समाचार

    Showing 7,151-7,160 of 19,544 items.
  • भारततर्फ लैजादै गरेको ६० केजि गाँजा बरामद, शसस्त्र प्रहरी देखेपछि गाँजा छोडेर मान्छे फरार

    बारा— बाराको सिम्रौनगढ नगरपालिका–४ मा गएराती लुकाईछिपाइ भारततर्फ लैजादै गरेको प्रतिबन्धित गाँजा शसस्त्र प्रहरी देखेपछि वेवारिसे छोडेर भागेका छन् । सोही नगरपालिकाको गङ्गानगरमा १२ः४५ बजे ६० केजी गाजा वेवारिसे छोडेर भागेका हुन् ।गोप्य सूचनाका आधारमा ससस्त्र प्रहरी बल प्रस्तावित सिमा सुरक्षा बल पिपरपाती गुल्मपती प्रनाउ राजन लाल श्रेष्ठको कमाण्डमा खटिएको टोली त्यसतर्फ गएकोे प्रनाउ राजनलाल श्रेष्ठले जानकारी दिए । सोमबार (आज) १२ः४५ बजे राती लुकाईछिपाई टाउकोमा बोकि खेतको आलीआली हुँदै भारततर्फ लैजादै गर्दा शसस्त्र प्रहरीलाई देखेपछि मान्छे भागेकोले गाँजा छोडेर भागेको श्रेष्ठको भनाइ छ । बरामद ग

    • प्रकाशित मितिः जेठ १२, २०८२
    • 437 पटक पढिएको
  • जाजरकोटमा भूकम्पको धक्का

    काठमाण्डौ  ।  जाजरकोट केन्द्रबिन्दु आज सोमबार दिउँसो भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार आज दिउँसो २ बजेर २४ मिनेट जाँदा भूकम्प गएको हो । जिल्लाको रामिडाँडा केन्द्रबिन्दु भएर गएको भूकम्पको तीव्रता ४.३ म्याग्निच्युड रहेको थियो । यसअघि, जेठ २ गते बैतडीको खलंगा केन्द्रबिन्दु भएर ५.१ म्याग्निच्युडको भूकम्प गएको थियो ।

    • प्रकाशित मितिः जेठ १२, २०८२
    • 264 पटक पढिएको
  • माओवादी केन्द्र र नेपाल समाजवादी पार्टीबिचमा एकता

    काठमाडौं— नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) र गंगानारायण श्रेष्ठले नेतृत्व गरेको नेपाल समाजवादी पार्टीबिचमा एकता भएको छ ।माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेसपाका अध्यक्ष गंगानारायण श्रेष्ठबीच सहमतिपत्रमा हस्ताक्षर र पत्र आदानप्रदान भएसँगै दुवै दलबीच एकता भएको छ ।  तत्कालीन अध्यक्ष महिन्द्र राय यादव माओवादीसँगको एकता प्रक्रियाबाट पछि हटेपछि श्रेष्ठले आइतबार आफ्नो नेतृत्वमा केन्द्रीय समिति बैठक राखेर पार्टी पुनर्गठन गर्दै माओवादीसँग एकता गर्ने गरेका हुन् । नेसपा पूर्वप्रधानमन्त्री समेत रहेका बाबुराम भट्टराईको नेतृत्वको नयाँ शक्ति पार्टीबाट विभाजित भएको पा

    • प्रकाशित मितिः जेठ १२, २०८२
    • 353 पटक पढिएको
  • बालिका बलात्कार गरेको आरोपमा २ युवक पक्राउ

