काठमाडौं / प्रधानमन्त्री बालेन्द्र शाहसँग सुदूरपश्चिम प्रदेशबाट प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सांसदहरूले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भेटवार्ता गरेका छन् ।भेटका क्रममा सांसदहरूले सरकारले सुशासनका क्षेत्रमा गरेका कामको प्रशंसा गर्दै ती उपलब्धिबारे संसद्मार्फत जनतालाई जानकारी गराउने प्रतिबद्धता व्यक्त गरे । साथै, उनीहरूले आफ्ना निर्वाचन क्षेत्रसँग सम्बन्धित विभिन्न विकास आयोजना तथा स्थानीय समस्याबारे प्रधानमन्त्रीको ध्यानाकर्षण गराए । सांसदहरूले सुदूरपश्चिमका समस्या, राजनीतिक अवस्था र सम्भावनाबारे प्रधानमन्त्रीलाई जानकारी गराएका थिए ।
काठमाडौं / काठमाडौं महानगर प्रहरी बलले बजारमा उपलब्ध ग्याँस र वितरण प्रणालीको सहजताका लागि काम थालेको छ । लामो समयसम्म ग्याँस नपाएको, पहुँच हुनेले मात्र ग्याँस पाएको, विद्यार्थीहरुमा ग्याँसका पहुँच नभएको जस्ता गुनासा आउन थालेपछि ग्याँस डिपोमा भएको ग्याँस वितरण व्यवस्थापनका लागि प्रहरी बल सक्रिय भएको हो । ‘बजारमा उपलब्ध भएको ग्याँसलाई सन्तुलित वितरण मिलाउन हाम्रो भूमिका हुनेछ । डिपोहरुको अवस्था हेर्न पुगेका प्रहरी बलका प्रमुख वरिष्ठ नगर प्रहरी उपरीक्षक विष्णुप्रसाद जोशीले भने, ‘डिपोमा उपलब्ध ग्याँस वितरणमा सबैको पहुँच बढाउन हामी सहजीकरण गर्छौँ । सिलिण्डरको म्याद सकिने मिति, ग्याँसको त
काठमाडौं । विराटनगरका प्रतिष्ठित व्यवसायी बेनी गोपाल मुन्दडाको घरमा ५ घण्टासम्म छापा मारेर केही नभेटी फर्किएको प्रकरणमा मोरङका प्रहरी प्रमुख कवित कटवाललाई हेडक्वार्टरले २४ घण्टे स्पष्टीकरण मागेको छ ।प्रहरी प्रधान कार्यालयले मंगलवार मोरङका एसपी कटवालाई ९ बुँदे प्रश्नसहित स्पष्टीकरण मागेको हो । जिम्मेवारीमा लापरवाही,अधिकारको अनुचित प्रयोग,निर्णय प्रक्रियामा त्रुटी,व्यवसायिक आचरणजस्ता विषयमा प्रष्ट पार्न भन्दै प्रधान कायालयका एसएसपी योगेन्द्रसिंह थापाले हस्ताक्षर गरेर स्पष्टीकरणको पत्र पठाएका हुन् ।हेडक्वार्टरले मुन्दडाको घरमा प्रहरी परिचालन गर्ने निर्णय कुन सूचना वा विश्वसनीय गोप्य सूचनाको आधारम
काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले आज सुदूरपश्चिम प्रदेशबाट प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने पार्टीका सांसदहरूसँग छलफल गरेका छन्।प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बोलाएर पार्टीका सांसदहरूसँग छलफल गरेका हुन्।भेटका क्रममा सांसदहरूले सरकारले सुशासनका क्षेत्रमा गरेका कामको प्रशंसा गर्दै ती उपलब्धिबारे संसद्मार्फत जनतालाई जानकारी गराउने प्रतिबद्धता व्यक्त गरेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।उनीहरूले आफ्ना निर्वाचन क्षेत्रसँग सम्बन्धित विभिन्न विकास आयोजना तथा स्थानीय समस्याबारे प्रधानमन्त्रीको ध्यानाकर्षण गराए।सांसदहरूले सुदूरपश्चिमका समस्या, राजनीतिक अवस्था र सम्भावनाबारे प्
काठमाडौं । गोकर्णेश्वर नगरपालिका-४ स्थित नेपाल ट्रष्टको जग्गामा रास्वपा सांसद राजु पाण्डेको आदेशमा डोजर चलाइएको विषयमा नेपाली सेनाले सम्बन्धित निकायमा कुरा भइरहेको प्रारम्भिक प्रतिक्रिया जनाएको छ ।सैनिक प्रवक्ता सहायक रथी राजाराम बस्नेतले पर्खाल भत्काइएको विषयमा सम्बन्धित निकायसँग समन्वय भइरहेको बताए ।उनले भने, ‘त्यस विषयमा हाम्रो तर्फबाट जसले सम्बन्धित निकायमा कुरा गर्नुपर्ने हो, उहाँहरूले कुराकानी गरिरहनुभएको छ, त्यसपछि मात्रै अन्य प्रतिक्रिया दिन सकिन्छ ।’सैनिक अधिकारीको अनुरोध अस्वीकार गर्दै पाण्डेले हिजो त्यहाँ सेनाको संरक्षणमा रहेको उक्त क्षेत्रको पर्खाल डोजरले भत्काउन लगाएका थिए । त्यहा
