समाचार

    Showing 7,201-7,210 of 19,550 items.
  • यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

    काठमाण्डौ  ।   राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १३६ रुपैयाँ ०५ पैसा र बिक्रीदर १३६ रुपैयाँ ६५ पैसा कायम भएको छ ।युरोपियन युरो एकको खरिददर १५४ रुपैयाँ ५१ पैसा र बिक्रीदर १५५ रुपैयाँ १९ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १८३ रुपैयाँ ६७ पैसा र बिक्रीदर १८४ रुपैयाँ ४८ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १६४ रुपैयाँ ८५ पैसा र बिक्रीदर १६५ रुपैयाँ ५८ पैसा कायम गरिएको छ ।अष्ट्रेलियन डलर एकको खरिददर ८७ रुपैयाँ ९४ पैसा र बिक्रीदर ८८ रुपैयाँ ३३ पैसा, क्यानेडियन डलर एकको खरिददर ९८ रुपैयाँ ५० पैसा र बिक्रीदर ९८ रुपैयाँ ९३ पैसा, सिङ्गापुर डलर एकको खरिददर १०५ रुपैयाँ ८१ पैसा र

    • प्रकाशित मितिः जेठ १०, २०८२
    • 286 पटक पढिएको
  • कस्तो रहनेछ आजको मौसम

    काठमाण्डौ ।  हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी, मधेस र बागमती प्रदेशलगायत बाँकी पहाडी भू-भागमा आंशिकदेखि साधरणतया बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफादेखि आंशिक बदली रहेको छ । बागमती प्रदेशको थोरै स्थानहरूमा तथा कोशी, मधेस, गण्डकी र कर्णाली प्रदेशका एक/दुई स्थानमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ। दिउँसो पनि कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै ठाउँ तथा कर्णाली र सुदूरपश्चिमका एक/दुई ठाउँमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । महाशाखाका अनुसार उ

    • प्रकाशित मितिः जेठ १०, २०८२
    • 209 पटक पढिएको
  • रवि लामिछानेलाई थुनामै राख्ने आदेश सर्वोच्चद्वारा सदर

    काठमाण्डौ । सर्वोच्च अदालतले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई थुनामा पठाउने उच्च अदालतको बुटवल इजलासको आदेशलाई सदर गरेको छ ।शुक्रबार न्यायाधीशहरु नहकुल सुवेदी र बालकृष्ण ढकालको संयुक्त इजलासले रवि लामिछानेलाई उच्च अदालत तुलसीपुर बुटवल इजलासले थुनामा पठाउन गरेको आदेश नै सदर गरेको हो ।लामिछानेलाई थुनामुक्त गर्नुपर्ने माग राखी रवि लामिछानेकी पत्नी निकिता पौडेलले पेस गरेको बन्दीप्रत्यक्षीकरणको निवेदन खारेज गरेको हो ।सर्वोच्च अदालतको यो आदेशपछि जिल्ला अदालत रुपन्देहीबाट सुप्रिम सहकारी ठगीको मुद्दा नटुंगिदासम्म रवि थुनामा रहने छन् ।

    • प्रकाशित मितिः जेठ ९, २०८२
    • 174 पटक पढिएको
  • सगरमाथा आरोही सशस्त्र प्रहरी नायव निरीक्षक छत्याल र बोहोरालाई सम्मान

    काठमाण्डौ  ।  नेपाल पूर्व सशस्त्र प्रहरी संघद्वारा सगरमाथा आरोही सशस्त्र प्रहरी नायव निरीक्षक छत्याल र बोहोरालाई सम्मानित भएका छन।नेपाल पूर्व सशस्त्र प्रहरी संघका सल्लाहकार अवकाश प्राप्त सशस्त्र प्रहरी महानिरीक्षकहरु सनत कुमार बस्नेत, शैलेन्द्र श्रेष्ठ र सिंहबहादुर श्रेष्ठ तथा संघका अध्यक्ष अवकाश प्राप्त सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक नारायणबाबु थापाले प्रधान कार्यालय हलचोक स्वयम्भुमा जेठ ९ गते विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेका सशस्त्र प्रहरी नायव निरीक्षक दन्त बहादुर छत्याल र पूर्व सशस्त्र प्रहरी हवल्दार अक्कल बहादुर बोहोरालाई नगद पुरस्कार सहित सम्मान गर्नुभएको छ