    काठमाडौं— दुई बालिकालाई बलात्कार गरेको आरोपमा संखुवासभा प्रहरीले दुई युवकलाई पक्राउ गरेको छ ।पक्राउ पर्नेहरुमा संखुवासभाको चिचिला गाउँपालिका–२ घर भएका ३५ वर्षीय तुफान राई र सोही गाउँपालिका ३ का २८ वर्षीय प्रकाश राई छन् ।उनीहरुले ७ जेठमा खाँदबारी बजार घुम्न आएका १६ र १७ वर्षीया बालिकालाई ललाई फकाई बलात्कार गरेको पाइएको संखुवासभा प्रहरीका इन्स्पेक्टर तथा सूचना अधिकारी अभिषेक कुमार श्रेष्ठले बताए ।खाजा खाने, घुम्न जाने भन्दै मोटरसाइकलमा राखेर खाँदबारीको एक होटलमा लगेर उनीहरुले बलात्कार गरेको आरोप छ । पीडित बालिकाको तर्फबाट जाहेरी पछि प्रहरीले आइतबार पक्राउ गरेर उनीहरुमाथि अनुसन्धान अघि बढाएको छ ।

    • प्रकाशित मितिः जेठ १२, २०८२
    • 336 पटक पढिएको
  • ‘भिजिट भिसा’ प्रकरण गृहमन्त्री रमेश लेखकको बचाउ गर्दै कांग्रेस, लेखकको गल्ति लुकाउन पदाधिकारी बैठक

    काठमाडौं—  ‘भिजिट भिसा’ प्रकरणमा मुछिएका गृह मन्त्री रमेश लेखकको बचाउ गरेको छ । सोमबार सभापति शेरबहादुर देउबा निवास बूढानीलकण्ठमा बसेको बैठकले गहृ मन्त्री लेखकलाई बचाउ गरेको हो । नेपाली कांग्रेसले गृहमन्त्री रमेश लेखकलाई  ‘भिजिट भिसा’ कुनै संलग्नता नरहेको पार्टीका प्रवक्ता डा. प्रकाशशरण महतले जानकारी दिए । पदाधिकारी बैठकले गृहमन्त्री लेखकको ‘भिजिट भिसा’ प्रकरणमा कुनै संलग्नता नरहेको महतको भनाइ छ ।बैठकले यस प्रकरणमा लेखक संलग्न रहेको कुनै आधार नभएकाले उनले गृहमन्त्रीबाट राजीनामा दिन नपर्ने निष्कर्ष निकालेको छ ।अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गत बुधबार त्रिभुवन अन्तराष्ट्रिय वि

    • प्रकाशित मितिः जेठ १२, २०८२
    • 288 पटक पढिएको
  • सुन तोलामा सात सयले घट्यो, कतिमा हुदैछ कारोबार?

    काठमाडौं— नेपाली बजारमा सोमबार सुनको मूल्य सामान्य घटेको छ । आइतबारको तुलनामा सोमबार छापावाल सुनको मूल्य तोलामा ७ सय रुपैयाँ घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । जसअनुसार छापावाल सुन सोमबार तोलामा १ लाख ९१ हजार १०० रुपैयाँ कायम भएको छ । यसअघि आइतबार छापावाल सुन तोलामा १ लाख ९१ हजार ८०० रुपैयाँ कायम भएको थियो । यस्तै चाँदीको मूल्य भने स्थिर रहेको छ । आइतबार २ हजार ५ रुपैयाँ कायम भएको चाँदीको मूल्य सोमबार पनि सोही मूल्य कायम भएको हो । 

    • प्रकाशित मितिः जेठ १२, २०८२
    • 269 पटक पढिएको
  • माओवादी केन्द्र र नेसपाबीच पार्टी एकीकरण हुँदै

    काठमाडौं— आज नेकपा (माओवादी केन्द्र) र गंगानारायण श्रेष्ठले नेतृत्व गरेको नेपाल समाजवादी पार्टीका बिचमा पार्टी एकीकरण हुने भएको छ । सोमबार बिहान ११ः३० बजे ललितपुरको ग्वार्को खरिबोटस्थित कान्तिपुर ब्यांक्वेटमा पार्टी एकीकरण घोषणा सभा राखिएको माओवादी केन्द्रीय कार्यालयले जनाएको छ ।   घोषणासभा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड लगायतका शीर्ष नेताहरुले सम्बोधन गर्नेछन् । 

    • प्रकाशित मितिः जेठ १२, २०८२
    • 409 पटक पढिएको
  • कान्दाका चेपाङ बालबालिका पढाइमा अब्बल बन्दै, पालिकाको उत्कृष्ट विद्यालय बन्यो कान्देश्वरी आधारभूत

