समाचार

    Showing 9,391-9,400 of 25,693 items.
  • सर्लाहीमा खोलामा डुबेर एक युवकको मृत्यु

    सर्लाही— जिल्लाको मलंगवा नगरपालिका–५, भाडसरस्थित लखनदेही खोलामा नुहाउन गएका एक युवकको डुबेर मृत्यु भएको छ। मृत्यु हुनेमा १८ वर्षीय ओम ठाकुर रहेका छन्।मंगलबार बिहान ४ जना साथीहरूसँग खोलामा गएका ओम ठाकुर नुहाउने क्रममा खोलाले बगाएर बेपत्ता भएका जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।बिहान साढे ११ बजे बेपत्ता भएका ठाकुरको शव दिउँसो १ बजे खोलामै तैरिरहेको अवस्थामा फेला पारिएको हो। उनलाई तत्काल प्रादेशिक अस्पताल मलंगवा लगिएको थियो । उनलाई अस्पताल लगेपनि चिकित्सकले मृत घोषणा गरेका थिए।

    • प्रकाशित मितिः असोज २१, २०८२
    • 584 पटक पढिएको
  • दशैंपछिको सेयर बजारमा उच्च गिरावट, घटे सबै सूचक

    काठमाडौं— दशैंपछि खुलेको सेयर बजार उच्च अंकले घटेको छ । नेप्से परिसूचक ५८.५५ अंक ९२.१(प्रतिशत) घटेको हो । सो गिरावटपछि नेप्से २६०४ अंकमा कायम भएको छ । कुल ४ अर्ब ६२ करोडको कारोबार भयो ।१६ कम्पनीको मूल्य बढ्दा २३५ को घट्यो भने एउटाको स्थिर रह्यो । सबै समूहका सूचक घटेका छन् । अन्य समूह सबैभन्दा धेरै ४.८३ प्रतिशत घट्यो । नेपाल पुनर्बीमाको मूल्य भारी दरले घट्दा यो समूह बढी प्रभावित भयो ।बैंकिङ १.३२, विकास बैंक २.३८, फाइनान्स १.१२, होटल तथा पर्यटन २.७२, हाइड्रोपावर २.७४, लगानी १.९१, जीवन बीमा १.८६, उत्पादन तथा प्रशोधन १.८५, माइक्रोफाइनान्स १.८७, निर्जीवन बीमा २.०४ र व्यापार १.१७ प्रतिशत घटेको छ ।भू

    • प्रकाशित मितिः असोज २१, २०८२
    • 676 पटक पढिएको
  • दक्षिण सुडानमा तैनाथ नेपाली शान्ति सैनिकहरुको अदलीबदली

    काठमाडौं— संयुक्त राष्ट्रसंघको आव्हानमा शान्ति स्थापना कार्यको लागि दक्षिण सुडानको संयुक्त राष्ट्रसंघीय मिसनमा सहभागी भएका नेपाली शान्ति सैनिकहरुको अदलीबदली गरिएको छ । मंगलबार मिसनमा सहभागी श्रीनाथ गणको १४ औँ डफ्फाका शान्ति सेनालाई बदली गर्नको लागि नयाँ गोरख गणको १५ औँ डफ्फाका १७५ जना शान्ति सैनिकहरू मिसन इलाका प्रस्थान गरेका हुन् । त्यस्तै, उक्त मिसनमा आफ्नो कार्यकाल सम्पन्न गरेका १७६ जना नेपाली शान्ति सैनिकहरू सोमबार स्वदेश फिर्ता भएका थिए । हाल उक्त मिसनमा नेपाली सेनाका १ हजार ७ सय ५७ जना शान्ति सैनिकहरू कार्यरत छन् ।

    • प्रकाशित मितिः असोज २१, २०८२
    • 727 पटक पढिएको
  • बाढीमा बेपत्ता दुई बालिकाको शव भेटियो

