समाचार

    Showing 9,321-9,330 of 25,691 items.
  • एनटीईके–जेड समूहको आज हुने भनिएको आन्दोलन स्थगित

    काठमाडौं— जेनजीहरुकोे एक समूहले आज गर्ने भनिएको आन्दोलन स्थगित गरेको छ । एनटीईके–जेड समूहको नामबाट असोज २३ गते गर्ने भनेको आन्दोलन स्थगित भएको हो । एनटीईके–जेड समूहले बुधबार साँझ विज्ञप्ति जारी गर्दै आज हुने शान्तिपूर्ण प्रदर्शन स्थगित भएको जानकारी गराएको हो ।‘साथीहरुले २०८२/०६/२२ गते केन्द्रिय कमिटीको मिटिङ बसेर गरेको छलफलमा भोलि मिति २३ गते घोषणा गरेको शान्तिपूर्ण आन्दोलनमा विभिन्न किसिमका अराजक तत्वहरुले आन्दोलनलाई विथल्ने र अप्रिय घटना निम्त्याउने देखिएको हुनाले यस आन्दोलनलाई हामी एनटीईके–जेड का केन्द्रीय पदाधिकारीहरुले छलफल गरी २३ गते हुने आन्दोलनलाई हाल उक्त परिस्थितिका कारण स्तगित

    • प्रकाशित मितिः असोज २३, २०८२
    • 636 पटक पढिएको
  • मध्यपूर्व शान्ति सम्झौताका लागि अमेरिकी राष्ट्रपति ट्रम्प इजीप्ट जाने तयारीमा

    काठमाडौं—  अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आउँदो साताको अन्त्यतिर इजीप्ट जाने सम्भावना रहेको संकेत गरेका छन् । उनले मध्यपूर्वमा चलिरहेको शान्ति वार्तामा महत्वपूर्ण प्रगति भएको भन्दै सम्झौता धेरै नजिक पुगेको बताएका छन् । अल–जजिराका अनुसार ट्रम्पले यसबारे बुधबार ह्वाइट हाउसमा आयोजित कार्यक्रममा जानकारी दिएका हुन् ।कार्यक्रमका क्रममा अमेरिकी विदेश मन्त्री मार्को रुबियोले पठाएको नोट पढ्दै ट्रम्पले भने, ‘विदेशमन्त्रीले मलाई एउटा नोट दिएका छन् । जसमा भनिएको छ कि हामी मध्यपूर्वमा एक सम्झौतामा पुग्न निकै नजिक छौं, र मलाई चाँडै त्यहाँ जानुपर्नेछ ।’ट्रम्पले आफू शनिबारको आसपास इजीप्ट प्रस्थान गर

    • प्रकाशित मितिः असोज २३, २०८२
    • 593 पटक पढिएको
  • नेपाली कांग्रेसको पदाधिकारी बैठक बस्दै

    काठमाडौं— नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आज पदाधिकारी बैठक बोलाएका छन् । बैठक बिहीबार दिउँसो १ बजे हिमालय होटल कुपण्डोलमा बस्न लागेको हो ।बैठकमा २६ असोजमा बस्ने केन्द्रीय समितिका एजेण्डा, महाधिवेशन, निर्वाचन लगायतबारे छलफल हुने बताइएको छ । बैठकसँगै देउवा जेनजी आन्दोलनपछि पहिलो पटक औपचारिक कार्यक्रममा देखिन लागेका हुन्। जेनजी आन्दोलनको क्रममा भदौ २४ गते देउवा र उनकी पत्नी आरजु राणा माथि आक्रमण गरिएको थियो । 

    • प्रकाशित मितिः असोज २३, २०८२
    • 544 पटक पढिएको
  • नगरपालिकामा लगाईएको ताला खोलियो, माग पूरा नगरे पुनः तालाबन्दी गर्ने चेतावनी

