समाचार

    Showing 7,051-7,060 of 25,597 items.
  • एकैपटक ६३ जना सहायक न्यायाधिवक्ताको काज सरुवा

    काठमाडौं— एकैपटक ६३ जना सहायक न्यायाधिवक्ताको काज सरुवा भएको छ।महान्यायाधिवक्ताको कार्यालयले मंगलबार ६३ जना सहायक न्यायाधिवक्ताको काज सरुवा गरेको हो ।उनीहरूलाइ सरुवा गरी उच्च अदालत सरकारी वकिल कार्यालय, जिल्ला सरकारी वकिल कार्यालय र अन्य विशेष सरकारी वकिल कार्यालयहरुमा खटाइएको छ।सरकारी वकिलको कार्यक्षमता अभिवृद्धि र प्रशासनिक आवश्यकतालाई ध्यानमा राखेर सरुवा गरिएको महान्यायाधिवक्ताको कार्यालयले जनाएको छ।

    • प्रकाशित मितिः पुस २, २०८२
    • 473 पटक पढिएको
  • खुकुरी प्रहारको एक महिना बित्दा पनि आरोपी फरार

    काठमाडौं— थापाथलीस्थित प्रसूतिगृहका आईटी विभाग प्रमुख इन्जिनियर राज श्रेष्ठमाथि खुकुरी प्रहार भएको एक महिना बित्दा पनि घटनामा संलग्नहरू पक्राउ परेका छैनन् । काभ्रेको धुलिखेल नगरपालिका–७ का श्रेष्ठमाथि कात्तिक २३ गते ललितपुरको भनिमण्डलमा खुकुरी प्रहार भएको थियो । तर, घटनामा संलग्नहरू अझै पक्राउ परेका छैनन् ।अनुसन्धानमा खटिएका प्रहरीका अनुसार मोटरसाइकलमा आएका दुईजना अपरिचित व्यक्तिले श्रेष्ठमाथि खुकुरी प्रहार गरेका थिए ।खुकुरी प्रहारबाट श्रेष्ठको बायाँ हातको कुहिनो र ढाडमा चोट लागेको थियो । घाइते श्रेष्ठलाई स्थानीयले जाउलाखेलस्थित अल्का अस्पताल पुर्‍याएका थिए । श्रेष्ठ उपचारपछि घर फर्किसकेक

    • प्रकाशित मितिः पुस २, २०८२
    • 504 पटक पढिएको
  • नेपाल सरकार र एसियाली विकास बैंकबीच १०० मिलियन डलरको सहुलियतपूर्ण ऋण सम्झौता

    काठमाडौं— नेपाल सरकार र एसियाली विकास बैंकबीच सार्वजनिक वित्त व्यवस्थापन र हस्तान्तरण सेवा वितरण कार्यक्रमको सुदृढीकरणको उपकार्यक्रम २ का लागि सहुलियतपूर्ण ऋण सम्झौतामा हस्ताक्षर भएको छ ।बुधबार अर्थ मन्त्रालयमा आयोजित एक समारोहका बीच उक्त हस्ताक्षर गरिएको हो । एसियाली विकास बैंकद्वारा उक्त कार्यक्रमका लागि नेपाल सरकारलाई १०० मिलियन अमेरिकी डलर बराबरको नीतिमा आधारित ऋण सहायता उपलब्ध गराईएको छ ।प्रस्तुत ऋण सहायताको ग्रेस अवधि ८ वर्ष सहित भुक्तानी अवधि २४ वर्षको हुनेछ । सन् २०३४ फेब्रुअरी १ सम्म ग्रेस अवधि रहेको प्रस्तुत ऋणको ग्रेस अवधिसम्म ब्याजदर १ प्रतिशत हुने र त्यस पश्चात १.५ प्रतिशत ब्याजदर

    • प्रकाशित मितिः पुस २, २०८२
    • 454 पटक पढिएको
  • मेयर महर्जन भन्छन फागुन २१ को निर्वाचन जसरी पनि सम्पन्न हुनुपर्छ

