झापा— नेपाली कांग्रेस झापाले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि प्रत्यक्ष र समानुपातिक गरी कुल ६६ जनाको नाम कोशी प्रदेश समितिमा सिफारिस गरेको छ। सिफारिस सूचीमा पार्टी महामन्त्री विश्वप्रकाश शर्मा पनि एकल रूपमा परेको जिल्ला सचिव कृष्ण हुमागाईंले जानकारी दिएका छन्।
पार्टी विधानअनुसार जिल्लाभित्रका पाँचवटै क्षेत्रबाट आएको नामावलीलाई प्रदेश समितिमा पठाइएको हो। गत मंसिर १५ गते केन्द्रीय समितिबाट प्राप्त निर्देशनपछि सबै क्षेत्रबाट आकांक्षीहरूको नाम संकलन कार्य सुरू गरिएको थियो। सोही क्रममा क्षेत्र नं. १ मा प्रत्यक्षतर्फ शर्मा एकल उम्मेदवारका रूपमा सिफारिस भएका छन्।
हुमागाईंका अनुसार सबै क्षेत्रीय बैठकमार्फत् विवादरहित ढंगले प्रत्यक्ष र समानुपातिक दुबैतर्फका नाम छनोट गरिएको हो।
विभिन्न क्षेत्रबाट सिफारिस भएका मुख्य नामहरू क्षेत्र नं.१ मा प्रत्यक्षः विश्वप्रकाश शर्मा (एकल) र समानुपातिकः रामबहादुर कट्टेल, खड्गबहादुर धिमाल, नारायण गिरी, गोमा भट्टराई, राधा कार्की, शोभा श्रेष्ठ नेम्बाङ रहेका छन् । क्षेत्र नं. २ मा प्रत्यक्षः छत्रबहादुर गिरी, सरिता प्रसाईं, सजेश शिवाकोटी
समानुपातिक तर्फबाट सीता पौडेल, उमा शिवाकोटी, हस्त परियार, मीरा खड्का, उर्मिला पोखरेल, देवी निरौला बस्नेत, मनुमाया विश्वकर्मा, पाण्डवलाल चौधरी, रणदेव हजाम, कृष्णबहादुर श्रेष्ठ रहेका छन् । त्यसै गरी क्षेत्र नं. ३बाट प्रत्यक्षः टीकाराज ढकाल, सीताराम खड्का, श्यामप्रसाद सिटौला, राजेन्द्र घिमिरे, देउप्रसाद लावुङ लिम्बू, नवीन विमली, भगिरथ पोद्धार, शर्मिला अधिकारी र समानुपातिकः सुशीला ढकाल, हरिकृष्ण घोष, खड्ग राजवंशी, बडाराम हेमरम, सीतादेवी भट्टराई, लता कार्की, उर्मिला गौतम, कृष्णकली राजवंशी, लालबहादुर कन्दङवा, शिला तामाङ रहेका छन् । क्षेत्र नं. ४ बाट प्रत्यक्ष तर्फबाट देउकुमार थेवे, उत्तमबहादुर चौलागाई, धनमाया चिमरिया रहेका छन् । समानुपातिक तर्फबाट सूर्यनारायण ताजपुरिया, सुन्दर बेस्रा, सन्तोषकुमार मेनेङ्बो, टङ्कबहादुर विश्वकर्मा, मथुरादेवी श्रेष्ठ छन् ।
क्षेत्र नं. ५ बाट प्रत्यक्षतर्फबाट अइन्द्रविक्रम केरुङ, पदमबहादुर पौडेल, मन्दरा पौडेल चिमरिया, मेदनीप्रसाद सिटौला, देवीप्रसाद दाहाल, खगेन्द्रप्रसाद पाण्डव अधिकारी, सिरम कार्की रहेका छन भने समानुपातिकतर्फबाट महेन्द्राकुमारी लिम्बू, सुरेश सुब्बा, दिलीप राई, सत्यनारायण चौधरी, भूमिराज राई, चन्द्रा खड्का भट्टराई, कृष्णबहादुर धिमाल, रामकुमारी पौडेल, मेनुका बुढाथोकी, अम्बर बराईली, निरोज अग्रवाल, भीममाया उप्रेती (भुजेल), रोहितकुमार शाह छन् ।
जिल्ला सचिव हुमागाईंका अनुसार सिफारिस सूची प्रदेश समितिमा पठाइसकिएको र अब प्रदेश तथा केन्द्रीय तहमा अन्तिम निर्णय प्रक्रिया अघि बढ्नेछ।






































