समाचार

    Showing 7,041-7,050 of 19,527 items.
  • जाँच गर्ने क्रममा पाँच लाख भारतीय रुपैयाँ बरामद, दुई जना पक्राउ परे

    नेपालगञ्ज— बाँकेमा पाँच लाख भारतीय रुपैयाँसहित दुई जनालाई पक्राउ गरिएको छ । उनीहरूलाई जाँच गर्ने क्रममा नेपालगञ्ज उपमहानगरपालिका–१६ स्थित जयसपुरबाट पक्राउ गरिएको हो । नेपाल–भारत सीमा क्षेत्र रुपैडिहा हुँदै नेपाल प्रवेश गर्न लागेका  उनीहरुलाई पक्राउ गरेको प्रहरीकोृ भनाइ छ ।भारतको उत्तर प्रदेश राज्यका लखनऊ निवासी ४० वर्षीय नीरज चौरसिया र दाडको पुरन्धाराकी २६ वर्षीया साइना नेपालीलाई आज राजस्व अनुसन्धान कार्यालय, कोहलपुर पठाइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक दीपक पातलीले जानकारी दिए ।पक्राउ परेकाहरूबाट भारतीय रुपैयाँ ५०० का ६०० थान र २०० का एक हजार थान गरी कुल पाँच लाख भा

    • प्रकाशित मितिः जेठ १६, २०८२
    • 298 पटक पढिएको
  • प्रहरीका ११ जना एसएसपीको डीआईजीमा बढुवा, बढुवा को को भए ?

    काठमाडौं— नेपाल प्रहरीका ११ जना वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी)हरू नायब महानिरीक्षक (डीआईजी)मा बढुवा भएका छन् । प्रहरी प्रधान कार्यालयले शुक्रबार एक सूचना जारी गर्दै ११ एसएसपीको बढुवा र पदस्थापन गरिएकोबारे जानकारी गराएको छ ।बढुवा हुनेहरूमा सुदर्शनप्रसाद कोइराला, विनोद घिमिरे, दिपेन्द्र घर्ती क्षेत्री (जिसी), दिपक रेग्मी, माधवप्रसाद श्रेष्ठ, दिलिप सिंह देउवा, दिपक कुमार बस्नेत, ओम बहादुर राना, जयराज सापकोटा, संजिव शर्मा दास र सुरेन्द्र बहादुर गुरुङ रहेका छन् ।

    • प्रकाशित मितिः जेठ १६, २०८२
    • 287 पटक पढिएको
  • खाजा खान होटेलमा पसेका युवकको मृत्यु

    काठमाडौं— ललितपुर महानगरपालिका–१४ स्थित नखिपोटमा खाजा खान होटेलमा प्रवेश गरेका युवकको शङ्कास्पद मृत्यु भएको छ । जेठ १४ मा मध्यान्ह काभ्रेको महाभारत गाउँपालिका वडा नम्बर–५ घर भएका २३ वर्षीय टुकेस मगरको मृत्यु भएको हो ।नखिपोटस्थित लोहाचोकमा बस्दै आएका मगर दिलबहादुर आलेको खाजा घरमा छिरेर टेबुलमा बसेका थिए । टेबलमा बसिरहेकै अवस्थामा उनको मृत्यु भएको जिल्ला प्रहरी परिसर ललितपुरका एसपी चक्रराज जोशीले जानकारी दिए।उनको शव पाटन अस्पतालमा पोस्टमार्टम गरिँदै छ । शङ्कास्पद तवरले मृत्यु भएको भन्दै प्रहरीले त्यसबारे अनुसन्धान गरिरहेको छ । पोस्टमार्टम रिपोर्टको आधारमा थप अनुसन्धान अघि बढाइने एसपी जोशीले जानक

    • प्रकाशित मितिः जेठ १६, २०८२
    • 271 पटक पढिएको
  • किर्ते चालक अनुमतिपत्र बनाएको आरोपमा ४ जनाविरुद्ध मुद्दा दायर

