समाचार

    Showing 9,291-9,300 of 19,654 items.
  • सातै प्रदेशमा पुग्यो एचपिभी खोप

    काठमाडौंँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले किशोरीलाई लगाइने पाठेघरको मुखको क्यान्सर विरुद्धको ‘ह्युमन पापिलोमा भाइरस’ (एचपिभी) खाप सातवटै प्रदेशमा पठाएको छ । ‘भ्याक्सिन र खोपका लागि ग्लोबल एलायन्स’ (गाभी)को सहयोगमा खोप नेपाल आएपछि सबै प्रदेशमा पठाइएको स्वास्थ्य सेवा विभागको आपूर्ति व्यवस्थापन महाशाखाका निर्देशक डा पवनजङ्ग रायमाझीले जानकारी दिए । उनले सबैै १७ लाख ७० हजार २० मात्रा खोप नेपाल आइसकेको बताए । निर्देशक डा रायमाझीका अनुसार गाभीले किशोरीलाई पाठेघरको मुखको क्यान्सरबाट बचाउन एचपिभी खोप निःशुल्क उपलब्ध गराएको हो । सङ्घीय सरकारले यही माघ २२ देखि फागुन ६ गतेसम्म देशभरि कक्षा

    • प्रकाशित मितिः माघ ३, २०८१
    • 285 पटक पढिएको
  • गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको काम तीव्र

    चितवन । भरतपुर महानगरपालिका–१५ स्थित रामपुरमा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको काम तीव्र रूपमा अघि बढेको छ । महानगरले सङ्घ र प्रदेश सरकारसँगको सहकार्यमा निर्माण सुरु गरेको रङ्गशालाको हालसम्म करिब १५ प्रतिशत काम सम्पन्न भएको हो ।महानगरका सिनियर डिभिजनल इन्जिनियर सन्तोष आचार्यका अनुसार हाल एक सय ५० मजदुरले दैनिक काम गरिरहेका छन् । दुई दिनपछि कामदार थप गरी दुई सय १० पु¥याइने जनाउँदै उनले चाडपर्वका समयमा निर्माणमा केही ढिलाइ भए पनि मजदुर थप गरेर लक्ष्यअनुरुप कामलाई तीव्र बनाइएको बताए ।प्याराफिटको ढलानका लागि डण्डी बाध्ने, दुईवटै टावरमा पिल्लर राख्ने, नालाको ढकनी बनाउनेलगायत

    • प्रकाशित मितिः माघ ३, २०८१
    • 304 पटक पढिएको
  • चिसो बढेपछि तातोपानीमा नुहाउन आउनेको भीड

    मुगु । हिमाली जिल्ला मुगुमा अत्याधिक चिसो बड्न थालेपछि सोरुगाँउपालिका वडा नम्बर ६ मा रहेको तातोपानीमा नुहाउन आउनेहरुको भीड बढेको छ । तातोपानी नुहाउँदा शरीरमा भएका बिभिन्न अंगहरु ,जोर्नी, छाला चिलाउने, शरीर झमझमाउने, बाथरोग ,टाउको, पेट दुखाइलगाएतका अन्य रोग ठिक हुने विश्वास लिइन्छ ।  विशेषगरी पुष  र माघ महिनामा तातोपानीमा नुहाउँदा राम्रो हुनेमा स्थानीयबासी विश्वास गर्छन् । तातोपानी नुहाउन बिशुवासमा २० देखि २५ जना मानिस पुग्ने गरेका छन् । ‘तातोपानीमा नुहाउँदा आनन्द आउँछ । सन्चो महसुस हुन्छ । पाँच पटकसम्म नुहाएको छु । जति नुहायो त्यतिनै निरोगी भइन्छ । यहाँका स्थानीय तहले बाटो,

