समाचार

    Showing 7,201-7,210 of 25,610 items.
  • उदयपुरमा ६० जना अपाङ्गता भएका व्यक्तिलाई न्यानो ब्ल्याङ्केट वितरण

    उदयपुर— चौदण्डीगढी नगरपालिकाले नगरभित्रका अपाङ्गता भएका व्यक्तिहरूलाई न्यानो ब्ल्याङ्केट वितरण गरेको छ। बिहीबार आयोजित कार्यक्रममा नगर क्षेत्रका ६० जना अपाङ्गता भएका नागरिकले न्यानो कपडा स्वरूप ब्ल्याङ्केट प्राप्त गरेका हुन्।नगरपालिकाको एक लाख रूपैयाँ सहयोगमा “चौदण्डीगढी अपाङ्गता सेवा संस्था” ले उक्त न्यानो ब्ल्याङ्केट  वितरण कार्यक्रम सञ्चालन गरेको संस्थाका सचिव पुरुषोत्तम अधिकारीले जानकारी दिए। नगरका दसैँ वडाबाट ६/६ जना गरी छनोट भएका अति विपन्न तथा अपाङ्गता भएका व्यक्तिहरूलाई ब्ल्याङ्केट उपलब्ध गराइएको संस्थाका अध्यक्ष भूपाल पौडेलले बताए।कार्यक्रममा ब्ल्याङ्केट हस्तान्तरण गर्दै उपप्रमुख

    • प्रकाशित मितिः मंसिर २६, २०८२
    • 459 पटक पढिएको
  • पाल्पामा यात्रु झार्ने क्रममा जीप दुर्घटना हुँदा ३ जनाको मृत्यु

    पाल्पा— नवलपरासीको अरुणखोलाबाट पाल्पाको रामपुरतर्फ आउँदै गरेको लु १ ज ३९०८ नम्बरको फोर्स जीप पाल्पाको निस्दी–४ मित्याल चिउरेबास नजिक दुर्घटनामा परेको छ। यात्रुलाई ओराल्न एकल फुक्सीमा रोकिएको जीप अचानक चिप्लिएर करिब ५०० मिटर तल खोल्सोतिर खसेको स्थानीयले बताएका छन्।लेकबेसी यातायातको उक्त जीप दुर्घटनामा तीन जनाको मृत्यु भएको प्रारम्भिक जानकारी आएको प्रहरीको भनाइ छ । मृतकहरूको पहिचान खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ।दुर्घटनापछि जीपको छतबाट हाम फालेका घाइतेलाई निस्दी गाउँपालिकाको गाडीमार्फत उपचारका लागि अरुणखोला लगिएको छ। जीप धेरै तल खसेकाले उद्धार कार्य अझै चलिरहेको स्थानीयको भनाइ छ।मित्याल प्र

    • प्रकाशित मितिः मंसिर २६, २०८२
    • 427 पटक पढिएको
  • कारागारबाट फरार लागुऔषध मुद्दाका थुनुवा सुन्दरहरैँचामा समातिए

    विराटनगर— झुम्का कारागारबाट फरार भएका लागुऔषध मुद्दाका थुनुवा अजित श्रेष्ठलाई मोरङ प्रहरीले सुन्दरहरैँचास्थित उनको घरमै गएर पक्राउ गरेको छ।सुन्दरहरैँचा–६ का ३१ वर्षीय श्रेष्ठलाई लागुऔषधसम्बन्धी मुद्दामा जिल्ला अदालत सुनसरीले थुनामा राखेर पुर्पक्षका लागि आदेश जारी गरेको थियो। सोही आदेशअनुसार उनलाई गत असार ३१ गते झुम्का कारागार चलान गरिएको थियो।जेनजी आन्दोलनको बेला उत्पन्न अव्यवस्थाको मौका छोप्दै उनी भदौ २४ गते कारागारबाट भाग्न सफल भएका थिए। फरार भएपछि लुकिछिपी बसिरहेको भन्ने विशेष सूचनाका आधारमा प्रहरीले श्रेष्ठलाई घरमै घेराबन्दी गरी पक्राउ गरेको हो।उनीलाई पक्राउपछि पुनः कारागारको जिम्मा लगाइएक

    • प्रकाशित मितिः मंसिर २६, २०८२
    • 472 पटक पढिएको
  • ट्रक र कार ठोक्किँदा वृद्धको मृत्यु