    काठमाडौं— यातायात व्यवस्था कार्यालय सवारी चालक अनुमतिपत्र, रुपन्देहीका तत्कालीन कम्प्युटर अपरेटर कमल पराजुलीसहित ४ जनालाई गलत लिखत एवं सरकारी कागजात सच्याई भ्रष्टाचार गरेको भन्दै मुद्दा दायर भएको छ । कम्प्युटर अपरेटर पराजुली, सहायक कम्प्युटर अपरेटर नारायण प्रसाद पाण्डेय र यातायात व्यवस्था कार्यालय, दाङ्ग, तुलसीपुरका तत्कालीन कम्प्युटर अपरेटर अनिल बुढामगर विरुद्ध अख्त्तियार दुरुपयोग अनुसन्धान आयोगले शुक्रबार मुद्दा दायर गरेको हो । 

    • प्रकाशित मितिः जेठ १६, २०८२
    • 415 पटक पढिएको
  • काठमाडौंका तीन जिल्लामा आइतबार सार्वजनिक बिदा

    काठमाडौं— सरकारले आइतबार काठमाडौंका तीन जिल्लामा सार्वजनिक बिदा दिने भएको छ । भोटो देखाउने जात्राका दिन काठमाडौं उपत्यकाका तीन जिल्लाहरु काठमाडौं, ललितपुर र भत्तपुरमा सार्वजनिक बिदा दिने निर्णय भएको गृह मन्त्रालयका प्रवक्ता रामचन्द्र तिवारीले जारी गरेको सूचनामा उल्लेख छ ।

    • प्रकाशित मितिः जेठ १६, २०८२
    • 250 पटक पढिएको
  • राजावादी आन्दोलनले सवारी यातायात प्रभावित, लिङ्देनले सवारी साधन अवरुद्ध नगर्न आग्रह गरे

    काठमाडौं— राजावादीले राजसंस्था पुनस्स्थापनाको मागसहित सुरु भएको ‘संयुक्त जनआन्दोलन’ले विजुलीबजार बबरमहलको मुख्य सडक कब्जा गरेको छ ।शुक्रबार (आज) पनि जारी आन्दोलनमा सहभागी राजावादीहरुले विजुलीबजार बबरमहल सडक कब्जा गरेका हुन् ।माइतीघरमा भेला भएका राजावादीहरुले नयाँ बानेश्वरतर्फ आउने क्रममा बबरमहल बिजुलीबजारको मुख्य सडक कब्जा गरेका हुन् । जसको कारण यातायात प्रभावित भएको छ ।यातायात प्रभावित भएपछि राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले सवारी साधन अवरुद्ध नगर्न आग्रह गरेका छन् ।आन्दोलन नवराज सुवेदी नेतृत्वको संयुक्त जनआन्दोलन समिति र राष्ट्रिय प्रजातन्त्र पार्टीले गरिरहेको छ । आन्दोलनमा राप्रपा अध्यक्ष

    • प्रकाशित मितिः जेठ १६, २०८२
    • 301 पटक पढिएको
  • भारतीय नम्बरको स्कार्पियो कारबाट लागुऔषध गाँजा बरामद

    सुनसरी— सुनसरीको दुहबी नगरपालिका—११ स्थितबाट भारतीय नम्बरको स्कार्पियोबाट प्रहरीले लागुऔषध गाँजा बरामद गरेको छ ।  विहीबार प्रतिबन्धित लागु औषध बेचविखन भइरहेको सूचना पाएलगत्तै प्रहरीले १४ पोका गाँजा बरामद गरेको हो ।विहीबार बिहान ३ बजे लागुऔषध बेचबिखन भईरहेको भन्ने बिशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय दुहबी, प्रहरी चौकी तनमुना र प्रहरी चौकी रामगंज वेलगछियाबाट चेकजाँचमा खटिएको प्रहरी टोलीले बरामद गरेको प्रहरीले जनाएको छ । WB 06 H 2858 नम्बरको भारतीय स्कार्पियो कार भित्रबाट प्लाष्टिकमा पोका पारी लोड गरि राखेको (१४ पोका) ४ किलो ३८ ग्राम गाँजा बरामद गरेको छ । गाँजा बरामद गरेसगै फरार

    • प्रकाशित मितिः जेठ १६, २०८२
    • 305 पटक पढिएको
  • झापा, मोरङ र सुनसरीबाट लागुऔषधसहित ५ जना पक्राउ