काठमाडौँ। कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले राष्ट्रिय अनुसन्धान विभागलाई गृह मन्त्रालय मातहतको सट्टा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय मातहत राख्नु उचित हुने बताउनुभएको छ ।प्रतिनिधिसभाअन्तर्गत राज्य व्यवस्था तथा सुशासन समितिको आजको बैठकमा ‘नेपाल विशेष सेवा ऐन, २०४२ को साविकको व्यवस्था जगाउनेसम्बन्धी विधेयक, २०८३’ माथिको सैद्धान्तिक र दफाबार छलफलका क्रममा सांसदहरूले राखेको जिज्ञाशामा मन्त्री गौतमले उक्त धारणा व्यक्त गर्नुभएको हो । साविकको व्यवस्था जगाउनेसम्बन्धी विधेयकमा उक्त विभागलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय मातहत राख्ने व्यवस्था गरिएको छ ।गृह मन्त्
काठमाडौँ। मध्यपहाडी लोकमार्गबाट लोकमार्गअन्तर्गत सिन्धुली जिल्लाको फिक्कल गाउँपालिका–२ नवलपुर नजिक सुनकोशी नदीमा बेपत्ता तीन जना यात्रु र कारको खोजी कार्य आज पनि जारी रहेको छ ।सोमबार बिहान त्यसस्थानमा काठमाडौँबाट–ओलढुङ्गाको सिस्नेरीतर्फ गइरहेका बाप्र ०८–००१–ख ०१४४ नम्बरको यात्रुवाहक बसले ठक्कर दिँदा सडकमा रोकी रहेको कार करिब ५० मिटर तल नदीमा खसेर बेपत्ता भएको थियो ।उक्त दुर्घटनामा कारमा सवार सिन्धुपाल्चोक जुगल गाउँपालिका–७ का निर्माण व्यवसायी दिलबहादुर तामाङ, गोलन्जोर गाउँपालिका–१ का स्काभेटर चालक गणेश थापा र तीन पाटन गाउँपालिका–९ का स्काभेटरका सहचालक सुजन मगर कारसहित कोशीमा हराइरहेको प्रहरीले
बागमती । बागमती प्रदेशमा नयाँ सरकार गठनका लागि दलहरूले छलफललाई तीव्र तुल्याएका छन् ।सरकार गठनका लागि नेकपा (एमाले) र नेपाली कम्युनिष्ट पार्टी(नेकपा)बीच सत्ता साझेदारीका लागि सहमति भैसकेकाले अन्य दलसँग पनि छलफल अघि बढाइएको छ ।सरकार गठनका लागि राष्ट्रिय प्रजातन्त्र पार्टी, हाम्रो नेपाली पार्टी र नेपाल मजदुर किसान पार्टीसँग छलफल भइरहेको एमाले संसदीय दलका प्रमुख सचेतक एकालाल श्रेष्ठले जानकारी दिए । “सरकार गठनका लागि दलहरूसँग छलफल तीव्र रुपमा अघि बढेको छ”, उनले भने, “सरकार गठनको गतिरोध चाँडै नै अन्त्य गर्ने गरी छलफल अघि बढाइएको छ ।”नयाँ सरकार गठनको गतिरोध अन्त्य गर्न मुख्यमन्त्री इन्द्रबहादुर
काठमाडौं। प्रतिनिधिसभाको बैठकमा मंगलबार प्रधानमन्त्रीको विवादित अभिव्यक्ति, नवलपरासीको सुस्ता क्षेत्रमा भएको भनिएको सीमा अतिक्रमणको विषय तथा सुनसरीमा भएको पछिल्लो घटनालाई लिएर सत्ता पक्ष र प्रतिपक्षबीच तीव्र बहस भएको छ।बैठकको सुरुवातदेखि नै प्रतिपक्षी सांसदहरूले प्रधानमन्त्रीको सार्वजनिक अभिव्यक्तिमाथि आपत्ति जनाउँदै त्यसबारे सदनमा स्पष्ट जवाफ दिनुपर्ने माग गरेका थिए। उनीहरूले प्रधानमन्त्रीको भनाइले राजनीतिक विवाद सिर्जना गरेको र त्यसबारे सरकार मौन बस्न नहुने बताएका छन्।यस्तै, सुस्ता क्षेत्रमा भएको भनिएको सीमा अतिक्रमणको विषय उठाउँदै सांसदहरूले राष्ट्रिय सार्वभौमिकता र सीमा सुरक्षासँग सम्बन्धि
काठमाडौं। सुनसरीको देवानगञ्ज–३ कप्तानगञ्जमा साउन १० गते भएको दुई समुदायबीचको झडपका क्रममा प्रहरीको गोली लागेर घाइते भएका २१ वर्षीय रवीन्द्रकुमार मेहताको काठमाडौंस्थित शिक्षण अस्पतालमा उपचारका क्रममा मंगलबार बिहान मृत्यु भएको छ। बायाँ तिघ्रामा गोली लागेका रवीन्द्रको उपचारका क्रममा बायाँ खुट्टा काट्नुपरेको थियो। यसअघि सोही घटनामा देवानगञ्ज–४ का २५ वर्षीय ओमप्रकाश मेहताको घटनास्थलमै र देवानगञ्ज–३ का २२ वर्षीय जयप्रकाश मेहताको विराटनगरस्थित न्युरो अस्पतालमा उपचारका क्रममा मृत्यु भएको थियो। रवीन्द्रको निधनसँगै देवानगञ्ज गोलीकाण्डमा मात्रै मृतक संख्या तीन पुगेको छ।घटनामा घाइते भएका १८ वर्षीय अम
Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.