    काठमाडौं— ललितपुर महानगरपालिका प्रमुख चिरिबाबु महर्जनले पछिल्लो समय जेनजीहरुले चुनाव हुन दिँदैनौं भनेर स्वर परिवर्तन गरेको बताएका छन् ।बुधबार ललितपुर महानगरपालिकाको १०७ औं स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै उनले अन्तरिम सरकारको जिम्मेवारी भनेको निर्वाचन गराउनु रहेको बताउँदै कुनैपनि हालतमा निर्वाचन हुनुपर्नेमा जोड दिए ।उनले भने,‘अहिलेको सरकारको मुख्य काम भनेको फागुन २१ गतेको निर्वाचन सम्पन्न गरेर निर्वाचित सरकारलाई हस्तान्तरण गर्नु हो । मलाई यो कुराले चिसो पसेको छ कि जेनजीले आमा भन्नुहुन्छ । तर यो पछिल्लो कालखण्डमा आएर जेनजीले अलिकति स्वर परिवर्तन गरेको छ । चुनाव हुन दिन्न भनिरहेको

    • प्रकाशित मितिः पुस २, २०८२
    • 477 पटक पढिएको
  • प्रधानमन्त्री कार्की भन्छिन् ललितपुरको प्रत्येक सम्पदामा आस्था र सभ्यताको झल्को छ

    ललितपुर— प्रधानमन्त्री शुसीला कार्कीले ललितपुर महानगरपालिका उमेरका हिसाबले मात्र होइन, कला र सम्पदाका दृष्टिले पनि जेठो रहेको बताएकी छन् । ललितपुर महानगरपालिकाको १०७औँ स्थापना दिवसका अवसरमा आयोजित कार्यक्रममा बोल्दै प्रधानमन्त्री कार्कीले पाटन आफैंमा नेपाली सभ्यता र सौन्दर्यताको जीवित संग्रहालय भएको उल्लेख गरिन् ।उनले यहाँका प्रत्येक वास्तु सम्पदामा देवत्व मुस्कुराइरहेको अनुभूति हुने बताउँदै पूर्खाले छाडेर गएका सम्पदामा श्रद्धा, साधना र संस्कृतिको सजीव अभिव्यक्ति रहेको भनाइ राखिन् । यहाँका मन्दिर, विहार र ढुंगेधाराका प्रत्येक इँटा, पत्थर र धातुका कणमा विश्वास र आस्था मिसिएको उनको भनाइ थियो ।उन

    • प्रकाशित मितिः पुस २, २०८२
    • 532 पटक पढिएको
  • रुग्ण ठेक्का व्यवस्थापनका नाममा ठेक्का तोडिँदा निर्माण क्षेत्र गम्भीर संकटमाः रवि सिंह

    काठमाडौं— तोकिएको समयावधिभित्र सम्पन्न हुन नसकेर वर्षौँदेखि अलपत्र परेका विकास निर्माणसम्बन्धी ठेक्काहरूको गलत व्यवस्थापनका कारण निर्माण उद्योग गम्भीर सङ्कटमा परेको निर्माण व्यवसायीहरूले बताएका छन् ।निर्माण व्यवसायीहरूका अनुसार विगत १५ वर्षदेखि ठेक्काहरू सम्पन्न नहुनुको मुख्य कारण व्यवसायीको अकर्मण्यता होइन, बरु सरकारी कार्यालयहरूको निर्णयहीनता, राजनीतिक हस्तक्षेप, नेतृत्वको निरन्तर परिवर्तन र बजेटको अभाव हो । सरकार परिवर्तनसँगै प्रोजेक्ट म्यानेजर, महानिर्देशक र सचिव परिवर्तन हुने, योजनाको प्राथमिकता फेरिने प्रवृत्तिका कारण ठेक्काहरू अलपत्र परेको उनीहरूको दाबी छ ।जेनजी आन्दोलन पश्चात बनेको चुन

    • प्रकाशित मितिः पुस २, २०८२
    • 510 पटक पढिएको
  • आजदेखि दोस्रो विश्वव्यापी परम्परागत चिकित्सा शिखर सम्मेलन हुँदै