    रौतहट— पूर्व–पश्चिम राजमार्गअन्तर्गत रौतहटको चन्द्रनिगाहपुरमा बाराको निजगढबाट चन्द्रनिगाहपुरतर्फ आउँदै गरेको ट्रक र कार एकापसमा ठोक्किँदा ७९ वर्षीय वृद्धको मृत्यु भएको छ ।बिहान चन्द्रपुर नगरपालिका–४ स्थित पूर्व–पश्चिम राजमार्गको पश्चिम पहिलो लच्कानजिकै पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको बाप्र ०३–००१ ख ११४८ नम्बरको ट्रकमा विपरीत दिशातर्फ आउँदै गरेको बा ३ च ६१९३ नंको कारसँग ठोक्किँदा वृद्धको मृत्यु भएको हो ।मृत्यु हुनेमा बाराको निजगढ नगरपालिका–३ सिगौल बस्ने भक्तबहादुर खत्री रहेको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका प्रहरी नायव उपरीक्षक रुपा लाबुङले जानकारी दिइन् । दुर्घटनामा परी कार चालक दि

    • प्रकाशित मितिः मंसिर २६, २०८२
    • 461 पटक पढिएको
  • डेढ महिनादेखि हराइरहेका टेकबहादुर वलीको कंकाल जंगलमा फेला

    सल्यान— मेला हेर्न घरबाट निस्किएपछि बेपत्ता भएका बाग्चौर नगरपालिका–४ पानीखानाका ३६ वर्षीय टेकबहादुर वलीको डेढ महिनापछि कंकाल अवस्थामा शव भेटिएको छ।कात्तिक १४ गते दार्मा गाउँपालिका–५ त्रिबेणीमा लाग्ने मेला हेर्न निस्किएका वली त्यसदिनपछि घर फर्किएनन्। निरन्तर खोजी भइरहे पनि उनको अत्तो–पत्तो नलागेको परिवार र प्रहरीले जनाउँदै आएका थिए।वलीको कंकाल सल्यान–रुकुम सीमा नजिक, रुकुमको त्रिबेणी गाउँपालिका–३ झन्डा हान्ने वरिपरि रहेको जंगलमा भेटिएको बाग्चौर–४ का वडाध्यक्ष कृष्णबहादुर बस्नेतले जानकारी दिए। भेटिएको शवसँगै रहेको कपडा, गलबन्दी तथा पर्समा रहेका कागजातका आधारमा शव वलीकै भएको पुष्टि गरिएको छ।वडाध्

    • प्रकाशित मितिः मंसिर २६, २०८२
    • 394 पटक पढिएको
  • बयोधा अस्पतालले मृतक प्रभिसन राईको परिवारलाई आजीवन निःशुल्क उपचार उपलब्ध गराउने

    काठमाडौं— बयोधा अस्पतालले मृतक प्रभिसन राईको परिवारलाई आजीवन निःशुल्क उपचार उपलब्ध गराउने भएको छ।उपचारका क्रममा निधन भएका राईको परिवारका चार जना सदस्यलाई आजीवन निःशुल्क उपचार उपलब्ध गराउने अस्पतालले जनाएको छ। खोटाङको केपिलागढी गाउँपालिका वडा नं ४ का प्रभिसन राईको यही मंसिर २३ गते उपचारका क्रममा निधन भएको थियो।उनको निधनपछि विभिन्न राजनीतिक व्यक्ति, समाजसेवी, परिवार र अस्पताल प्रशासनबीच भएको छलफलबाट उक्त निर्णय भएको हो।निर्णय अनुसार मृतकका बुवा राम कुमार राई, रस्ना राई, अलिशा राई र प्रसन राईलाई उपचार कार्ड उपलब्ध गराई निःशुल्क उपचारको व्यवस्था गरिएको अस्पतालले जनाएको छ। साथै काठमाडौंदेखि खोटाङसम

    • प्रकाशित मितिः मंसिर २६, २०८२
    • 444 पटक पढिएको
  • पर्यटन प्रवर्द्धन गर्न इलाममा ‘रेडपाण्डा म्याराथन’

    फिक्कल। पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले आगामी पुस १ गते इलाममा ‘रेडपाण्डा म्याराथन’ प्रतियोगिता हुने भएको छ । इलाम सदरमुकामदेखि नेपाल–भारत सीमाक्षेत्र सन्दकपुर डाँडासम्मको म्याराथन गर्न लागिएको आयोजक दीपज्योति युवा क्लबका कार्यक्रम निर्देशक राम रिमालले जानकारी दिनुभयो । रेडपाण्डा नेटवर्क र सन्दकपुर गाउँपालिकाको सहकार्यमा  सो प्रतियोगिता आयोजना गर्न लागेको हो । पुरुष र महिलातर्पका म्याराथनअन्तर्गत धावकहरु इलाम सदरमुकामस्थित चोक बजार (११२० मिटर उचाइ) बाट सन्दकपुर डाँडा (३६१० मिटर उचाइ) सम्म ४४.२ किलोमिटर दूरीमा दोडनेछन् । प्रतियोगितामा नेपाली सेना, सशस्त्र प्रहरीबल, नेपाल प्रहर

