समाचार

    Showing 9,261-9,270 of 25,688 items.
  • हुम्लामा जिप दुर्घटना

    हुम्ला— हुम्लाको चंखेली गाउँपालिका–४ स्थित देशीखोलामा जिप दुर्घटना भएको छ । हुम्लाको मेल्छामबाट सुर्खेततर्फ जाँदै गरेको कर्णाली प्रदेश ०२–००१ च १०९१ नम्बरको डबल क्याब जिप आज बिहान करिब ११ बजे दुर्घटना भएको हो ।चंखेलीका बहादुर लामाले चलाएको जिप सडकबाट अन्दाजी तीन सय मिटर तल खसेको थियो। जिल्ला प्रहरी कार्यालय हुम्लाका इन्सपेक्टर एवम् सूचना अधिकारी जंगराज सिंहका अनुसार घाइतेहरुलाई उपचारका लागि नजिकको स्वास्थ्य चौकीमा पठाइएको छ ।घाइतेहरुमध्ये सिमकोट गाउँपालिका–८ कि बसन्ती रोकाया र अर्का एकजना युवक अचेत छन् । अन्य पाँच जनाको अवस्था मध्यम र दुई जनाको अवस्था सामान्य छ रहेको प्रहरीले बताएको छ ।

    • प्रकाशित मितिः असोज २४, २०८२
    • 620 पटक पढिएको
  • आज बस्ने भनिएको एमाले केन्द्रीय कमिटी बैठक स्थगित

    काठमाडौं— नेपाल कम्युनिष्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी बैठक सरेको छ । पार्टी केन्द्रीय कार्यालयका सचिव डा भीष्म अधिकारीले बैठकको तयारी नपुगेकाले बैठक सारिएको जानकारी दिए ।  उनका अनुसार बैठक यही असोज २९ देखि ३१ गते काठमाडौंमा बस्ने तय भएको छ । यसअघि बैठक यही असोज २७ देखि २९ गतेसम्म काठमाडौंमा तय गरिएको थियो ।  ललितपुर, च्यासलस्थित एमाले केन्द्रीय कार्यालय जेनजी आन्दोलनका कारणले आगजनी र तोडफोड भएको छ । आज बस्ने पार्टीको सचिवालय बैठकले केन्द्रीय कमिटी बैठकको कार्यसूची तय गर्नेछ । 

    • प्रकाशित मितिः असोज २४, २०८२
    • 539 पटक पढिएको
  • आज राष्ट्रपति पौडेल र राजनीतिक दलका नेताबीच छलफल हुँदै

    काठमाडौं— राष्ट्रपति रामचन्द्र पौडेलले आशन्न निर्वाचनलगायत विषयमा आज विघटित प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने राजनीतिक दलसँग छलफल गर्दै छन ।गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनपछि नयाँ सरकार गठन र प्रतिनिधिसभाको विघटन भई आगामी फागुन २१ गते निर्धारित निर्वाचनको मिति घोषणा भएको स्थितिमा राष्ट्रपति पौडेल र दलका नेताहरुबीच पहिलो पटक संवाद हुन लागेको हो । राष्ट्रपति कार्यालयका अनुसार छलफलमा प्रधानमन्त्री सुशीला कार्कीसहित राजनीतिक दलका अध्यक्षपछिको वरियतामा रहेका नेताहरु छलफलमा सहभागी हुने जनाइएको छ ।

    • प्रकाशित मितिः असोज २४, २०८२
    • 625 पटक पढिएको
  • सुनको मूल्यमा सामान्य गिरावट

    काठमाडौं— सुनको मूल्यमा आज सामान्य गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, बिहीबार दुई लाख ३९ हजार २ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज घटेर दुई लाख ३५ हजार रुपैयाँमा झरेको छ। यसअनुसार सुनको मूल्यमा प्रति तोला ४,२०० रुपैयाँको कमी आएको हो।चाँदीको मूल्य भने बढेको छ। बिहीबार तीन हजार २५ रुपैयाँमा कारोबार भएको चाँदी आज बढेर तीन हजार ८५ रुपैयाँ पुगेको महासंघले जनाएको छ।अन्तर्राष्ट्रिय बजारमा पनि सुनको मूल्य स्थिर देखिएको छ। आज एक औँस सुन तीन हजार ५८ अमेरिकी डलरमा कारोबार भइरहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्।

