समाचार

    Showing 721-730 of 18,963 items.
  • यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

    काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । अमेरिकी डलर एकको खरिददर १४३ रुपैयाँ ६८ पैसा र बिक्रीदर १४४ रुपैयाँ २८ पैसा निर्धारण गरिएको छ । युरो एकको खरिददर १६७ रुपैयाँ २८ पैसा र बिक्रीदर १६७ रुपैयाँ ९८ पैसा, युके पाउण्ड स्टर्लिङ एकको खरिददर १९१ रुपैयाँ ५३ पैसा र बिक्रीदर १९२ रुपैयाँ ३३ पैसा, स्वीस फ्रयांक एकको खरिददर १७८ रुपैयाँ ५७ पैसा र बिक्रीदर १७९ रुपैयाँ ३२ पैसा कायम गरिएको छ । अष्ट्रेलियन डलर एकको खरिददर ९५ रुपैयाँ ४० पैसा र बिक्रीदर ९५ रुपैयाँ ८० पैसा, क्यानेडियन डलर एकको खरिददर १०४ रुपैयाँ र बिक्रीदर १०४ रुपैयाँ ४३ पैसा, सिङ्गापुर डलर एक

    • प्रकाशित मितिः मंसिर २२, २०८२
    • 140 पटक पढिएको
  • आज २०८२ साल मंसिर २२ गते सोमबारको राशिफल

    मेष - Aries(चु, चे, चो, ला, लि, लु, ले, लो, अ)अवसर प्राप्त भए पनि परिस्थिति सोचेजस्तो अनुकूल नहुन सक्छ। हडबडीले काम बिग्रन सक्छ। आफ्ना कमजोरीमाथि टिप्पणी हुन सक्छ। शुभचिन्तकहरूको मनोभाव विचार गरेर अघि बढ्नुहोला। दोहोर्याएर प्रयास गर्दा रोकिएकाे काम बन्नेछ। साथीभाइको सहयोग जुट्नाले उत्साह थपिनेछ। दीर्घकालीन महत्त्वका काममा निर्णय लिन हतार नगर्नुहोला।वृष - Taurus(इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)हिम्मतले काम बन्नेछ। लगनशीलताले जीवनशैलीमा परिवर्तन ल्याउन सक्छ। छोटो समयमा उपलब्धि हातलागी हुनेछ। स्रोत-साधन जुट्नाले गरिएका कर्मको उचित प्रतिफल प्राप्त हुनेछ। मिहिनेतले दैनिकीमा परिवर्तन आउनेछ। रोकिएका क

    • प्रकाशित मितिः मंसिर २२, २०८२
    • 298 पटक पढिएको
  • सिंहदरबारको अवलोकनमा पूर्वराष्ट्रपति भण्डारी, छिट्टै पुनर्निर्माण गर्न सुझाव

    काठमाडौं— जेनजी आन्दोलनका क्रममा आगलागी र तोडफोडबाट क्षतिग्रस्त बनेको सिंहदरबार परिसरको पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी र सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले आइतबार अवलोकन गरेका छन् ।सिंहदरबारको भौतिक अवस्था निरीक्षणपछि पूर्वराष्ट्रपति भण्डारीले घटनाप्रति गहिरो दुःख व्यक्त गर्दै यस्तो संवेदनशील सरकारी संरचनामा भएको क्षति नेपाली जनताका लागि दुखद भएको बताइन् ।उनले भनिन्, ‘भदौ २४ गते भएको घटनामा सरकारी भवनहरूमा तोडफोड, आगजनी र लुटपाटजस्ता गतिविधि भए । सिंहदरबारको अवस्था परिवर्तन भएको देख्दा धेरै दुःख लाग्यो । नेपाल सरकारले छिट्टै पुनर्निर्माण गरी पुरानै अवस्थामा ल्याउनेछ भन्ने आशा गर्

    • प्रकाशित मितिः मंसिर २१, २०८२
    • 421 पटक पढिएको
  • २१.४८ अंक घट्यो नेप्से, कारोबार रकममा सामान्य सुधार

