समाचार

    Showing 9,281-9,290 of 25,689 items.
  • यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

    काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १४१ रुपैयाँ ७६ पैसा र बिक्रीदर १४२ रुपैयाँ ३६ पैसा निर्धारण गरिएको छ । हिजो अमेरिकी डलर एकको खरिददर १४१ रुपैयाँ ७८ पैसा र बिक्रीदर १४२ रुपैयाँ ३८ पैसा कायम थियो । युरोपियन युरो एकको खरिददर १६४ रुपैयाँ ६७ पैसा र बिक्रीदर १६५ रुपैयाँ ३७ पैसा रहेको छ । हिजो युरोपियन युरो एकको खरिददर १६४ रुपैयाँ ८८ पैसा र बिक्रीदर १६५ रुपैयाँ ५८ पैसा तोकिएको थियो । हिजोको अमेरिकी डलर र युरो दुवैको मूल्य घटेको छ । यसअघि, बिहीबार पनि बुधबारको तुलनामा अमेरिकी डलर र युरो दुवैको मूल्

    • प्रकाशित मितिः असोज २४, २०८२
    • 458 पटक पढिएको
  • आज २०८२ साल असोज २४ गते शुक्रबारको राशिफल

    मेष - आफन्तसँगको भेटघाटले मन प्रशन्न रहनेछ। स्वादिष्ट भोजनको अवसर प्राप्त हुनेछ। कृषि, व्यापार तथा व्यवसायमा प्रगतिका संकेत छन्। आत्मविश्वास र कार्यक्षमताको उपयोग गर्न सके सफल नतिजा मिल्नेछ। वृष - पारिवारिक वातावरणमा केही तनाव देखा पर्न सक्छ। अनावश्यक खर्चमा नियन्त्रण आवश्यक छ। नयाँ योजना वा लगानी अघि बढाउँदा विशेष सावधानी अपनाउनु उचित हुनेछ।मिथुन - चौतर्फी आम्दानीका अवसर प्राप्त हुनेछन्। कार्यक्षेत्रमा सफलता र प्रतिष्ठा दुवै बढ्नेछन्। पारिवारिक माहोल खुशनुमा रहनेछ र रमाइलो समय बित्ने सम्भावना छ।कर्कट - व्यवसाय विस्तारका साथै कार्यस्थलमा सम्मान वा पदोन्नतिको सम्भावना ब

    • प्रकाशित मितिः असोज २४, २०८२
    • 596 पटक पढिएको
  • आखेटोपहारसहित दुई जना पक्राउ

    काठमाडौं— तारकेश्वर नगरपालिका–८ शिव मन्दिर चोकबाट संरक्षित वन्यजन्तु सालकको खपटा जस्तो देखिने आखेटोपहार र सालकको छालासहित दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा नुवाकोटको ककनी गाउँपालिका–३ का २१ वर्षीय लिजोङ तामाङ र बेलकोटगढी नगरपालिका–१ का ३९ वर्षीय श्याम ढुङ्गाना रहेका छन् ।केन्द्रीय अनुसन्धान ब्युरोबाट खटिएको प्रहरी टोलीले करिब दुई किलोको उक्त आखेटोपहार लिएर हिँडिरहेको अवस्थामा आज उनीहरुलाई पक्राउ गरेको हो ।उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि डिभिजन वन कार्यालय हात्तीसार पठाइएको प्रहरीले जनाएको छ ।

    • प्रकाशित मितिः असोज २३, २०८२
    • 685 पटक पढिएको
  • सरकारले प्रचण्ड र केपी शर्मा ओलीको सुरक्षामा खटिएका सुरक्षाकर्मी फिर्ता बोलायो

