समाचार

    Showing 7,191-7,200 of 25,610 items.
  • नरेश रोकाया भन्छन एमालेले ४० मुनिका युवालाई विशेष प्राथमिकता दिएको र युवामैत्री नीति लिएको छ

    काठमाडौं— ४० बर्ष मुनिका युवा प्रतिनिधि तथा पूर्वअनेरास्ववियु महासचिव नरेश रोकायाले  विशेष संवादमा एमाले महाधिवेशनलाई युवामैत्री रूपमा अघि बढाउनुपर्ने आवश्यकता औंल्याएका छन् । उनले विद्यार्थी आन्दोलन अब टायर बाल्ने जस्ता विनाशकारी संस्कृतिबाट बाहिर आएर टायर बनाउने, उत्पादनमुखी र प्रविधिमुखी मोडमा रूपान्तरण हुनुपर्ने धारणा व्यक्त गरे ।नेकपा एमालेको एघारौँ महाधिवेशनको पूर्वसन्ध्यामा संक्षिप्त कुराकानी गर्दै पार्टीभित्र उत्साह र गतिविधि तीव्र बन्दै गएको पनि बताए । यसपटक विशेष रूपमा युवाहरूलाइ महाधिवेशनमा उच्च प्रतिनिधित्व दिन पार्टीले १६५ वटै निर्वाचन क्षेत्रबाट एक–एक जना युवा अनिवार्य रूपमा

    • प्रकाशित मितिः मंसिर २६, २०८२
    • 534 पटक पढिएको
  • एमालेको ११औँ महाधिवेशनका लागि भक्तपुरको सल्लाघारीमा अस्थायी संरचना निर्माण तीव्र

    भक्तपुर— नेपाल कम्युनिष्ट पार्टी (एमाले)को ११औँ महाधिवेशनको उद्घाटनस्थल भक्तपुरको सल्लाघारी क्षेत्रमा अस्थायी संरचना निर्माणको काम तीव्र गतिमा चलिरहेको छ।शनिबार भोली उद्घाटन हुने कार्यक्रमलाई लक्षित गर्दै मञ्च निर्माण, शौचालय, वरपरको आवागमन व्यवस्थापन तथा सहभागीहरूको बसोबासका लागि आवश्यक अस्थायी व्यवस्था जडान गर्ने कार्य अन्तिम चरणमा पुगेको आयोजकहरूले बताएका छन्।स्थलमा मञ्च सजावट, ध्वनि प्रणाली जडान, सुरक्षासम्बन्धी व्यवस्थापन तथा अन्य सहायक संरचना निर्माणमा दर्जनौँ मजदुर र प्राविधिक टोली खटिएका छन्।पार्टीका विभिन्न तहका कार्यकर्ता तथा स्वयंसेवकहरू पनि स्थल व्यवस्थापनमा जुटिरहेका छन्। महाधिवेश

    • प्रकाशित मितिः मंसिर २६, २०८२
    • 516 पटक पढिएको
  • ‘युवा नेतृत्वलाई अग्रपंक्तिमा राखेर परिवर्तनको यात्रामा हातेमालो गर्न आवश्यक’

    काठमाडौं—  सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदिश खरेलले भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनलाई जनआन्दोलनको रुपमा राष्ट्रले मान्यता दिएको बताएका छन् ।शुक्रबार ललितपुरमा आयोजित सामाजिक जवाफदेहिता : मिडिया र युवा संवाद कार्यक्रममा बोल्दै उनले भदौ २३ र २४ गते भएको क्रान्तिलाई सरकार र जेनजीबीचको सहमति अनुसार राष्ट्रले औपचारिक रूपमा जनआन्दोलनको मान्यता दिइसकेको बताए ।उनले भने, ‘भदौ २३ र २४ गते जनआन्दोलन भयो । यसलाई सरकार र जेनजीबीच सहमती गरेर जेनजी जनआन्दोलनको मान्यता राष्ट्रले दिइसकेको छ ।’उनका अनुसार जेनजी पुस्ताले सुरु गरेको आन्दोलनले दिएको सन्देश अत्यन्तै स्पष्ट रहेको बताउँदै उनले भने, ‘जेनज