    काठमाडौं— साताको पहिलो कारोबार दिन नेप्से परिसूचकमा २१.४८ अंकको गिरावट आएको छ । नेप्सेमा गिरावट आएसँगै यसदिन नेप्से २६०९.६९ विन्दुमा झरेर रोकिएको छ । यसदिन सेन्सेटिभ इण्डेक्स २.७० अंक, फ्लोट इण्डेक्स १.५७ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १.१४ अंक घटेका छन् ।अघिल्लो कारोबार दिन ५ अर्ब २३ करोड ५६ लाख ९९ हजार रुपैयाँबराबरको १ करोड ८ लाख ७३ हजार कित्ता शेयर खरिदबिक्री भएको बजारमा यसदिन ३२५ स्टकको ५ अर्ब ३३ करोड ४४ लाख १५ हजार रुपैयाँको १ करोड ७१ लाख ८६ हजार कित्ता शेयर कारोबार भएको छ । कुल ८९ हजार ७३१ पटकको किनबेचमा उक्त कारोबार भएको हो ।आजको कारोबारमा ४६ कम्पनीको शेयर मूल्य बढेको छ भने २०४ कम्पनीको

    • प्रकाशित मितिः मंसिर २१, २०८२
    • 392 पटक पढिएको
  • एनपीएलः कर्णाली याक्स जनकपुर बोल्ट्सविरुद्ध पहिला ब्याटिङ गर्ने

    काठमाडौं— दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज लिग चरणको अन्तिम खेलमा कर्णाली याक्सले जनकपुर बोल्ट्सविरुद्ध पहिला ब्याटिङ गर्ने भएको छ । आइतबार कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तरराष्ट्रिय क्रिकेट रङ्गशालामा हुने खेलमा जनकपुर बोल्ट्सले टस जितेर पहिला बलिङ गर्ने निर्णय गरेको हो । छ खेलबाट समान दुई अङ्क जोडेका यी दुवै टोली प्रतियोगिताबाट बाहिरिसकेका छन् भने आज प्रतिष्ठाका लागि मात्र खेल्दैछन्। 

    • प्रकाशित मितिः मंसिर २१, २०८२
    • 419 पटक पढिएको
  • गगन थापामाथि छानविन गर्न खगेन्द्र सुनारको माग

    काठमाडौं— हाम्रो पार्टी नेपालका अध्यक्ष खगेन्द्र सुनारले गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनमा कांग्रेका पार्टी कार्यालयदेखि नेताको घर जलाउने नेतृत्व गगन थापाले गरेको आरोप लगाएका छन् । आइतबार नख्खु कारागार पुगेर राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई भेटेपछि सञ्चारकर्मीहरुसँगको कुराकानीमा उनल जेनजी आन्दोलमा कांग्रेका पार्टी कार्यालयदेखि नेताको घर जलाउने नेतृत्व गगन थापाले गरेको आरोप लगाउँदै उनीमाथि छानविन गर्नुपर्ने बताए । उनले भने,‘रवि लामिछानेविरुद्ध राजनीतिक प्रतिशोध राखेर गगन थापा, शेरबहादुर देउवा, आरजु राणालगायतले स्क्रिप्ट लेखेर फसाएका हुन् । जेननी आन्

    • प्रकाशित मितिः मंसिर २१, २०८२
    • 421 पटक पढिएको
  • समतामूलक समृद्धिका लागि नयाँ राजनीतिक मोडेल आवश्यक छः बस्नेत

    धनगढी— गतिशील लोकतान्त्रिक पार्टीका केन्द्रीय सदस्य वीरेन्द्र बहादुर बस्नेतले देशलाई समतामूलक समृद्धितर्फ उन्मुख गराउन ‘एजेन्डा–आधारित राजनीति’ अपरिहार्य भएको बताएका छन् ।धनगढीमा आयोजित ‘उडान एवं कनेक्टिभिटी तथा जलस्रोतको अपार सम्भावना’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै बस्नेतले वर्तमान शासकीय पद्धतिले जनताको अपेक्षाअनुसार काम गर्न नसकेको कारण निराशा बढेको र नयाँ राजनीतिक अभ्यास आवश्यक परेको बताएका हुन् ।बस्नेतले पार्टीले सातवटा मुख्य एजेन्डा सार्वजनिक गरिसकेको उल्लेख गर्दै ती नै देशको समतामूलक समृद्धिको आधार हुने दाबी गरे ।उनका अनुसार ती एजेन्डामा सुशासन र भ्रष्टाचार शून्यको लक्ष्य, संघीयत

