समाचार

    Showing 7,051-7,060 of 19,527 items.
  • गृहमन्त्रीले राजीनामा नदिएसम्म सदन चल्न नदिने माओवादीको अडान

     काठमाडौं— नेकपा माओवादी केन्द्रले भिजिट भिसा प्रकरणमा रहेका गृहमन्त्री रमेश लेखकले राजीनामा नदिएसम्म संसदको अवरोध जारी राख्ने निर्णय गरेको छ । खुमलटारमा बसेको पदाधिकारी बैठकले गृहमन्त्रीले छानबिनका लागि राजीनामा दिनुपर्ने निष्कर्ष निकालेको सचिव लीलामणि पोखरेलले जानकारी दिए ।हिजो संवैधानिक बाध्यताअनुसार बजेट पेश गर्नको लागि अवरोध नगरेको भएपनि अब चल्न नदिने उनले सुनाए ।उता ठूला दल (एमाले–कांग्रेस)का शीर्ष नेताहरुले भने गृहमन्त्रीको राजीनामा असम्भव रहेको बताउँदै आएका छन् ।

    • प्रकाशित मितिः जेठ १६, २०८२
    • 310 पटक पढिएको
  • प्रेस चौतारीका संस्थापक अध्यक्ष चालिसेको निधन

    काठमाडौं— प्रेस चौतारी नेपालका संस्थापक अध्यक्ष तथा वरिष्ठ साहित्यकार विजय चालिसेको निधन भएको छ। चालिसेको आज बिहान साढे ९ बजे ७४ वर्षको उमेरमा निधन भएको हो।उनको पार्थिव शरीरलाई आज बिहान अन्तिम श्रद्धाञ्जलीका लागि राखिएको थियो भने  गोकर्णेश्वर घाटमा आजै अन्त्येष्टि गरिँदैछ ।गोरखापत्र दैनिकका पूर्वसम्पादक समेत रहेका चालिसे प्रेस स्वतन्त्रताको पक्षमा दृढ रुपमा उभिने एक अग्रणी व्यक्तित्वका रूपमा समेत चिनिन्छन् ।चालिसे नेपाली साहित्य, पत्रकारिता र सामाजिक चेतनाको क्षेत्रमा लामो समयदेखि सक्रिय रहँदै आएका थिए । चालिसे नेपाली साहित्य र पत्रकारिता क्षेत्र उतिकै सक्रिय थिए ।

    • प्रकाशित मितिः जेठ १६, २०८२
    • 258 पटक पढिएको
  • सुनको मूल्य सात सयले बढ्यो

    काठमाडौं — साताको अन्तिम दिन आज नेपाली बजारमा सुनको मूल्य बढेको छ । लगातार ४ कारोबार दिनदेखि घटिरहेको सुनको मूल्य शुक्रबार प्रतितोला ७ सय रुपैयाँले बढेको हो ।सुनको मूल्य प्रतितोला १ लाख ८८ हजार ५ सय रुपैयाँ कायम भएको छ । यसअघि बिहीबार सुनको मूल्य प्रतितोला १ लाख ८७ हजार ८ सय रुपैयाँको दरले किनबेच भएको थियो ।सुनको मूल्य बढेपनि आज चाँदीको मूल्य भने घटेको छ । सामान्य उतारचढावका बिच आज प्रतितोला १५ रुपैयाँले मूल्य घटेको महासंघले जनाएको छ ।आज चाँदीको मूल्य प्रतितोला १ हजार ९८० रुपैयाँमा किनबेच भइरहेको छ । यसअघि बिहीबार चाँदीको मूल्य १ हजार ९९५ रुपैयाँको दरले किनबेच भएको थियो ।

    • प्रकाशित मितिः जेठ १६, २०८२
    • 281 पटक पढिएको
  • नदीको बीच भागको टापुमा फसेका २२ जनाको गोताखोरले सकुशल उद्धार गरे