    काठमाडौं—  सरकारले पूर्वप्रधानमन्त्रीहरू पुष्पकमल दाहाल प्रचण्ड र केपी शर्मा ओलीको सुरक्षामा खटिएका सुरक्षाकर्मी फिर्ता गरेको छ ।मापदण्डभन्दा बढी सुरक्षाकर्मी राखेको भन्दै सरकारले ओली र प्रचण्डको सुरक्षाकर्मी फिर्ता गरेको हो ।ओलीको २७ र प्रचण्डको ३४ जना सुरक्षाकर्मी फिर्ता गराउने गृहमन्त्रीस्तरीय निर्णय भएको गृह स्रोतले बताएको छ ।

    • प्रकाशित मितिः असोज २३, २०८२
    • 673 पटक पढिएको
  • जन्ती बोकेको जिप दुर्घटना हुँदा दुलहा-दुलहीसहित १२ जना घाइते

    सल्यान— जन्ती बोकेको जिप दुर्घटनामा हुँदा दुलहा-दुलहीसहित १२ जना घाइते भएका छन् । सल्यानको शारदा नगरपालिकाको भागाचौरबाट थापाचौर तर्फ जन्ती बोकेर जाँदै गरेको लु.प्र.०२९००१ ज.००२१ नम्बरको जिप ज्वालापुरमा अनियन्त्रित भई सडकदेखि २०० मिटर तल खसेको प्रहरीले जनाएको छ । दुर्घटनामा परी शारदा नगरपालिका-९ का चेतराम गिरी (दुलहा) र शारदा नगरपालिका-१० भागाचौरकी २० वर्षीया कमला गिरी (दुलही) सामान्य घाइते भएको रहेको प्रहरीले जनाएको छ । घाइते मध्ये शारदा नगरपालिका-१० भागाचौर बस्ने ६० वर्षीया गुमी कवर र सोही ठाउँकी १४ वर्षीया शोभा कवरको अवस्था गम्भीर रहेको छ । अन्य घाइतेहरूमा शारदा नगरपालिका-१० भागाचौ

    • प्रकाशित मितिः असोज २३, २०८२
    • 681 पटक पढिएको
  • सरकारले भूमि समस्या समाधान आयोग र सबै जिल्ला समिति खारेज

    काठमाडौं— सरकारले भूमि समस्या समाधान आयोग र सबै जिल्ला समितिहरू खारेज गर्ने निर्णय गरेको छ। बिहीबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले भूमि समस्या समाधान आयोग गठन आदेश २०८१ बमोजिम गठन भएको आयोग र सबै जिल्ला समितिहरू खारेज गर्ने निर्णय गरेको सरकारका प्रवक्ता तथा सञ्चारमन्त्री जगदीश खरेलले जानकारी दिए।यसअघिका सरकारले आयोगका नाममा देशभर सरकारी तथा सार्वजनिक जग्गा अतिक्रमणलाई वैधानिकता दिने प्रक्रिया अघि बढाएका थिए।कतिपय अतिक्रमित जग्गावापत नाम मात्रको राजस्व लिएर लालपुर्जा वितरण गर्ने योजना समेत सरकारले बनाएको थियो। 

    • प्रकाशित मितिः असोज २३, २०८२
    • 658 पटक पढिएको
  • मुलुकमा राजा र प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्रीको आवश्यकता छः लिङ्देन

    हेटौडा— राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले देशमा राष्ट्रपतिको ठाउँमा राजा र प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्रीको व्यवस्था गर्नुपर्ने आवश्यकता रहेको विचार व्यक्त गरेका छन् । राप्रपा मकवानपुरको आयोजनामा हेटौंडाको एभोकाडो होटलमा आयोजित भेटघाट तथा अगुवा कार्यकर्ता कार्यक्रममा बोल्दै लिङ्देनले यस्तो दृष्टिकोण प्रस्तुत गरेका हुन् । कार्यक्रममा अध्यक्ष लिङ्देनले लोकतन्त्रको प्रवृत्तिका रूपमा राजा र कार्यकारी प्रधानमन्त्रीको समावेशी व्यवस्था महत्वपूर्ण रहेको दाबी गरे । उनले भने, ‘राष्ट्रपतिको भूमिका तटस्थ रहनुपर्ने हो भने, देशलाई समृद्धि र प्र