    • प्रकाशित मितिः माघ ३, २०८१
    • 291 पटक पढिएको
  • दुखी आत्माको ब्रेकअप कविता

    काठमाडौं । ‘माया, तिमी यसलाई एक घटना संझ । विन्ती यसलाई दुर्घटना नसंझ । संझ सायद, यसरी छुट्नु नै भएको थियो भेट हाम्रो ।’ माथि उल्लेखित कविताको हरफ फागुनको २ गतेबाट सार्वजनिक प्रदर्शनमा आउन लागेको फिल्म ‘दुखी आत्मा’मा समावेश गरिएको छ । कवि श्रवण मुकारुङले लेखेका १० वटा कविताहरु यो फिल्ममा समावेश छन् । जसमध्ये, यसको निर्माणपक्षले पहिलो कविता सार्वजनिक गरेको छ । जसलाई ‘ब्रेकअप कविता’को रुपमा सार्वजनिक गरिएको छ ।सार्वजनिक कवितामा दयाहाङ राइको आवाज सुन्न पाइन्छ । सार्वजनिक भिडियोमा दया नायिका आँचल शर्माको अगाडि बसेर कविता सुनाइरहेका छन् । आँचल उनले सुनाएको कविता ध्यान दिएर सुनिरहेकी छिन् । यसल

    • प्रकाशित मितिः माघ ३, २०८१
    • 183 पटक पढिएको
  • रौतहटको चन्द्रपुरमा सुविधायुक्त १५ शैया अस्पताल बन्ने

    रौतहट । रौतहटको चन्द्रपुर नगरपालिकामा सुबिधायुक्त १५ शैया अस्पताल बन्ने भएको छ । चन्द्रपुर नगरपालिका वडा नम्बर ५ सिथ्त सन्तानेश्वर महादेव मंन्दिर पछाडि रहेको जमिनमा अस्पतालको नयाँ भवन बन्न लागेको हो ।संघीय सरकार र चन्द्रपुर नगरपालिकाको बजेटबाट अस्पतालको भवन निर्माण हुने चन्द्रपुर नगरपालिकाका नगर प्रमुख सञ्जय काफले बताए । उनका अनुसार भवन निर्माणको लागि साहू कन्स्ट्रक्सनले ४ करोड ९ लाखमा सकार गरेको हो । अस्पतालको भवन निर्माणका लागि बजेट अनुसार ठेक्का लगाउँदै जाने उनले जानकारी दिए । सुबिधायुक्त अस्पताल नहुँदा समस्या भएको भन्दै अस्पताल बनेपछि उपचारमा सहज हुने बताए ।आफूले अस्पताल निर्माणमा चास

    • प्रकाशित मितिः माघ ३, २०८१
    • 285 पटक पढिएको
  • सुनकोशी नदीमा अवैध बालुवा उत्खनन्, स्थानीय सरकारको बेवास्ता

    रामेछाप । सुनकोशी नदीमा आएको विनासकारी बाढीले पु¥याएको क्षतिको डोब बस्न नपाउँदै सुनकोशी नदीमा पुनः अवैध तरिकाले ढुङ्गा र बालुवा उत्खनन सुरु गरिएको छ । सिन्धुलीको सुनकोशी गाउँपालिका स्थित सुनकोशी नदीका क्रसर सञ्चालकहरूले डोजर प्रयोग गरेर अवैध तरिकाले ढुङ्गा र बालुवा उत्खनन गर्न सुरु गरेका हुन् । कानुनतः नदीको बालुवा डोजर प्रयोग गरेर निकाल्न पाइँदैन । त्यस माथि यस वर्ष बाढीले सुनकोशी नदी तटीय क्षेत्रमा ठुलो क्षति गरेको छ । आउने दिनमा नदीले गर्न सक्ने क्षतिको प्राविधिक अध्ययन नगरी धमाधम डोजर प्रयोग गरेर नदी भित्रको बालुवा निकाल्न लागिएको छ । गएको असोज ११ र १२ गतेको वर्षाले सुनकोशी

    • प्रकाशित मितिः माघ ३, २०८१
    • 225 पटक पढिएको
  • ध्रुवसँग गायिका मेलिना इन्गेज्ड

    काठमाडौँ । गायिका मेलिना राईले इलामका युवा ध्रुव गुरुङसँग इन्गेजमेन्ट गरेकी छन् । पारिवारिक स्रोतका अनुसार दुवैको वैवाहिक समारोह शुक्रबार हुँदैछ ।  वैवाहिक कार्यक्रम गोकर्णेश्वरस्थित हिमाली घर रिसोर्टमा हुनेछ ।मेलिना राईका ‘कुटुमा कुटु’,  ‘पिरेम नलाउनी’, ‘बैंसै बेइमानी’, ‘नाच फिरिरि‘’ लगायत थुप्रै नेपाली गीतहरू लोकप्रिय रहेका छन्।