    रौतहट— रौतहटको देवाही गोनाही नगरपालिका–६ कर्कच गाउँमा सोमबार बेपत्ता भएका दुई बालिकाको शव आज फेला परेको छ ।हिजो दिउँसो खेतको पानी बग्ने ठाउँमा नुहाउने क्रममा स्थानीय रामदयाल रामकी १२ वर्षीया छोरी आरती र शिवधारी रामकी ११ वर्षीया छोरी अन्तिमा कुमारी बेपत्ता भएका थिए ।बेपत्ता भएको खबर प्राप्त भएपछी त्यहाँको प्रहरी र आफन्तले निरन्तर खोजिकार्य गरिरहेका थिए । खोजीकार्यमा आरतीको शव बिहानै फेला पारेका थिए भने अन्तिमाको शव केही टाढा जलकुम्भीमा अड्किएको अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।

    • प्रकाशित मितिः असोज २१, २०८२
    • 724 पटक पढिएको
  • मुख्यमन्त्री पाण्डेको घरमा आगजनी गर्ने युवक पक्राउ

    काठमाडौं—  गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेको निवासमा आगजनी गरेको आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ।पक्राउ पर्ने व्यक्ति रुपन्देहीको तिलोत्तमा नगरपालिका–४ स्थायी घर भई हाल पोखरा–७, राष्ट्र बैंक चोकमा बसोबास गर्दै आएका २२ वर्षीय संयोग थापा हुन्।गत असोज १२ गते राति मुख्यमन्त्रीको घरमा आगजनी भएको घटनापछि फरार रहेका थापालाई प्रहरीले खोजतलासपछि नियन्त्रणमा लिएको हो। हाल उनीमाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय, कास्कीका सूचना अधिकारी हरिबहादुर बस्नेतले जानकारी दिएका छन्।अनुसन्धानका क्रममा थापाले नेपाल राष्ट्र बैंकको पर्खाल नजिक रहेको एनआईएमबी बैंकको एटीएम मेश

    • प्रकाशित मितिः असोज २१, २०८२
    • 693 पटक पढिएको
  • पहिरो पीडित इलाममा पुग्यो कोशी सरकारको राहत

    विराटनगर— लगातारको वर्षाले ठूलो क्षति बेहोरेको इलाम जिल्लामा कोशी प्रदेश सरकारले हवाई माध्यमबाट पहिलो चरणको राहत पठाएर उद्धार अभियानलाई तीव्रता दिएको छ । स्थलमार्ग अवरुद्ध भएपछि प्रदेश सरकारले नेपाली सेनाको हेलिकप्टर प्रयोग गरी खाद्यान्न र अत्यावश्यक सामग्री बिहानै इलाम पु¥याएको हो ।मुख्यमन्त्री हिम्मत कार्कीले राहत कार्यलाई तीव्र र प्रभावकारी ढंगले अघि बढाउने प्रतिबद्धता जनाए । उनका अनुसार प्रदेश सरकारले तत्काल उद्धारपछि विस्थापित परिवारको बसोबास र दैनिक आवश्यक सामग्री व्यवस्थापनलाई प्राथमिकता दिएको छ ।प्रदेश आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिव रामप्रसाद आचार्यका अनुसार चामल, दाल, आलु,

    • प्रकाशित मितिः असोज २१, २०८२
    • 635 पटक पढिएको
  • जेनजी अलायन्सद्वारा अख्तियार प्रमुखको राजीनामा माग, आयोगमा निवेदन दर्ता

    काठमाडौं । जेनजी पुस्ताका युवाहरुले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईसहित सम्पूर्ण आयुक्तहरूको राजीनामा माग गरेका छन् । जेनजी मुभमेन्ट अलायन्सले आयोगका प्रमुखहित सम्पूर्ण आयुक्तहरूको राजीनामा माग्दै मंगलबार आयोगको कार्यालय पुगेर पत्र समेत बुझाएका छन् । राई वाइडबडी घोटाला लगायतका भ्रष्टाचार मुद्दामा मुछिएको र उनको नेतृत्वमा आयोगको निष्पक्षतामाथि शंका उब्जिएको आरोप लगाउदै जेनजी मुभमेन्ट अलायन्सले अख्तियारको कार्यालय टङ्गाल पुगेर निवेदन दर्ता गराएको हो।संसद् नभएको अवस्थामा महाभियोग संभव नभएकाले नैतिकताको आधारमा राजीनामा दिनुपर्ने मागसहित जेनजी अलायन्स टङ्गा