    बिराटनगर— लागुऔषध सहित ५ जनालाई प्रहरीले पक्राउ गरेको छ । झापा, मोरङ र सुनसरीबाट ५ जनालाई पक्राउ गरेको हो ।झापाको मेचिनगर–११ स्थितमा जिल्ला प्रहरी कार्यालय झापा र लागुऔषध नियन्त्रण ब्युरो काँकरभिट्टाबाट खटिएको प्रहरी टोलीले मेचिनगर–१२ का २५ बर्षीय अजय मेचेलाई १ ग्राम ७८ मिलिग्राम ब्राउन सुगर, प्रतिबन्धित लागुऔषध Tramadol, Antikof र Spaspain गरि जम्मा ४६ ट्याबलेट फेला पारी नियन्त्रणमा लिएको हो । त्यसैगरी लागुऔषध नियन्त्रण ब्युरो बिराटनगरले बिराटनगर–१५ बाट ४ ग्राम ब्राउन सुगरसहित बेलबारी–४ का ३२ बर्षीय हिमाल रिजाललाई पक्राउ गरेको हो । त्यस्तै सुनसरीको कोशी गाउँपालिका–१ स्थितमा इलाका प्रहरी

    • प्रकाशित मितिः जेठ १६, २०८२
    • 272 पटक पढिएको
  • १ हजार १४३ केजी गाँजासहित २ महिलालाई पक्राउ

    गाईघाट— नेपाल प्रहरीले उदयपुरबाट २८ मन ५ सय ७५ ग्राम अर्थात १ हजार १४३ केजी गाँजासहित २ महिलालाई पक्राउ गरेको छ ।उदयपुरको चौदण्डीगढी नगरपालिका–१, रानीटारका ४१ वर्षीया रत्नमाया श्रेष्ठ र ४२ वर्षीया कमला श्रेष्ठलाई गाँजासहित पक्राउ गरेको हो ।रानीटार स्थित रत्नमायाको घरमा ३५ ओटा बोरामा प्याक गरेर राखिएको १ हजार १४३ दशमलव २७५ केजी गाँजा बरामद भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।जिल्ला प्रहरी कार्यालय उदयपुर र ईलाका प्रहरी कार्यालय रामपुरठोक्सिलाको संयुक्त टोलीले गाँजा र मानिस पक्राउ गरेको हो । घट्नाको थप अनुशन्धान भईरहको प्रहरीले जनाएको छ ।

    • प्रकाशित मितिः जेठ १६, २०८२
    • 302 पटक पढिएको
  • जब राज्य नै द्न्द्पीडितप्रति उत्तरदायी र जिम्मेवार भएन भने पीडित पक्षले कसरी पाउँछ न्याय?

    काठमाडौं— संघीयता सवलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा शान्ति प्रक्रिया, संक्रमणकालिन न्यायका सम्बन्धमा हालसम्म भएका काम कारवाही र सो सम्बन्धका बारेमा छलफल गरेको छ । शुक्रबार बसेको उक्त समितिको बैठकले बेपत्ता पारिएका व्यक्तिको छानविन आयोग र सत्य निरुपण तथा मेलमिलाप आयोगको भावी कार्ययोजनाबारे छलफल गरेको हो । बैठकको छलफलमा सत्य निरुपण तथा मेलमिलाप आयोगका पूर्वअध्यक्ष गणेश दत्त भट्टले आयोगलाई राज्यले गाइडेड कमिसनको रुपमा स्थापित गर्न खोजिरहेको बताए । उनले दुईवटै आयोगलाई गाइडेडको रुपमा परिवर्तन गर्दा द्न्द्पीडितले न्याय नपाउने बताए ।उनले भने, ‘दुईवटा आयोग छन् । जसमा टिआरसी र बेपत्

    • प्रकाशित मितिः जेठ १६, २०८२
    • 251 पटक पढिएको
  • Esoul Media (P) Ltd.
  • सूचना तथा प्रशारण बिभाग दर्ता नं: २३१७/०७७-०७८
  • विज्ञापनका लागि सम्पर्क
  • Mb: 9852655454/9814072385
  • [email protected]
  • संवाददाता
  • दिपेन बिश्वकर्मा