    बाजुरा— बाजुराको पुर्वि उत्तरी क्षेत्रमा पर्ने बुढिनन्दा नगरपालिकामा लगाईएको ताला खोलिएको छ । स्थानीयहरूका माग एक हप्ता भित्र सुनुवाइ हुने निर्णयका साथ ताला खोलिएको हो । स्थानीय जनताको मागअनुसार काम गर्न नसकेको भन्दै युवाहरुले नगरपालिकाको कार्यालयमा तालाबन्दी गरेका थिए। कोल्टीमा खानेपानी र विद्युत सेवालाई चुस्त बनाउन माग गर्दै उनीहरुले तालाबन्दी गरेका हुन् ।युवाहरुले कोल्टी बजारमा तत्काल खानेपानी र नियमित विद्युत सेवाको व्यवस्था गर्न माग गर्दै ताला लगाएका थिए तर नगरपालिकाले एक हप्ता भित्र माग पूरा गर्ने निर्णय अनुसार ताला खोलेको छ ।ताला खोलिनु पुर्व तालाबन्दी कर्ता र नगर उपप्रमुख राम बहाद

    • प्रकाशित मितिः असोज २३, २०८२
    • 535 पटक पढिएको
  • बिपी राजमार्गमा एकतर्फी यातायात सञ्चालन गर्ने तयारी

    रामेछाप— असोज १७, १८ र १९ गतेको वर्षाका कारण रोशी खोलामा आएको बाढीले बगाएको बिपी राजमार्ग निर्माण कार्य आज सकिने भएको छ । बाढीले सडक बगाएको ठाउँमा डाइभर्सन निर्माण गरी अस्थायी रूपमा एकतर्फी यातायात सञ्चालन गर्ने गरी सडक बनाउने काम सकिने सडक विभागका सुपरिटेण्डेण्ट इञ्जिनियर शुभराज न्यौपानेले जानकारी दिए । आफूले बाढीले क्षति पु¥याएको काभ्रेको चौकीडाँडादेखि सिन्धुलीको नेपालथोकसम्मको सडक स्थलगत अनुगमन गरेको बताउँदै न्यौपानेले चौकिडाँडा र नेपालथोकका ठुला डाइभर्सन बनिसकेका र बाँकी क्षति पुगेको ठाउँमा पनि निर्माण कार्य जारी रहेको बताए । सम्भवतः भोलि साँझसम्म, नभए पनि पर्सी बिहानसम्म एकतर्फी

    • प्रकाशित मितिः असोज २३, २०८२
    • 516 पटक पढिएको
  • नेपाल राष्ट्र बैंकद्वारा दुई मनि चेन्जरको इजाजतपत्र रद्द

    काठमाडौं— नेपाल राष्ट्र बैंकले मनिचेञ्जर (मुद्रा सटही कारोबार) गर्न इजाजत पाएका दुई कम्पनीको इजाजतपत्र रद्द गरेको छ।बैंकको विदेशी विनिमय व्यवस्थापन विभागले म्याद समाप्त भएपछि तोकिएको तीन महिनाभित्र नवीकरण नगरेका कारण ती कम्पनीहरूको इजाजतपत्र रद्द गरेको जनाएको छ।रद्द भएका मनि चेन्जरमा  युनियन करेन्सी एक्सचेन्ज प्रा.लि., मित्रनगर, काठमाडौं र के.टी.एम. ओम मनि एक्सचेन्ज प्रा.लि., ठमेल, काठमाडौं छन्।नेपाल राष्ट्र बैंक, मनिचेञ्जर इजाजतपत्र तथा निरीक्षण विनियमावली, २०७७ (चौथो संशोधनसहित) को विनियम १९ को उप-विनियम (३) अनुसार नवीकरण नगरेका मनिचेञ्जरहरूको इजाजतपत्र स्वतः रद्द हुने व्यवस्था छ।

    • प्रकाशित मितिः असोज २३, २०८२
    • 785 पटक पढिएको
  • टी–२० विश्वकप छनोटः कुवेतसँग ५८ रनले विजयी हासिल