    भरतपुर— चेपाङ समुदायका बालबालिकाले पछिल्लो समय उत्कृष्ट नतिजा हाँसिल गर्न थालेका छन् । चेपाङ बालबालिका मात्रै अध्ययनरत चितवनको राप्ती नगरपालिका–१३ स्थित कान्देश्वरी आधारभूत विद्यालयले यस वर्षको कक्षा ८ को परीक्षामा पालिकाको उत्कृष्ट विद्यालय बनेको छ । कक्षा ८ मा अध्यापन सुरु गरेको पहिलो वर्षमा नै विद्यालय उत्कृष्ट बनेको हो ।यहाँ आवासीय सुविधासहितको विद्यालय स्थापना भएपछि चेपाङ समुदायका बालबालिका पढाइमा अब्बल बन्दै गएको विद्यालयका प्रधानाध्यापक बालकृष्ण थपलियाले बताए । शिक्षक, विद्यार्थी, अभिभावक र विभिन्न सङ्घसंस्थाको सहयोगमा विद्यालय उत्कृष्ट बनेको उनले बताए । उनका अनुसार यस वर्ष १३ जना विद्य

    • प्रकाशित मितिः जेठ १२, २०८२
    • 269 पटक पढिएको
  • ग्यासको रेगुलेटर लिक भई आग लागि हुँदा दाजुबहिनीको मृत्यु

     काठमाडौं— रूपन्देहीको शुद्धोधन गाउँपालिका–५ जयनगरमा ग्यास सिलिन्डरमा खाना पकाउने क्रममा जलेर दाजुबहिनीको मृत्यु भएको छ।आइतबार साँझ घरमा ग्यासमा खाना पकाउने क्रममा ग्यासको ‘रेगुलेटर लिक’ भई आगो लागेपछि २५ वर्षीय शिवकुमार यादव र १८ वर्षीया सोनमको मृत्यु भएको प्रहरी उपरीक्षक निरञ्जनदत्त भट्टले जानकारी दिए।आगो लाग्दा जलेर गम्भीर घाइते भएका दुवै जनालाई उपचारका लागि आइतबार बेलुकी नै युनिभर्सल मेडिकल कलेज भैरहवा लगिएको र बहिनी सोनमलाई त्यहीँ मृत घोषणा गरिएको प्रहरीको भनाइ छ।प्रहरीका अनुसार थप उपचारका लागि भारतको गोरखपुर लैजाने क्रममा बाटोमै दाजु शिवकुमारको मृत्यु भएको थियो।दुवै जनाको शव पोष्टमा

    • प्रकाशित मितिः जेठ १२, २०८२
    • 340 पटक पढिएको
  • यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

    काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १३६ रुपैयाँ ०५ पैसा र बिक्रीदर १३६ रुपैयाँ ६५ पैसा कायम भएको छ । युरोपियन युरो एकको खरिददर १५४ रुपैयाँ ६२ पैसा र बिक्रीदर १५५ रुपैयाँ ३० पैसा, युके पाउण्ड स्टर्लिङ एकको खरिददर १८४ रुपैयाँ १८ पैसा र बिक्रीदर १८४ रुपैयाँ ९९ पैसा, स्वीस फ्रयांक एकको खरिददर १६५ रुपैयाँ ६४ पैसा र बिक्रीदर १६६ रुपैयाँ ३७ पैसा कायम गरिएको छ ।अष्ट्रेलियन डलर एकको खरिददर ८८ रुपैयाँ ३६ पैसा र बिक्रीदर ८८ रुपैयाँ ७५ पैसा, क्यानेडियन डलर एकको खरिददर ९९ रुपैयाँ ०२ पैसा र बिक्रीदर ९९ रुप

    • प्रकाशित मितिः जेठ १२, २०८२
    • 256 पटक पढिएको
  • Esoul Media (P) Ltd.
  • सूचना तथा प्रशारण बिभाग दर्ता नं: २३१७/०७७-०७८
  • विज्ञापनका लागि सम्पर्क
  • Mb: 9852655454/9814072385
  • [email protected]
  • संवाददाता
  • दिपेन बिश्वकर्मा