    • प्रकाशित मितिः मंसिर २१, २०८२
    • 389 पटक पढिएको
  • नवनियुक्त मुख्यमन्त्री यादवद्वारा पदभार ग्रहण, सुशासन कायम गर्ने पहिलो निर्णय

    जनकपुर— मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्री कृष्णा यादवले पदभार ग्रहण गरेका छन् ।आइतबार पद तथा गोपनियताको सपथ लिए लगत्तै मुख्यमन्त्री यादवले पदभार ग्रहण गरेका हुन् । पदभार ग्रहण गर्दै उनले प्रदेशमा सुशासन कायम गर्ने र प्रदेशमातहतबाट हुने सम्पूर्ण सरकारी कामकाज छिटो र छरितो बनाउने निर्णय गरेका छन् ।सो क्रममा सञ्चारकर्मीहरुसंग कुरा गर्दै मुख्यमन्त्री यादवले अहिलेको प्रदेश सरकारले स्थिरता पाउनेमा आफू विश्वस्त रहेको धारणा राखे । उनले सात दलीय गठबन्धन मजबुत रहेको बताए । प्रतिपक्षका सांसदहरुले पनि आफूसंग सहकार्य गर्ने आशा रहेको मुख्यमन्त्री यादवको भनाई थियो । त्यस्तै, उनले मन्त्रिपरिषद् थप विस

    • प्रकाशित मितिः मंसिर २१, २०८२
    • 378 पटक पढिएको
  • रवि लामिछानेलाई भेट्न हाम्रो पार्टी नेपालका अध्यक्ष खगेन्द्र सुनार नख्खु कारागारमा

    काठमाडौं— हाम्रो पार्टी नेपालका अध्यक्ष खगेन्द्र सुनार आइतबार नख्खु कारागार पुगेर सहकारी मुद्दामा मुछिएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई भेटेका छन्।लामिछानेलाई भेट्न पुगेका सुनारसँगै हालै रास्वपामा प्रवेश गरेका नेपाल प्रहरीका पूर्व एआईजी विश्व पोख्रेल पनि उपस्थित रहेको स्रोतले जनाएको छ। भेटमा पछिल्लो राजनीतिक परिस्थिति र लामिछानेविरुद्ध चलिरहेको मुद्दासम्बन्धी विषयमा छलफल भएको बताइन्छ।सहकारी ठगी प्रकरणमा अनुसन्धान भइरहेका कारण लामिछाने अहिले नख्खु कारागारमा रहेका छन्।

    • प्रकाशित मितिः मंसिर २१, २०८२
    • 417 पटक पढिएको
  • अख्तियारमा ५ पूर्वमन्त्रीविरुद्ध मुद्दा

    काठमाण्डौ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा भएको भ्रष्टाचारसम्बन्धी मुद्दा दायर गर्ने निर्णय गरेको छ। दर्ता हुने क्रममा रहेको मुद्दाको मिसिलमा ८ अर्ब बिगो दाबी गरिएको छ।अख्तियारले तत्कालीन मन्त्रीहरू डा. रामशरण महत, पोष्टबहादुर बोगटी, रामकुमार श्रेष्ठ,भीम आचार्य र दिपक अमात्यलाई विपक्षी बनाएको छ। त्यस्तै १० जना तत्कालीन सचिवहरुलाई पनि विपक्षी बनाइएको छ।संसदीय छानविन समितिले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको क्रममा १० अर्ब भ्रष्टाचार भएको निष्कर्ष निकाल्दै कारबाहीका लागि अख्तियारलाई सिफारिस गरेको थियो। संसदीय छानविन समितिको सिफारिसअनुसार छानव

    • प्रकाशित मितिः मंसिर २१, २०८२
    • 109 पटक पढिएको
  • Esoul Media (P) Ltd.
  • सूचना तथा प्रशारण बिभाग दर्ता नं: २३१७/०७७-०७८
  • विज्ञापनका लागि सम्पर्क
  • Mb: 9852655454/9814072385
  • [email protected]
  • संवाददाता
  • दिपेन बिश्वकर्मा