     चितवन— चितवनको भरतपुर महानगरपालिका–१६ शिवघाटस्थित नारायणी नदीको बीच भागमा फसेका २२ जनाको सशस्त्र प्रहरीको गोताखोरले सकुशल उद्धार गरेको छ। नारायणी नदीमा बाँध बाँधेर गिट्टी बालुवा निकाल्ने क्रममा बाँध फुटेर नदीको बीच भागको टापुमा फसेका उनीहरुको सकुशल उद्धार गरिएको हो।​उनीहरु नदीको बीच भागमा फसेको भन्ने जानकारी पाउनासाथ सशस्त्र प्रहरी बल नेपाल न. १७ गण चितवनबाट सशस्त्र प्रहरी निरीक्षक चामनारायण महतोको कमाण्डमा खटिएको गोताखोरसहितको सुरक्षा फौजले उनीहरुलाई बोटको सहायताले उद्धार गरेको हो। नदीको बाँध फुट्दा गिट्टी बालुवा लैजान प्रयोग भएको एउटा टिपर भने सोही ठाउँमा डुबेको छ।

    • प्रकाशित मितिः जेठ १६, २०८२
    • 244 पटक पढिएको
  • सदन अवरोध हटाउने बारे सभामुखले प्रमुख सचेतकहरुसँग छलफल गर्दै, के सदन अवरोध हट्ला ?

    काठमाडौं— दलका प्रमुख सचेतकहरुसँग सभामुख देवराज घिमिरेले छलफल गर्ने भएका छन् । शुक्रबार बिहान ११ बजे बस्ने गरी मुख्य सचेतक र प्रमुख सचेतकलाई छलफलमा बोलाएको सभामुख घिमिरेका प्रेस सल्लाहकार शेखर अधिकारीले जानकारी दिए।उनका अनुसार सदनको अवरूद्ध हटाउने, बजेटमाथिको छलफलको समय निर्धारण र आगामी क्यालेन्डरबारे छलफल हुने एजेन्डा छ।भिजिट भिसा प्रकरणमा प्रतिपक्षी दलहरूले गृहमन्त्री रमेश लेखकको राजीनामा माग गर्दै सदन अवरूद्ध गर्दै आएका छन्।

    • प्रकाशित मितिः जेठ १६, २०८२
    • 293 पटक पढिएको
  • राजावादीको आन्दोलन आज पनि जारी, दुर्गा प्रसार्इँ समुहले अलग्गै प्रदर्शन गर्ने

    काठमाडौं— राजावादीहरूले आज पनि आन्दोलनलाई निरन्तर दिने भएका छन् । विहीबार (हिजो) देखी काठमाडौं केन्द्रित आन्दोलनले शुक्रबार (आज) पनि निरन्तर दिने भएको हो ।आन्दोलन रत्नपार्क, शान्तिबाटिका केन्द्रित आज १२ बजेबाट नै सुरू हुने राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले जानकारी दिए ।दुर्गा प्रसाइ नेतृत्वको अभियान भने राप्रपा नेतृत्वमा सहभागी नहुने भन्दै शुक्रबारवाट माइतीघर केन्द्रित हुने जनाएको छ। 

    • प्रकाशित मितिः जेठ १६, २०८२
    • 404 पटक पढिएको
  • यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

    काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १३६ रुपैयाँ ५२ पैसा र बिक्रीदर १३७ रुपैयाँ १२ पैसा कायम भएको छ । युरोपियन युरो एकको खरिददर १५४ रुपैयाँ ०७ पैसा र बिक्रीदर १५४ रुपैयाँ ७५ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १८३ रुपैयाँ ८६ पैसा र बिक्रीदर १८४ रुपैयाँ ६७ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १६४ रुपैयाँ ९६ पैसा र बिक्रीदर १६५ रुपैयाँ ६८ पैसा कायम गरिएको छ । अष्ट्रेलियन डलर एकको खरिददर ८७ रुपैयाँ ८७ पैसा र बिक्रीदर ८८ रुपैयाँ २६ पैसा, क्यानेडियन डलर एकको खरिददर ९८ रुपैयाँ ७० पैसा र बिक्रीदर