    • प्रकाशित मितिः असोज २३, २०८२
    • 618 पटक पढिएको
  • कुलमानले गरे टियू क्रिकेट मैदानको अनुगमन, चाँडो काम सक्न निर्देशन

    काठमाडौं— भौतिक पूर्वाधार तथा यातायात, शहरी विकास र ऊर्जा मन्त्री कुलमान घिसिङले टियु क्रिकेट मैदानको अनुगमन गरेका छन् ।  बिहीबार मन्त्री घिसिङले किर्तिपुरस्थित टियू क्रिकेट मैदानको अनुगमन गरेका हुन् ।उक्त मैदानको अनुगमन गर्दै उनले टियु क्रिकेट मैदान राष्ट्रिय महत्वको कुरा भएको बताए । उनले यो नेपालको आवश्यकता भएकाले जुनसुकै सरकार आए पनि टियु क्रिकेट मैदानलाई प्राथमिकता दिएरै अगाडि लानुपर्ने बताए ।उनले  भने, ‘धेरै खेलको पूर्वाधारहरु बनाउनुपर्ने छ । अरुपनि पूर्वाधारहरुलाई हामीले प्राथमिकतामा राखेर काम गरिरहेका छौं । टियू क्रिकेट मैदान राष्ट्रिय महत्वको कुरा हो । यो नेपालको आवश्यकता हो

    • प्रकाशित मितिः असोज २३, २०८२
    • 729 पटक पढिएको
  • सर्लाहीमा लागुऔषधसहित एक युवक पक्राउ

    रौतहट— सर्लाही प्रहरीले लागुऔषध सहित एक युवकलाई पक्राउ गरेको छ । वागमती नगरपालिका–६ मा रहेका राधाकृष्ण मन्दिरस्थित बाँसघारीबाट प्रहरीले लागुऔषध सहित २८ बर्षीय जिवन घिसिङलाई पक्राउ गरेको हो ।  बा–प्र ०२–०३० प ५५७० नम्वरको मोटरसाइकललाई रोकेर प्रहरी चौकी राजघाटले खानतलासी गर्दा लागुऔषध फेला परेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता एवं डिएसपी सरोज राईले बताए । उनका अनुसार घिसिङले बोकेको कालो रंगको प्लाष्टिकको झोलामा ट्रामन–५० लेखिएको क्याप्सुल २१४ पिस, स्पासमोम लेखिएको क्याप्सुल २०० पिस, गाँजा २५ ग्राम, नेपाली रुपैया २५ सय ३०, मोवाइल एक थान र मोटरसाइकल एक थान सहित नियन्त्रणमा

    • प्रकाशित मितिः असोज २३, २०८२
    • 513 पटक पढिएको
  • बाजुरामा सडेको अवस्थामा फेला परेको शवको पहिचान खुल्यो

    बाजुरा— बाजुरामा सडेगलेको अवस्थामा भेटिएको वेवारिसे शवको पहिचान खुलेको छ । बुधबार बाजुराको हिमाली गाउँपालिका झुगलास्थि कर्णाली नदीमा उक्त शव फेला परेको थियो ।उक्त शव हुम्लाको चंखेली गाउँपालिका चार माथिल्लो पाली बस्ने हर्क बोहराकी अन्दाजी २० बर्षीया कर्मा बोहराको रहेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।  कर्मासंगै एक युवक केही दिनअघि घरबाट सम्पर्कविहीन भएका थिए । उनीहरु लामो समयदेखि प्रेम सम्बन्धमा रहेको बुझिएको छ । सोही गाउँका अन्दाजी २३ बर्षका हंस बुढाथोकीसँग कर्मा भागेकी थिइन् तर पछि दुवैजनाले सँगै कर्णाली नदीमा हाम फालेको बताइएको छ । त्यसवेला खवर गर्दा उनको कुनै खवर न

    • प्रकाशित मितिः असोज २३, २०८२
    • 586 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.