    • प्रकाशित मितिः माघ ३, २०८१
    • 282 पटक पढिएको
  • सुनचाँदीको मूल्य बढ्यो

    काठमाडौँ ।अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा वृद्धि भएसँगै त्यसको प्रभाव स्थानीय बजारमा पनि परेको छ । आज अन्तराष्ट्रिय बजारमा एक आँैस सुनको मूल्य दुई हजार छ सय ९५ अमेरिकी डलर निर्धारण भएको छ ।स्थानीय बजारमा आज सूनको मूल्य अघिल्लो दिनका तुलनामा प्रतितोला रु एक हजार दुइ सयले वृद्धि भइ रु एक लाख ५६ हजार छ सय तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । बुधबार सोही परिमाणको पहेँलो धातु रु एक लाख ५५ हजार चार सयमा कारोबार भएको थियो  यसैगरी, चाँदीको मूल्य प्रतितोला रु ५० ले बढेर एक हजार आठ सय ८० पुगेको छ । बुधबार एक तोला चाँदी रु एक हजार आठ सय ३० मा किनबेच भएको थियो । 

    • प्रकाशित मितिः माघ ३, २०८१
    • 280 पटक पढिएको
  • हराए पोखराको सम्झना

    पोखरा । पोखरा नेपालको प्रमुख पर्यटकीय शहर, प्राकृतिक सौन्दर्य, तालतलैया र हिमशृङ्खलाको मनोरम दृश्यले पर्यटकलाई आकर्षित गर्ने गन्तव्यका रूपमा परिचित छ । यहाँ आउने पर्यटकहरू केबल मनोरञ्जनका लागि मात्र नभई आफ्नो यात्राको स्मरणका लागि विशेष उपहार खोज्ने गर्छन् । त्यस्तै पोखराको स्मरणीय उत्पादनमध्ये कुनै समय हातेतानबाट तयार गरिएको गलैँचा प्रख्यात थियो । यद्यपि, समयसँगै बढ्दो आयतित सामग्री र बजार व्यवस्थापनको अभावले आफ्नो मौलिकता बोकेको गलैँचाको बजार भने साँघुरिदै गएको छ । पोखरा महानगरपालिका–२ मोहरिया टोलका पसलहरुमा कुनै समय हातेतानबाट तयार गरिएका गलैँचाहरु प्रशस्त देखिन्थे तर अहिले एकाध पसल मा

    • प्रकाशित मितिः माघ ३, २०८१
    • 299 पटक पढिएको
  • पल शाहद्वारा महोत्सवमा मायावीको प्रचार

    काठमाडौं । नायक पल शाहलाई महोत्सवमा भ्याई नभ्याई छ । उनी हरेक दिनजसो महोत्सवमा नाचिरहेका हुन्छन् । उनले महोत्सवमा आफ्ना हिट गीतमा दर्शक झुमाइरहेका छन् ।तर, विगत केही दिनदेखि भने पललाई महोत्सवमा ‘मायाबी’ लागेको छ । फागुनको १४ गतेबाट रिलिजमा आउन लागेको यो फिल्मको प्रचारमा पल कुदिरहेका छन् । उनले, बेनीमा आयोजना भएको महोत्सवमा फिल्मको ‘टल टल’ बोलको गीत रिलिज गरेका थिए । उनी बारा पुगेर फेरि यही गीतमा दर्शकसँग झुमेका छन् । यतिमात्र होइन, पलले दर्शकलाई फिल्मको बिषयमा प्रश्न सोधे र टिसर्ट समेत उपहार दिए ।दर्शकहरु फिल्म हेर्नका लागि निकै आतुर रहेको पलको वुझाई छ । फिल्मप्रति दर्शकको बढ्दो उत्साहले आफू न

    • प्रकाशित मितिः माघ ३, २०८१
    • 162 पटक पढिएको
  • Esoul Media (P) Ltd.
  • सूचना तथा प्रशारण बिभाग दर्ता नं: २३१७/०७७-०७८
  • विज्ञापनका लागि सम्पर्क
  • Mb: 9852655454/9814072385
  • [email protected]
  • संवाददाता
  • दिपेन बिश्वकर्मा