    • प्रकाशित मितिः जेठ १६, २०८२
    • 329 पटक पढिएको
  • कस्तो रहनेछ आजको मौसम

    काठमाण्डौ । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको प्रभाव रहेको छ।सुदूरपश्चिम प्रदेश, लुम्बिनी प्रदेश लगायत देशको पहाडी भू-भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा देखी आंशिक बदली रहेको छ । कोशी प्रदेश, बागमती प्रदेश, लुम्बिनी प्रदेश र कर्णाली प्रदेशका थोरै स्थानहरूमा तथा गण्डकी प्रदेशको एक-दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।दिउँसो कोशी प्रदेशका केही स्थान, मधेशस, वाग्मती र गण्डकी प्रदेशलगायत पहाडी भूभागका थोरै स्थानमा र बाँकी भूभागका एक/दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। कोशी र गण्डकी प्रदेशका एक/

    • प्रकाशित मितिः जेठ १६, २०८२
    • 255 पटक पढिएको
  • सशस्त्र प्रहरी बलका ठाडा मगर एआईजीमा बढुवा सिफारिस

    काठमाण्डौ । सशस्त्र प्रहरी बलका डीआईजी गणेश बहादुर ठाडा मगरलाई एआईजीमा बढुवाका लागि सिफारिस गरिएको छ । बिहीबार गृह मन्त्रालयका सचिव गोकर्णमणी दुवाडीको नेतृत्वमा बसेको बढुवा समितिले उनलाई एआईजीमा बढुवा सिफारिस गरेको हो।यस सिफारिससँगै ठाडा मगर नेतृत्व तहमा पुग्ने निश्चित भए पनि अन्य वरिष्ठ अधिकृतहरूको सम्भावना कमजोर देखिएको छ। सशस्त्र प्रहरीका तत्कालीन एआईजी चन्द्रप्रकाश (सिपी) गौतम वैशाख २ मा अवकाश प्राप्त गरेपछि रिक्त रहेको पदमा डेढ महिनापछि बढुवाको निर्णय भएको हो।वैशाख १४ मा बढुवा समितिले ७ दिनको सूचना प्रकाशन गरेको थियो । सूचना अनुसार ८ जना डिआइजीहरूले आवेदन फारम भरेका थिए ।दरखास्त फारम

    • प्रकाशित मितिः जेठ १५, २०८२
    • 799 पटक पढिएको
  • राजावादीको प्रदर्शनका क्रममा पक्राउ पर्नेको संख्या ५ पुग्यो (नामसहित)

    काठमाडौं—   गणतन्त्र दिवसका दिन राजावादीले आयोजना गरेको प्रदर्शनमा घुसपैठ भएको आरोपमा शान्तिबाटी, विद्युत कार्यालय क्षेत्रबाट ५ जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी परिसरका एसपी अपिलराज बोहराका अनुसार २२ वर्षीय घनश्याम न्यायुपाने, २३ वर्षीय ब्रिज मोहन राय, १७ वर्षीय शिवराज जैसी, २६ वर्षीय आशिष लामा र २१ वर्षीय पारस राणा रहेका छन् ।उनीहरुमध्ये घनश्याम न्याउपाने र ब्रिज मोहन रायलाई विद्युत प्राधिकरणबाट गिरफ्तार गरी प्रहरी वृत्त सिंहदरबारमा राखिएको, शिवराज जैसीलाई शान्तिबाटीकाबाट घुसपेठ गरेको भनी कार्यकर्ताले प्रहरीलाई बुझाएपछि उनलाई प्रहरी वृत्त दरबारमार्गमा राखेको, आशिष लाम

    • प्रकाशित मितिः जेठ १५, २०८२
    • 485 पटक पढिएको
  • Esoul Media (P) Ltd.
  • सूचना तथा प्रशारण बिभाग दर्ता नं: २३१७/०७७-०७८
  • विज्ञापनका लागि सम्पर्क
  • Mb: 9852655454/9814072385
  • [email protected]
  • संवाददाता
  • दिपेन बिश्वकर्मा