काठमाण्डौ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ । हाल देशभर आंशिक देखि साधारणतया बदली रहेको छ । सबै प्रदेशका एक\दुई स्थानमा मेघ गर्जन\चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षा भइरहेको छ ।आज दिउँसो देशभर आंशिक देखि साधारणतया बदली रहने छ। सबै प्रदेशका केही स्थानहरुमा मेघ गर्जन\चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। सबै प्रदेशका थोरै स्थानहरुमा भारी वर्षाको पनि सम्भावना रहेको छ ।आज राती देशभर आंशिक देखि साधारणतया बदली रहने छ। सबै प्रदेशका केही स्थानहरुमा मेघ गर्जन\चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना
नयाँदिल्ली— भारतको औपचारिक भ्रमणका क्रममा नयाँ दिल्लीमा रहेकी परराष्ट्रमन्त्री डा.आरजु राणा देउवा र भारतीय समकक्षी विदेशमन्त्री एस जयशङ्करबीच नयाँ दिल्लीमा भेटवार्ता भएको छ । सोमबार दिउँसो दुई समकक्षीबीच भेटवार्ता भएको हो । भारतीय विदेशमन्त्री एस जयशङ्करले मन्त्री डा.राणालाई स्वागत गरेका थिए । भेटका क्रममा द्विपक्षीय हित, नेपाल भारत सम्बन्धका विविध पक्ष, आपसी सहयोग आदानप्रदान र सहकार्यबारे छलफल भएको थियो । भारतीय विदेशमन्त्री एस जयशङ्करको निमन्त्रणामा मन्त्री डा. राणा भारतको औपचारिक भ्रमणका लागि आइतबार नयाँ दिल्ली पुगेकी हुन् । यो देउवा परराष्ट्रमन्त्री नियुक्त भएपछिको पहिलो वि
काठमाडौँ- विश्व फोटोग्राफी दिवस आज नेपालमा पनि विभिन्न कार्यक्रम गरि मनाइँदैछ । प्रत्येक वर्ष अगस्ट १९ तारिखमा यो दिवस मनाउने गरिन्छ । १ सय ८५ औँ विश्व फोटोग्राफी दिवस भएपनि नेपालमा भने सन् २०१० बाट मात्रै औपचारिक रुपमा यो दिवस मनाउन थालिएको हो । राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे नेपाल) ले आज ललितपुरको पाटन दरवार क्षेत्रमा जलवायु परिवर्तनसंग सम्बन्धित ‘ह्विइन माउन्टेन स्माइल’ विशेष फोटो प्रदर्शनीको आयोजना गरेको छ ।प्रदर्शनीमा ४० भन्दा बढी फोटो पत्रकारहरूले खिचेका ६० वटा हिमालसंग सम्बन्धित तस्वीरहरू राखिएको कार्यक्रम संयोजक तथा राष्ट्रिय फोटो पत्रकार समूह, नेपालका कार्यवाहक
धनगढी— सुदूरपश्चिम प्रदेश सरकारले बझाङमा पहिरोमा परी ज्यान गुमाएका मृतकका परिवारलाई प्रतिव्यक्ति एक लाखको दरले राहत दिने भएको छ । मुख्यमन्त्री कमलबहादुर शाहले घटनाप्रति दुःख व्यक्त गर्दै प्रदेश सरकारले राहत दिने घोषणा गरेका हुन् । यसैगरी, उनले घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गरेका छन् । गएराति अविरल वर्षाका कारण घरमा पहिरो खस्दा बुङ्गल नगरपालिका–१० स्थित एकै परिवारको चार जनाको ज्यान गएको छ । स्थानीय वीरबहादुर धामीको घरमाथि पहिरो खसेको हो । पहिरोमा पुरिएर धामीकी श्रीमती ५५ काली धामी, जेठी बुहारी २५ वर्षीया गोल्की, नातिनीहरू छ वर्षीया आकृति र तीन वर्षीया लक्ष्मी धामीको ज्यान गएक
बझाङको बुङ्गल नगरपालिका-१० स्थित टुमेडामा एक घरमाथिबाट पहिरो जाँदा घरभित्र च्यापिएका चार जनाको मृत्यु भएको छ । गयराति १ बजे एक्कासी घरमाथिबाट गएको पहिरो झरी पुरिएका काली धामी, गोल्की धामी, आसिका धामी, लक्ष्मी धामीको शव निकालिएको छ । स्थानीय र प्रहरी चौकी झापाको टोलीको सक्रियतामा बिहान ७:२० बजे चारै जना शव पुरिएको घरभित्रबाट निकालिएको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ। ९ जना सदस्य रहेको उक्त घरमाथि राति १ बजे खसेको पहिरोले घर क्षतविक्षत बनाएको छ। पहिरो जानेबित्तिकै गाउँलेको प्रयासले बिरा धामी , उज्जल धामी, रोसन धामी, कमला धामी, शान्ति धामी गरी ५ जनाको तत्काल जिवितै उद्धार