    • प्रकाशित मितिः मंसिर २६, २०८२
    • 568 पटक पढिएको
  • राष्ट्रिय टिम उपाधि दोलखा चेस होम्सले जित्यो

    ललितपुर— ललितपुर स्पोट्र्स क्लबको आयोजनामा सम्पन्न ८ औं संस्करण तुल्सीलाल स्मृति राष्ट्रिय क्लब टिम चेस च्याम्पियनसिपको उपाधि दोलखा चेस होम्सले जितेको छ।ललितपुर क्यास्पियन कलेजमा पाँच दिन सञ्चालन भएको सात चरणको राष्ट्रिय चेस टिम प्रतियोगितामा दोलखा चेस होम्सले ६ खेलमा जित र एक हारको नतिजा निकालि १२ अंक प्रोग्रेसिभ २० प्वाइन्ट जोडेर राष्ट्रिय च्याम्पियन बन्न सफल भएका छन्।यस्तै दोलखाली अर्को टिम दोलखा जिल्ला संघले पाँच जित र दुई खेलमा बराबरी नतिजा निकाल्दै १२ अंक १९।५ प्रोग्रेसिभ प्वाइन्टका आधारमा दोस्रो स्थान कब्जा गर्न सफल भएका छन्।यसैगरी शुरुवात देखि उत्कृष्ट प्रदर्शन गर्दै आएका ललितपुर महालक

    • प्रकाशित मितिः मंसिर २६, २०८२
    • 533 पटक पढिएको
  • आज सुन चाँदीको मूल्य बढ्यो

    काठमाडौं— आज नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार सुन तोलामा ३ हजार ५ सय रुपैयाँले बढेको हो ।बिहीबार २ लाख ५३ हजार १ सय रुपैयाँमा कारोवार भैइरहेको सुन आज बढेर २ लाख ५६ हजार ६ सय रुपैयाँमा कारोवार भैइरहेको छ ।यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । बिहीबार ३ हजार ८ सय ५ रुपैयाँमा कारोबार भईरहेको चाँदी आज बढेर ३ हजार ९ सय ५ रुपैयाँमा कारोबार भईरहेको छ ।

    • प्रकाशित मितिः मंसिर २६, २०८२
    • 575 पटक पढिएको
  • हिमालयन लघुवित्तले सेयरधनीलाई ७ प्रतिशत लाभांश दिने

    काठमाडौं— हिमालयन लघुवित्तले लाभांश वितरण गर्ने घोषणा गरेको छ । लघुवित्तको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको मुनाफाबाट ७ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो । लघुवित्तले घोषणा गरेको ७ प्रतिशत लाभांशमध्ये ६.६५ प्रतिशत बोनस सेयर हो भने ०.३५ प्रतिशत नगद लाभाशं (कर प्रयोजनार्थ) हो ।लघुवित्तले गरेको लाभांश घोषणा अनुसार ६.६५ प्रतिशतले हुन आउने २ करोड २३ लाख ८७ हजार रुपैयाँ बराबरको बोनस सेयर र ०.३५ प्रतिशतले हुन आउने ११ लाख १९ हजार ३६३ रुपैयाँ नगद लाभांश वितरण गरिनेछ । लघुवित्तले घोषणा गरेको लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति र लघुवित्तको आगामी वार्षिक साधारण सभाले पारित गरेपछ

    • प्रकाशित मितिः मंसिर २६, २०८२
    • 500 पटक पढिएको
  • झापाबाट महामन्त्री शर्मासहित ६६ जनाको नाम सिफारिस

    झापा— नेपाली कांग्रेस झापाले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि प्रत्यक्ष र समानुपातिक गरी कुल ६६ जनाको नाम कोशी प्रदेश समितिमा सिफारिस गरेको छ। सिफारिस सूचीमा पार्टी महामन्त्री विश्वप्रकाश शर्मा पनि एकल रूपमा परेको जिल्ला सचिव कृष्ण हुमागाईंले जानकारी दिएका छन्।पार्टी विधानअनुसार जिल्लाभित्रका पाँचवटै क्षेत्रबाट आएको नामावलीलाई प्रदेश समितिमा पठाइएको हो। गत मंसिर १५ गते केन्द्रीय समितिबाट प्राप्त निर्देशनपछि सबै क्षेत्रबाट आकांक्षीहरूको नाम संकलन कार्य सुरू गरिएको थियो। सोही क्रममा क्षेत्र नं. १ मा प्रत्यक्षतर्फ शर्मा एकल उम्मेदवारका रूपमा सिफारिस भएका छन्।हुमागाईंका अनुसार सबै क्षेत्रीय बैठक