    काठमाडौं— आईसीसी टी–२० विश्वकप एसिया–इस्ट एसिया प्यासिफिक छनोटमा नेपालले पहिलो खेलमा विजयी हासिल गरेको छ ।छनोटअन्तर्गत बुधबार भएको आफ्नो पहिलो खेलमा नेपालले कुवेतसँग ५८ रनले विजयी हासिल गरेको हो । नेपालले दिएको १४२ रनको लक्ष्य पछ्याएको कुवेत १८ ओभर १ बलमा ८३ रन मात्र बनाउन सक्यो । बलिङमा नेपालका कप्तान रोहित पौडेल, सन्दीप लामिछाने र ललित राजवंशीले २–२, नन्दन यादव, कुशल भुर्तेल र सोमपाल कामीले एकएक विकेट लिए ।टस हारेर पहिला ब्याटिङ गरेको नेपालले २० ओभरमा ७ विकेट गुमाएर १४१ रन बनाएको थियो । नेपालका लागि ओपनर कुशल भुर्तेलले ५६ बलमा ६६ रनको योगदान गरेका दिए । गुल्सन झाले ६ बलमा २० र

    • प्रकाशित मितिः असोज २३, २०८२
    • 645 पटक पढिएको
  • सर्लाहीको सिमावर्ती भारतीय बजारमा नेपाली मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु

    सर्लाही— जिल्लाको सिमावर्ती क्षेत्र भारतको बिहार राज्यस्थित सोनवर्सा बजारमा भएको सडक दुर्घटनामा दुई नेपाली युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा सर्लाहीको मलंगवा नगरपालिका – १० का १९ वर्षीय अजय राउत र उनका आफन्त भारतको खुरसाहा बस्ने २० वर्षीय सचिन रावत रहेका छन् ।उनीहरू सवार म प्र ०२ – ००८ प ९९४२ नम्बरको मोटरसाइकल सोनवर्सा बजारतर्फ जाँदै गर्दा बिआर ०९ जीबी ६७१५ नम्बरको टिपरसँग ठोक्किँदा दुबै जनाको घटनास्थलमै मृत्यु भएको सर्लाही प्रहरीले जनाएको छ ।जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार दुर्घटनापछि टिपर र चालकलाई भारतीय प्रहरीले नियन्त्रणमा लिएर सोनवर्सा थानामा राखिएको बताइएको छ । घटनाबारे थप अन

    • प्रकाशित मितिः असोज २३, २०८२
    • 736 पटक पढिएको
  • शान्तिपूर्ण गर्ने भनिएको जेनजी प्रदर्शन स्थगित

    काठमाण्डौ । जेनजीले बिहीबार भोलि आयोजना गर्ने भनिएको शान्तिपूर्ण प्रदर्शन स्थगित गरेको छ।एनटीईके-जेड समूहले बुधबार विज्ञप्ति जारी गर्दै शान्तिपूर्ण आन्दोलनमा विभिन्न किसिमका अराजक र अप्रिय घटना निम्त्याउने देखिएकाले स्थगित गरिएको जनाएको हो।विज्ञप्तिमा भनिएको छ- ‘केन्द्रीय समिटीको बैठक बसेर गरेको छलफलमा २३ गते घोषणा गरेको शान्तिपूर्ण आन्दोलनमा विभिन्न किसिमका अराजक तत्वहरूले आन्दोलनलाई विथल्ने र अप्रिय घटना निम्त्याउने देखिएको हुनाले यस आन्दोलनलाई हामी एनटीईके–जेड का केन्द्रीय पदाधिकारीहरूले छलफल गरी २३ गते हुने आन्दोलनलाई हाल उक्त परिस्थितिका कारण स्थगित गर्ने निर्णय गरिएको छ र सो छलफल गरी आउन

    • प्रकाशित मितिः असोज २३, २०८२
    • 503 पटक पढिएको
  • कस्तो रहनेछ आजको मौसम

    काठमाण्डौ  ।  जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार  हाल सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशमा साधरणतया बदली रहेको छ । बाँकी पहाडी भूभागमा आंशिक बदली रही बाँकी तराई भूभागमा मौसम मुख्यतया सफा रहेको छ । गण्डकी प्रदेशको थोरै स्थानहरूमा, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश र बागमती प्रदेशका पहाडी भूभागका केहि स्थानमा हल्का वर्षा भइरहेको छ ।दिउँसो कोशी प्रदेश लगायत देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मुख्यतया सफा रहने छ । देशका पहाडी भूभागका केहि स्थान हल्का वर्षाको सम्भावना रहेको छ ।राति कोशी प्रदेश लगायत बागमती प्रदेश र गण्डकी प्रदेशक

    • प्रकाशित मितिः असोज २३, २०८२
    • 324 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.