    • प्रकाशित मितिः असोज २४, २०८२
    • 690 पटक पढिएको
  • फरार कैदी पाँच वर्षपछि पक्राउ, सुन चोर्ने महिला समेत पक्राउ

    स्याङ्जा— पाँच वर्षदेखि फरार रहेका एक कैदीलाई स्याङ्जा प्रहरीले पक्राउ गरेको छ। गल्याङ नगरपालिका–५ बसोबास गर्ने श्यामबहादुर थापालाई प्रहरीले वैदेशिक रोजगारसम्बन्धी मुद्दामा समातेको हो।थापालाई २०७७ साउन १७ गते जिल्ला अदालतले चार दिन कैद र ११ लाख ५० हजार रुपैयाँ जरिवानाको सजाय सुनाएको थियो। फैसला पछि उनी फरार भएका थिए। स्याङ्जा प्रहरीको निरन्तर खोजीपछि उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका डीएसपी प्रसन्न राज चौधरीले जानकारी दिए।प्रहरीका अनुसार अदालतको फैसला कार्यान्वयनलाई प्रभावकारी बनाउन थापालाई पक्राउ गरिएको हो।यसैबीच, कास्कीको पोखरा–१७ विरौटामा भएको सुन चोरीको घटनामा संलग्न २८

    • प्रकाशित मितिः असोज २४, २०८२
    • 583 पटक पढिएको
  • शनिबार पनि राजस्व संकलनका लागि आरटीजीएस प्रणाली सञ्चालनमा

    काठमाडौं— राजस्व संकलनलाई सहज बनाउन शनिबार असोज २५ गते पनि आरटीजीएस (रियल टाइम ग्रस सेटलमेन्ट) प्रणाली सञ्चालनमा रहने भएको छ।नेपाल राष्ट्र बैंकको भुक्तानी प्रणाली विभागले बिहीबार सूचना जारी गर्दै, शनिबार बिहान ८ बजेदेखि राति ८ बजेसम्म राजस्व संकलन प्रयोजनका लागि यो प्रणाली खुला रहने जानकारी दिएको हो।शनिबार बन्द रहने आरटीजीएस प्रणाली विशेष आवश्यकता अनुसार सीमित समयका लागि सञ्चालनमा ल्याइएको हो। राजस्व तिर्नुपर्ने निकाय तथा सेवाग्राहीलाई समयमै सेवा उपलब्ध गराउने उद्देश्यले यो व्यवस्था गरिएको राष्ट्र बैंकले जनाएको छ।

    • प्रकाशित मितिः असोज २४, २०८२
    • 519 पटक पढिएको
  • नौ वर्षमा पनि बनेन चिस्यानगृह

    पर्वत । मोदी गाउँपालिका–२ देउपुरमा निर्माणाधीन चिस्यान गृह (कोल्ड स्टोर) विगत नौ वर्षदेखि अधुरो छ ।आर्थिक वर्ष ०७३/७४ मा रु पाँच करोडको लागतमा निर्माण सुरु भएको चिस्यानगृहले पूर्णताः पाउन नसकेको हो । बेमौसमी फलफूल र सागसब्जी ताजा राख्न चिस्यानगृह निर्माण थालिएको थियो । सरकारबाट पर्याप्त बजेट निकासा नहुँदा अलपत्र बनेको हो ।स्थानीय खेमबहादुर हमाल र बुद्धिकुमारी हमालको जग्गामा निर्माण थालिएको चिस्यानगृह एक तला बनेपछि अलपत्र अधुरो छ । हमाल दम्पतीका नाममा रहेको जग्गा रकम निकासा आएपछि भुक्तानी गर्ने सहमतिमा चिस्यानगृह निर्माण गर्ने सम्झौता भएर एकतल्ला निर्माण गरिए पनि अहिले अपूर्ण संरचना जीर्ण छ ।आफ