    • प्रकाशित मितिः मंसिर २६, २०८२
    • 467 पटक पढिएको
  • बर्दी लगाएर टिकटक र रिल्स बनाउने २१२ सशस्त्र प्रहरी कारबाहीमा

    काठमाडौं— सशस्त्र प्रहरी बलको पोसाक लगाई टिकटक र अन्य सामाजिक सञ्जालका रिल्स बनाउने २१२ जना सशस्त्र प्रहरी कर्मचारीलाई कारबाही गरिएको सशस्त्र प्रहरी बलले जनाएको छ।पोसाक प्रयोग गरेर मनोरञ्जनात्मक भिडियो बनाउनु आचारसंहिताविपरीत भएकाले उनीहरूलाई अनुशासनिक कारबाही गरिएको प्रवक्ता मनिष थापाले जानकारी दिए ।कारबाहीमा परेकालाई नसिहत, चेतावनी, बढुवा रोक्का, सचेत गराएको, ध्यानाकर्षण तथा मौखिक निर्देशनजस्ता कदमहरू लिइएको सशस्त्र प्रहरीले जनाएको छ।सामाजिक सञ्जालमा प्रहरीले गर्ने गतिविधि निगरानी गर्न सशस्त्र प्रहरी प्रधान कार्यालयले सामाजिक सञ्जाल अनुगमन शाखा स्थापना गरेको छ। यही शाखाले गरेको स्क्रीनिङपछि

    • प्रकाशित मितिः मंसिर २६, २०८२
    • 486 पटक पढिएको
  • पूर्वएआईजी राजेन्द्रसिंह श्रममन्त्री

     काठमाडौं— पूर्वएआईजी राजेन्द्रसिंह भण्डारी श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री बन्ने भएका छन् । उनी राष्ट्रिय पञ्चायत सदस्य लक्ष्मणसिंह भण्डारीका छोरा हुन् । बैतडी जिल्लाको पाटन नगरपालिकाका बासिन्दा भण्डारी नेपाल प्रहरीको एआईजी पदबाट अवकाश पाएका थिए ।अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीले तोकिएको कार्यकाल ८३ दिन बाँकी रहँदा भण्डारीसहित चारजना मन्त्री थपेकी हुन् ।

    • प्रकाशित मितिः मंसिर २६, २०८२
    • 408 पटक पढिएको
  • विराटनगरमा १३१ ग्राम खैरो हेरोइनसहित दुई जना पक्राउ

    विराटनगर—  प्रहरीले विराटनगरबाट १३१ ग्राम खैरो हेरोइन (ब्राउन सुगर) सहित दुई जनालाई पक्राउ गरेको छ। लागुऔषध नियन्त्रण ब्युरो विराटनगर र जिल्ला प्रहरी कार्यालय मोरङको संयुक्त टोलीले बिहीबार विराटनगर–४, नोबेल अस्पताल नजिकबाट उनीहरूलाई नियन्त्रणमा लिएको हो।पक्राउ परेका व्यक्तिहरूमा सुनसरी, हरिनगरा गाउँपालिका–७ का ५२ वर्षीय हबिब खाँ र हरिनगरा–४ का ३० वर्षीय इरसाद आलम रहेका छन्। हबिबको साथबाट १३१ ग्राम खैरो हेरोइन बरामद भएको डीएसपी कोपिला चुँडालले जानकारी दिइन्।प्रहरीले उनीहरूले प्रयोग गरेको को २७ प ६४८१ र बीआर १९ वाई ९५३ नम्बरको दुई मोटरसाइकल पनि बरामद गरेको छ। आलम भारतीय नम्बर प्लेटको मोटरसा

    • प्रकाशित मितिः मंसिर २६, २०८२
    • 433 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.