    • प्रकाशित मितिः मंसिर २६, २०८२
    • 288 पटक पढिएको
  • प्रतिबन्धित मुङ्ग्री माछा नष्ट

    सिरहा। नेपाल प्रहरीले भारतबाट अवैध रूपमा ल्याइएका प्रतिबन्धित मुङ्ग्री जातका करिब १०० केजी माछा बरामद गरी नष्ट गरेको छ । विशेष सूचनाका आधारमा प्रहरीले यहाँस्थित गोलबजार–धनगढी सीमाक्षेत्रको गागन खोलाबाट बिहीबार उक्त माछा नियन्त्रणमा लिएर नष्ट गरेको हो । इलाका प्रहरी कार्यालय गोलबजारका प्रमुख तथा प्रहरी निरीक्षक सुदन केसीका अनुसार माछासहित एक मोटरसाइकल बरामद गरिएको छ । बरामद गरिएको माछा गोलबजार–८ चोहर्वाका राजा सहनीको भएको उहाँले बताउनुभयो । सहनीले दैनिक रूपमा करिब आधा दर्जन मोटरसाइकल प्रयोग गरी भारतबाट प्रतिबन्धित मुङ्ग्री तथा जलकपुर जातका माछा ल्याई लहान, धनगढी, गोलबजार, मिर्चैया, वि

    • प्रकाशित मितिः मंसिर २६, २०८२
    • 262 पटक पढिएको
  • नागढुङ्गा मलेखु सडकखण्ड : शुक्रबार र शनिबार आंशिक बन्द नहुने

    मलेखु। दैनिक पाँच घण्टा आंशिक बन्द गरेर स्तरोन्नति भइरहेको नागढुङ्गा मलेखु सडकखण्ड आज र भोलि (शुक्रबार र शनिबार)का लागि खुला गरिएको छ ।नेकपा (एमाले)को ११औँ केन्द्रीय महाधिवेशन उद्घाटन सत्रलाई ख्याल गर्दै सो सडकमा आवतजावत नरोकिएको हो ।  नागढुङ्गा–मुग्लिन सडक आयोजनाले यही मङ्सिर २४ गतेबाट आंशिक बन्द गरेर काम गरिरहेको छ ।  दुई दिनका लागि बन्द सडक बन्द नगरिने आयोजनाले जनाएको छ ।  त्यसपछि भने कार्यतालिकाअनुसार तोकिएको समयमा सडक बन्द गरेर काम गरिने नागढुङ्गा–मुग्लिन सडक योजना पूर्वी खण्डका प्रमुख केशवप्रसाद ओझाले जानकारी दिनुभयो ।उहाँले भन्नुभयोे ,“स्तरोन्नतिलाई तीव्रता दिन धादिङ र का

    • प्रकाशित मितिः मंसिर २६, २०८२
    • 313 पटक पढिएको
  • शंखमूल क्षेत्रका अवैध संरचना हटाउन तयारी, करिब ५ सय टहरा जोखिममा

    काठमाडौं— काठमाडौं महानगरपालिकाले शंखमूल पुलदेखि भीएस निकेतन क्षेत्रसम्म फैलिएको अवैध घर–टहरामाथि कडाइका साथ कारबाही प्रक्रिया अघि बढाएको छ। कामपाले सार्वजनिक सूचना जारी गर्दै ३ दिनभित्र आफ्नै खर्चमा संरचना भत्काउन घरधनीलाई निर्देशन दिएको हो। प्रारम्भिक आँकलनअनुसार करिब ५ सयभन्दा बढी स्थायी तथा अस्थायी संरचना रहेका छन्।कामपा प्रहरी प्रमुख राजुनाथ पाण्डेका अनुसार, यसअघि सात दिनको म्याद दिइए पनि नपुगेको ठानेर अन्तिम तीन दिनको पत्र पठाइएको हो। उनले आउँदो हप्ताबाट नै संरचना हटाउने काम सुरू हुने बताए। कामपालाई प्राप्त रिपोर्टअनुसार करिब एक हजार रोपनीमा सार्वजनिक जग्गा खोला किनारमा अतिक्रमण गरी निजी

    • प्रकाशित मितिः मंसिर २६, २०८२
    • 444 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.