    • प्रकाशित मितिः जेठ ९, २०८२
    • 238 पटक पढिएको
  • राष्ट्र बैंकका गभर्नर पौडेलको नियुक्ति बदरको माग गर्दै सर्वोच्चमा रिट

    काठमाण्डौ । नेपाल राष्ट्र बैंकका नवनियुक्त गभर्नर प्रा. डा. विश्वनाथ पौडेलको नियुक्तिमा योग्यता नपुगेको र अयोग्य व्यक्ति भएको भन्दै सर्वोच्च अदालतमा रिट निवेदन दायर भएको छ।अधिवक्ताहरू अनन्तराज लुइँटेल, प्रतिभा उप्रेती र विशाल थापाले नेपाल राष्ट्र बैंक ऐन, २०५८ को व्यवस्था विपरीत राजनीतिक स्वार्थका आधारमा गैर कानुनी रूपमा गभर्नर नियुक्त गरिएको दाबी गर्दै रिट दायर गरेका हुन्।केही दिनअघि राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष समेत रहेका डा. विश्वनाथ पौडेललाई सरकारले नेपाल राष्ट्र बैंकको १८औँ गभर्नरमा नियुक्त गरेको थियो।

    • प्रकाशित मितिः जेठ ९, २०८२
    • 289 पटक पढिएको
  • गृहमन्त्री लेखकलाई पदबाट निलम्बन गर्न प्रधानमन्त्री कार्यालयमा निवेदन दर्ता

    काठमाडौ  ।  गृहमन्त्री रमेश लेखकलाई पदबाट निलम्बन गर्न माग गर्दै प्रधानमन्त्री कार्यालयमा निवेदन दिइएको छ ।भिजिट भिसा प्रकरणमा लेखकको नाम जोडिएको भन्दै तत्काल पदबाट निलम्बन गरी कारबाही गर्न माग गर्दै युवराज सफलले प्रधानमन्त्री कार्यालयमा निवेदन दिएका हुन् ।सफलले लेखकलाई पक्राउ गरी मुद्दा चलाउन पनि माग गरेका छन् ।

    • प्रकाशित मितिः जेठ ९, २०८२
    • 322 पटक पढिएको
  • यार्सा टिप्न पुगेकी एक महिलाको चट्याङ लागेर मृत्यु

    काठमाडौं— यार्सा टिप्न जुम्लाको सुब्बाकुना पाटन पुगेकी एक महिलाको चट्याङ लागेर मृत्यु भएको छ। तातोपानी गाउँपालिका—८ निवासी अन्दाजी २७ वर्षीया कल्पना सिंह (शाही)को चट्याङ लागेर मृत्यु भएको हो।यार्सा गुम्बा टिप्न तातोपानी गाउँपालिका—८ मा पर्ने पतिउडको सुब्बाकुना पाटनमा पुगेको समयमा चट्याङ लागेर उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी नायब उपरीक्षक रबिनबाबु रेग्मीले जानकारी दिए ।बिहीबार दिउँसो करिब ३ बजेको समयमा सिंहको मृत्यु भएको प्रहरीले जनाएको छ । कल्पना  यार्सा टिप्नका लागि तीन दिनअघि मात्रै पाटन पुगेकी थिइन्। त्यहाँ पाटन पुग्न गाउँबाट करिब ८/९ घण्टाको समयमा लाग्ने गर्दछ।

    • प्रकाशित मितिः जेठ ९, २०८२
    • 268 पटक पढिएको
  • अध्यक्ष ढकाल भन्छन हवाई भाडा महँगो भयो, समीक्षा गर्नुपर्छ