काठमाडौं- जाजरकोटमा पहिरोले पुरिएर एकै घरका तीन जनाको मृत्यु भएको छ । जिल्लाको नलगाड नगरपालिका वडा नम्बर-२ माझगाउँमा आइतबार राति स्थानीय लालबहादुर परियारको घर पहिरोले पुरिएको हो । घरमाथिबाट खसेको पहिरो अस्थायी टहरा पुरिँदा परियारका साथै उनकी श्रीमती ३४ वर्षीया मनीषा परियार र २ वर्षीय छोराको मृत्यु जाजरकोटका प्रमुख जिल्ला अधिकारी उमाकान्त अधिकारीले बताए । भूकम्पले घर भत्किएपछि परियारको परिवार अस्थायी टहरामा बस्दै आएका थिए ।
संखुवासभा— राष्ट्रपति महिला उत्थान कार्यक्रम अन्तर्गत दुर्गम क्षेत्रका ज्यान जोखिममा परेका गर्भवती तथा सुत्केरीको निःशुल्क हवाई उद्दारबाट धेरै महिलाको ज्यान जोगिएको छ । एक वर्षको अवधिमा संखुवासभा जिल्लाका १४ जना गर्भवती तथा सुत्केरी महिलाको हवाई उद्दार गरिएको छ ।आर्थिक बर्ष २०८०–०८१ मा १४ जना गर्भवती तथा सुत्केरीको हवाई उद्दार गरिएको जिल्ला स्वास्थ्य कार्यालय संखुवासभाकी पब्लिक हेल्थ नर्स अधिकृत भवानी तिम्सिनाले बताइन् ।एक बर्षको अवधिमा ज्यान जोखिममा परेका १४ जना गर्भवती,प्रसुती,सुत्केरी तथा नवजात शिशुहरुलाई राष्ट्रपति महिला उत्थान कार्यक्रम अन्तर्गत हवाई उद्दार गरिएको पब्लिक हेल्थ नर्स अधिकृत
म्याग्दी— मालिका गाउँपालिकामा एक महिलाको विभत्स हत्या भएको छ । मालिका गाउँपालिका–३ डाँडागाउँस्थित गलकोटमा स्थानीय ३५ वर्षीय दलविर श्रीपालीले धारिलो हतियार प्रहार गरी छिमेकी ४३ वर्षीया बिनाकुमारी बिकको हत्या गरेको जिल्ला प्रहरी कार्यालय म्याग्दीका सूचना अधिकारी राजन रायमाझीले जानकारी दिए । उनका अनुसार आइतबार साँझ पौने ७ बजे दलबिरको हतियार प्रहारबाट गम्भीर बिनाकुमारीको घटनास्थलमै मृत्यु भएको हो । घटनास्थलमा बन्चरो, दाउ र हँसिया फेला परेको छ ।प्रहरीले घटनास्थलको मुचुल्का तयार पारी शव पोष्टमार्टमका लागि बेनी अस्पताल र फरार अभियुक्तलाई पक्राउ गरी बेनी ल्याएको छ ।मृतक बिनाकुमारीको टाउको लगायत श
काठमाण्डौ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार देशभर आंशिक देखि साधारणतया बदली रहने छ। गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरू तथा कोशी, बागमती, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरू र बाँकी प्रदेशका एक\दुई स्थानमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भैरहेको छ। आज दिउँसो देशभर साधारणतया बदली रहने छ। बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका धेरै स्थानहरू तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन\चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहे
मोरङ । मोरङको कानेपोखरी गाउँपालिका-७ र उदयपुरको बेलका नगरपालिका-३ बाट सालकको खपेटा सहित ५ जना लाई प्रहरीले पक्राउ गरेको छ ।शनिबार दिउँसो मोरङको बेलवारीबाट पथरीतर्फ आउदै गरेको प्र.१-०२-०५२ प ११६७ नम्बरको मोटरसाईकललाई इलाका प्रहरी कार्यालय पथरीबाट खटिएको प्रहरी टोलीले चेकजाँच गर्दा मोटरसाईकल चालक रंगेली नगरपालिका-१ का ४५ बर्षीय गगन कुमार गच्छेदार र मोटरसाईकल पछाडी सवार सप्तरी कंञ्चनपुरका ३५ बर्षीय बासु देव सरदारले बोकेको झोला भित्रबाट ८५० ग्राम सालकको खपेटा फेला पारी दुबै जनालाई नियन्त्रणमा लिई लिईएको थियो । नियन्त्रणमा लिएका उनिहरुको थप अनुसन्धान गर्ने क्रममा उदयपुरको बे
Copyright © 2021 / 2024 / Esoul Media (P) Ltd. / All Rights Reserved.