    • प्रकाशित मितिः असोज २१, २०८२
    • 338 पटक पढिएको
  • चीनमा एआई प्रतिभाहरुको खोजी, रोजगार मेलामा घुइँचो

    एजेन्सी । चीनमा रोजगारदाताहरू एआई प्रतिभाको खोजीमा लागेका छन् । बेइजिङमा शरद ऋतु सुरु हुनसाथ रोजगार भर्ती मेलाहरू आयोजना गरिन्छ ।ति मेलाहरूमा यस बर्ष कम्पनीहरूले एआई क्षेत्रहरूमा धेरै रोजगारीका अवसरहरु सिर्जना गरेका छन् । उनीहरुले इन्टरनेट सम्बन्धित पदहरू आवेदन माग गरेका हुन् । एआई इमेजिङ अध्ययन गरेका तन्नेरीहरु मेलामा झुम्मिएका छन् । एआई पृष्ठभूमि भएका नयाँ भर्नाहरू बाहेक, धेरै भन्दा धेरै कम्पनीहरूले मानविकी वा सामाजिक विज्ञानमा स्नातकहरूको पनि खोजी गरेका छन् । किनभने एआई ठूला भाषा मोडेलहरू निर्माण गर्दा, कम्पनीहरूलाई ठूलो मात्रामा डेटा र प्रम्प्टहरू परिभाषित र परिष्कृत गर्न मद्दत च

    • प्रकाशित मितिः असोज २१, २०८२
    • 427 पटक पढिएको
  • मेची राजमार्गको ठाउँ ठाउँमा अवरोध, खुलाउने प्रयास जारी

    इलाम । लगातारको बर्षाका कारण अवरुद्ध भएको मेची राजमार्गको विभिन्न खण्डको पहिरो हटाउने काम जारी छ ।सडक डिभिजन कार्यालय इलामका अनुसार मेची राजमार्गको बिब्ल्यॉटे–रॉके खण्डमा पहिरो पन्साउने काम भइरहेको छ । बिब्ल्यॉटेबाट पुवाखोला–साखेजुङ–रॉके जाने राजमार्गको सानवीरे खोल्सीमा ठूलो पहिरो पन्साउने काम भइरहेको छ ।रॉकेतिरबाट मिलगोलाईसम्म गाडी आउन अवरोध छैन । तर, मिलगोलाई, बञ्चरे गोलाई र सानवीरे खोल्सीको अवरोध हटाउन केही समय लाग्ने भएको छ । बुधबार सम्म उक्त खण्ड खुल्न सक्ने अनुमान गरिएको छ । यता, माईखोला (राजदुवाली) सडक खण्डको अवरोध हटाउन समय लाग्ने देखिएको छ । सडक डिभिजन इलाममार्फत परिचालन भइरहेका

    • प्रकाशित मितिः असोज २१, २०८२
    • 282 पटक पढिएको
  • अध्यक्षले एक घण्टामा बन्छ भनेको सडक तीन दिनसम्म पनि बनेन

    सर्लाही ।  अविरल वर्षापछि आएको बाढीले कौडेना गाउँपालिकास्थित हुलाकी सडक भत्किएपछि तीन दिन बितिसक्दा पनि मर्मत नहुँदा स्थानीयवासीले सास्ती भोगिरहेका छन् । शनिबार राति परेको भारी वर्षाका कारण सडकको झन्डै १५ मिटर भाग बगाएको छ । त्यहाँ बनेको करिब १० फिट गहिरो खाडलमा पानी भरिएपछि पैदलयात्रु र सवारी आवतजावत ठप्प भएको छ ।त्यसपछि सोमबारदेखि गाउँका युवाहरूले बाँस र काठको सहायताले अस्थायी लच्का बनाएर आवागमन सहज गराउने प्रयास गरेका छन्।हाल सो लच्काबाट मोटरसाइकल, साइकल र पैदलयात्रु मात्र पार हुन सक्ने व्यवस्था गरिएको छ। तर आवागमनका क्रममा पैदलयात्रुबाट १० रुपैयाँ र मोटरसाइकल चालकबाट एक सय रुपैया

    • प्रकाशित मितिः असोज २१, २०८२
    • 250 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.