
खाँदबारी (सङ्खुवासभा) । सङ्खुवासभाको मकालु गाउँपालिकामा निर्माणाधीन नौ सय मेगावाट क्षमताको अरुण तेस्रो जलविद्युत् आयोजनाको काम झन्डै ८० प्रतिशत सकिएपछि करिब चार सय परिवारले छुट जमिनको मुआब्जा पाउने भएका छन् ।जिल्ला प्रशासन कार्यालय सङ्खुवासभाले २०७९ चैत २३ गते प्रकाशन गरेको सूचनाअनुसार एक महिनाभित्र भुक्तानी दिन सर्वोच्च अदालतले यही पुस ११ गते परमादेश जारी गरेको छ । त्यति बेला जिल्ला प्रशासनले छ्याङ्कुटीबाट विद्युत् गृह जाने २४ किलोमिटर प्रवेशमार्गको पाँच सय २४ रोपनी जग्गाको मुआब्जा प्रतिरोपनी रु ११ लाख ७५ हजारका दरले तोकेको थियो । प्रशासनको धरौटी खातामा पीडितका लागि ‘अरुण–३ पावर डेभलपमेन्ट कम
चन्द्रपुर (रौतहट) । लामो समयदेखि रौतहटमा पर्सा राष्ट्रिय निकुञ्जबाट आएका जङ्गली हात्तीले उपद्रो मच्चाउँदा स्थानीय त्रसित बनेका छन् । हात्तीले रौतहटको चन्द्रपुर, गुजरा, बृन्दावन र फतुवा विजयपुर नगरपालिकाको विभिन्न वडामा दिनहुँजसो उपद्रो मच्चाइरहेका छन् । विगत वर्षमा केही दिन आएर बसेर जाने जङ्गली हात्ती यस वर्ष भने असारदेखि नै यसै क्षेत्रमा बसेर उपद्रो मच्चाइरहेको स्थानीयले बताएका छन् । हात्तीले मकैबारी, केराबारी, आलुबारी, गहुँबारीका साथै घर नै भत्काउन थालेका छन् । हात्तीले बढीजसो केराबारी नष्ट गरेको पाइएको छ । हात्तीको बथानले रौतहटको चन्द्रपुर–३ गैँडाटार र चन्द्रपुर ३ जुडिबेलामा लगाइए
Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.