    काठमाडौं— दोस्रो विश्वव्यापी परम्परागत चिकित्सा शिखर सम्मेलन आजदेखि भारतमा सुरु हुँदै छ । भारतले विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) को सहकार्यमा आयोजना गरेको उक्त सम्मलेन आजदेखि पुस ४ गतेसम्म सञ्चालन हुने छ ।विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) को विश्वव्यापी परम्परागत चिकित्सा रणनीति सन् २०२५–२०३४ द्वारा निर्देशित यस सम्मेलन जनकेन्द्रित स्वास्थ्य सेवा तथा पृथ्वीको समग्र कल्याणमा परम्परागत चिकित्सा प्रणालीहरूले कसरी सार्थक योगदान पु¥याउन सक्छन् भन्ने विषयमा केन्द्रित हुने जनाइएको छ ।सम्मेलनले विश्वका नेता, वैज्ञानिक, परम्परागत चिकित्सा अभ्यासकर्ता तथा समुदायहरूलाई एकै ठाउँमा ल्याई सहकार्यलाई प्

    • प्रकाशित मितिः पुस २, २०८२
    • 549 पटक पढिएको
  • भिरबाट लडेर मृत्यु

    बैतडी। स्याउला काट्न गएकी एक वृद्धाको भिरबाट लडेर मृत्यु भएको छ । जिल्लाको मेलौली नगरपालिका–२ सलेना बस्ने ७२ वर्षकी लक्ष्मी भट्ट मङ्गलबार मृत्यु भएको हो ।जिल्ला प्रहरी प्रवक्ता बलदेव बडूका अनुसार स्याउला काट्न जङ्गल गएकी उनी सोही ठाउँको ल्वापा भिरबाट खसेकी हुन् । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

    • प्रकाशित मितिः पुस २, २०८२
    • 269 पटक पढिएको
  • भारतीय ‘टुर अपरेटर’ टोली पोखरामा

    गण्डकी। पोखराको पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले पोखरा पर्यटन परिषद्, गण्डकी प्रदेश उद्योग तथा पर्यटन मन्त्रालय, पोखरा महानगरपालिका र नेपाल पर्यटन बोडको आयोजना भोलि यहाँ  हुने ‘टुरिजम मिट’ मा सहभागी हुन पोखरामा रहेको १२ सदस्यीय भारतीय ‘टुर अपरेटर र सोसल मिडया’कर्मीको टोलीले पर्यटकीय गन्तव्य बेगनास ताल क्षेत्रको अवलोकन गरेको छ । टोलीलाई सोमबार पोखरा पर्यटन परिषद्का महासचिव जीवनराज सापकोटाको नेतृत्वमा सुनौली नाकामा स्वागत गर्र्दै स्थलमार्गबाट चितवन हुँदै सौराहा ल्याइएको थियो । गन्तव्य प्रवर्द्धन कार्यक्रमअन्तर्गत भारतीय टोलीलाई होटल सङ्घ नेपाल चितवनका तर्फबाट स्वागत एवं पर्यटकीय साझे

    • प्रकाशित मितिः पुस २, २०८२
    • 283 पटक पढिएको
  • सुनको मूल्य सामान्यरुपमा बढ्दा चाँदीको मूल्य ह्वात्तै बढ्यो

    काठमाडौं— नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । बुधबार सुन ७ सय रुपैयाँले बढेको हो ।सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार प्रतितोला २ लाख ५९ हजारमा कारोबार भइरहेको सुन आज बढेर प्रतितोला २ लाख ५९ हजार ७ सय रुपैयाँमा कारोबार भईरहेको छ ।त्यस्तै चाँदीको मूल्य आज ७ सय २४ रुपैयाँले बढेको छ । जसले गर्दा आज चाँदी प्रतितोला ४ हजार ५५ रुपैयाँमा कारोबार भईरहेको छ ।

    • प्रकाशित मितिः पुस २, २०८२
    • 435 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.