    • प्रकाशित मितिः असोज २४, २०८२
    • 225 पटक पढिएको
  • धादिङमा बस र टिपर ठोक्किँदा ११ जना घाइते

    धादिङ— धादिङको गल्छी गाउँपालिका–७, भल्टारमा बस र टिपर एकआपसमा ठोक्किँदा ११ जना यात्रु घाइते भएका छन्। पृथ्वी लोकमार्गमा शुक्रबार बिहान करिब ९ बजे भएको उक्त दुर्घटनामा बसमा सवार यात्रुहरू घाइते भएका हुन्।नेपालगञ्जबाट काठमाडौंतर्फ जाँदै गरेको लुप. ०१–००१ ख ०७६६ नम्बरको बस र विपरीत दिशाबाट आइरहेको ना ८ ख २५९१ नम्बरको टिपर एकआपसमा ठोक्किएका थिए।दुर्घटनापछि घाइतेहरूको उद्धार गरी स्मारिका फार्मेसी अस्पतालमा उपचारका लागि लगिएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रवक्ता डीएसपी प्रकाश दाहालले जानकारी दिए। उनका अनुसार घाइतेहरूको अवस्था सामान्य रहेका छन् ।प्रहरीले दुर्घटनाको कारणबारे थप अनुसन्धान गरिरहेको

    • प्रकाशित मितिः असोज २४, २०८२
    • 517 पटक पढिएको
  • हमासले छाड्न लागेका २० जनाको सूचीमा छैनन् विपिन जोशी

    काठमाडौँ । इजरायलसँग युद्धविराम सहमति भएसँगै हमासले मुक्त गराउन लागेको २० जना युद्धवन्दीको नामावली सार्वजनिक भएको छ। तर, यो नामावलीमा नेपालका विपिन जोशीको नाम भने समावेश छैन।इजरायलका लागि नेपाली राजदूत धनप्रसाद पण्डितले मुक्त हुने भनिएकाको सूचीमा विपिनको नाम नरहेको जानकारी दिए। उनका अनुसार सोमबारभित्र छाड्ने भनिएका २० जना जीवित व्यक्तिहरू सबै इजरायली नागरिकहरू छन्।अमेरिकाको पहलमा इजरायल र हमास दुई वर्षदेखिको युद्ध रोक्न विहीबार सहमत भएका थिए । त्यसको पहिलोचरणमा हमासको कब्जामा रहेका जीवित र मृतक गरी ५० जनालाई छाड्ने सहमति भएको थियो ।इजरायलको किवुत्ज शहरबाट हमासको कब्जामा परेका विपिनको अवस्था कस

    • प्रकाशित मितिः असोज २४, २०८२
    • 288 पटक पढिएको
  • सडक नखुल्दा जलजला पुग्न पाएनन् पर्यटक

    ढोरपाटन (बागलुङ), २४ असोज : अघिल्लो वर्ष दसैँमै आन्तरिक तथा बाह्य पर्यटक जलजला पुगेका थिए । यस वर्ष लामो वर्षा र सडक नखुल्दा अहिलेसम्म पर्यटक ढोरपाटन उपत्यका र बुकीपाटनबाटै फर्किने गरेका छन् । नेपालको एकमात्र सिकार आरक्ष ढोरपाटनमा पर्ने जलजला बागलुङ र म्याग्दी जिल्ला दुवैतिरबाट जोडिएको छ । नजिकैबाट यहाँका दर्जनौँ हिमशृङ्खला र सूर्योदयको अवलोकन गर्न सकिने हुँदा पर्यटकको आकर्षण बढ्दो छ ।पाँच वर्ष अगाडिसम्म जलजला ओझेलमै थियो । तर पछिल्लो समय तीव्र रूपमा प्रचारप्रसार हुँदा हिउँदयाममा पर्यटक यहाँ आउने गरेका छन् । ढोरपाटन उपत्यकादेखि करिब २२ किलोमिटर पश्चिममा पर्ने जलजलामा अघिल्लो वर्षमात्र सडक पुगे

    • प्रकाशित मितिः असोज २४, २०८२
    • 172 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.