    काठमाडौं— नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले पर्यटन प्रवद्र्धनका लागि पूर्वाधारको विकास र कनेक्टिभिटी बढाउन आग्रह गरेका छन् ।संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको सहयोग तथा नेपाल पर्यटन बोर्ड र नेपाल एशोसिएशन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को आयोजनामा काठमाडौंमा शुरु भएको तेस्रो बुद्धिस्ट इन्टरनेशनल ट्राभल मार्टको उद्घाटनका अवसरमा बोल्दै उनले कनेक्टिभिटीका लागि राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमलाई थप प्रभावकारी बनाउनु पर्ने सुझाव दिए ।मार्टले नेपाललाई बौद्ध पर्यटन केन्द्रको रूपमा स्थापित गर्न मद्दत गर्ने उल्लेख गर्दै अध्यक्ष ढकालले मार्टलाई थप परिष्क

    • प्रकाशित मितिः जेठ ९, २०८२
    • 215 पटक पढिएको
  • हेटौँडा औद्योगिक क्षेत्रमा हाल सालै चार नयाँ उद्योग थपिए

    काठमाडौं— उद्योग विस्तारको क्रम हेटौँडा औद्योगिक क्षेत्रमा क्रमशः बढ्दै गएको छ । सो क्षेत्रमा हालै चारवटा नयाँ उद्योग थपिएका छन् ।औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालयका सूचना अधिकारी रमेशराज नेपालका अनुसार गत वैशाखदेखि लक्की पोलि इन्डस्ट्रिजले प्लाष्टिकका सामान र टोटल प्याकेजिङले प्लाष्टिकको बोरा उत्पादन थालेका छन् । गत माघदेखि थ्रिस्टार ग्रुपले रङ्गीन तथा सादा कर्कटपाता र बाबा मेनिफ्याक्चरले टिनका बाकस बनाउन थालेका छन् ।औद्योगिक क्षेत्रमा हाल १० वटा उद्योगका संरचना निर्माणाधीन छन् । तीमध्ये अधिकांशको निर्माण अन्तिम चरणमा पुगेको छ । लामो समयदेखि बन्द रहेका छवटा उद्योगमध्ये सुप्रिम मेटल उद्योगल

    • प्रकाशित मितिः जेठ ९, २०८२
    • 203 पटक पढिएको
  • बजेट निर्माण अन्तिम चरणमा, मन्त्रालय प्रवेशमा कडाइ गरिँदै.

    अर्थ मन्त्रालयले मन्त्रालय प्रवेशमा कडाइ गरेको छ ।  बजेट निर्माणलाई ध्यान दिएर अर्थले मन्त्रालय प्रवेशमा कडाइ गरेको हो ।‘बजेट निर्माणसम्बन्धी सबैपक्षसँग परामर्श तथा छलफल गर्ने र सुझाव लिने कार्य सम्पन्न भइसकेका छन् । अहिले तयारीका कार्यहरु जारी छन्, अर्थ मन्त्रालय प्रशासन महाशाखा प्रमुख थानप्रसाद पंगेनीले भने,‘बजेट तयारीलाई व्यवस्थित र योजनबद्ध रुपमा अघि बढाउन मन्त्रालय प्रवेशमा कडाइ गरेका हौं ।’आर्थिक वर्ष २०८२।८३ को बजेट निर्माणसम्बन्धी परामर्श, छलफल र सुझावका लागि अर्थ मन्त्रालयले गत वैशाख महिनामा सबैलाई सहज पहुँचको व्यवस्था गरेको थियो ।यही जेठ १५ गते संघीय संसदको बैठकमा उपप्रधानमन्त्र

    • प्रकाशित मितिः जेठ ९, २०८२
    • 252 पटक पढिएको
  • Esoul Media (P) Ltd.
  • सूचना तथा प्रशारण बिभाग दर्ता नं: २३१७/०७७-०७८
  • विज्ञापनका लागि सम्पर्क
  • Mb: 9852655454/9814072385
  • [email protected]
  • संवाददाता
  • दिपेन बिश्वकर्मा