समाचार

    Showing 6,871-6,880 of 19,527 items.
  • अहमदावादमा २ सय ४२ यात्रु सवार एअर इण्डियाको विमान दुर्घटना

    गुजरात— गुजरातको अहमदावादमा दुर्घटनामा परेको विमानमा २ सय ४२ जना यात्रु सवार रहेको भारतीय सञ्चार माध्यमले जनाएका छन् । भारतीय समाचार संस्था एएनआईका अनुसार बिहीबार दिउँसो दुर्घटनामा परेको एअर इण्डियाको विमानमा २ सय ४२ जना यात्रु सवार थिए ।लण्डनका लागि उडान भरेको बोइङ ७८७ ड्रिमलाइन विमान अहमदावादस्थित सरदार बल्लभभाइ पटेल अन्तर्राष्ट्रिय विमानस्थलमा टेकअफ लगत्तै दुर्घटनामा परेको हो ।अहिले उद्धारका लागि घटनास्थलमा सुरक्षाकर्मी परिचालन गरिएको छ ।घटनास्थलबाट सार्वजनिक तस्बिरमा धुवाँको कालो मुस्लो उडिरहेको देखिन्छ । भारतीय टेलिभिजन एबीपीले उल्लेख गरेअनुसार विमानस्थलको बाउण्ड्रीमा कुनै भवन वा पर्खालमा

    • प्रकाशित मितिः जेठ २९, २०८२
    • 418 पटक पढिएको
  • उर्जामन्त्री खड्कासँग विश्व बैँकका क्षेत्रीय निर्देशकको भेट

    काठमाडौँ -  उर्जा, जलस्रोत तथा सिंचाईमन्त्री दिपक खड्कासँग विश्व बैँक दक्षिण एशियाका क्षेत्रीय निर्देशक पङ्कज गुप्ताले भेटवार्ता गरेका छन् ।सिंहदरबारस्थित उर्जा मन्त्रालयमा आज भएको भेटमा विश्व बैँकले नेपालका जलविद्युत क्षेत्रमा गरेको लगानीका विषयमा छलफल भएको हो । भेटमा उर्जामन्त्री खड्काले नेपालका जलविद्युत आयोजनामा विश्व बैँकले हालसम्म गरेको लगानीप्रति धन्यवाद दिँदै आगामी दिनमा पनि यसलाई निरन्तरता दिन आग्रह गरे । उनले अप्पर अरुण जलविद्युत आयोजनाको वित्तिय व्यवस्थापनको कार्यलाई चाँडो टुङ्गोमा पु¥याउन समेत विश्व बैँकसँग आग्रह गरे । यस्तै, विद्युतको आपूर्ति सुदृढीकरण गर्ने विषयमा समेत

    • प्रकाशित मितिः जेठ २९, २०८२
    • 213 पटक पढिएको
  • एक साताभित्र देशभर सक्रिय हुँदैछ मनसुन : मौसम विभाग

    काठमाडौं — जल तथा मौसम विज्ञान विभागले आगामी एक साताभित्र देशभर मनसुन सक्रिय हुने जनाएको छ। यस वर्ष औसत मितिभन्दा १५ दिनअघि नै नेपालको पूर्वी भागमा मनसुन प्रवेश गरिसकेको विभागको भनाइ छ।विभागकी वरिष्ठ मौसमविद् शान्ति कँडेलका अनुसार बिहीबारदेखि वर्षा सक्रियता बढ्ने संकेत देखिएको छ। “अबको केही दिन हल्कादेखि भारी वर्षासम्मको सम्भावना सबै प्रदेशमा देखिएको छ,” उनले भनिन्।हाल मनसुनी वायु मुख्यतया पूर्वी क्षेत्रमा सीमित रहेकाले एक साताभित्र देशभर फैलिने बताइएको छ।यस वर्ष औसतभन्दा बढी वर्षा हुन सक्ने संकेत देखिएको उल्लेख गर्दै कँडेलले अधिकतम र न्यूनतम तापक्रम पनि सामान्यभन्दा उच्च रहने सम्भावना रहेको ज

    • प्रकाशित मितिः जेठ २९, २०८२
    • 146 पटक पढिएको
  • उद्योगको बक्यौता उठाउन इमान्दार प्रयास गर्दा पदबाट हटाइयोः कुलमान घिसिङ

    काठमाडौं -  नेपाल विद्युत प्राधिकरणका निवर्तमान कार्यकारी निर्देशक कुलमान घिसिङले उद्योगको बक्यौता उठाउन इमान्दार प्रयास गर्दा सरकारले आफुलाई पदबाट हटाएको बताएका छन् ।लामो समयदेखि देशभर व्याप्त विद्युत लोडसेडिङको अन्त्य गर्दै ऊर्जा व्यवस्थापनमा ऐतिहासिक मानक स्थापित गरेको भन्दै नागरिक अभिनन्दन मूल समिति, सर्लाहीले हरिवनमा कार्यक्रम गरी बुधबार घिसिङलाई नागरिक अभिनन्दन गरेको थियो ।सोहि कार्यक्रममा बोल्दै घिसिङले आफ्नो कार्यसम्पादन देश विदेशमा रहेका नेपालीले प्रष्टैसँग देखेको तर सरकारले शून्य नम्बर दिएको, जनतालाई अँध्यारोमा राखेर डेडिकेटेड तथा ट्रंक लाइनमार्फत विद्युत् आपूर्ति लिएका उद्योगको

    • प्रकाशित मितिः जेठ २९, २०८२
    • 261 पटक पढिएको
  • अनुगमन तथा सङ्कलित नमूनाको परीक्षणबाट देखिएको कैफियताका आधारमा २२ महिनामा ४७ व्यापारीविरुद्ध मुद्दा दायर

    हेटौँडा— खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय हेटौँडाले ४७ जना व्यवसायी विरुद्ध मुद्दा दायर गरेको छ । सो कार्यालय र मातहतका विभिन्न डिभिजन कार्यालयबाट गरिएको अनुगमन तथा सङ्कलित नमूनाको परीक्षणबाट देखिएको कैफियताका आधारमा ४७ जना व्यवसायीविरुद्ध दायर गरेको हो ।चालु आर्थिक वर्ष २०८१/८२ गरिएको अनुगमन तथा सङ्कलित नमूनाको परीक्षणबाट देखिएको कैफियताका आधारमा तीन जना व्यवसायीविरुद्ध खाद्य स्वच्छता तथा गुणस्तर ऐनअन्तर्गत मुद्दा दायर गरिएको कार्यालय प्रमुख काशीनाथ घिमिरेले जानकारी दिए ।उक्त कार्यालयले अघिल्लो आर्थिक वर्ष २०८१/८१ मा ४४ जना व्यापारीविरुद्ध मुद्दा दायर गरेको थियो ।अनुगमनका क्रममा सङ्कल

    • प्रकाशित मितिः जेठ २९, २०८२
    • 144 पटक पढिएको
  • बालेनविरुद्ध अख्तियारमा युवराज सफलको उजुरी

    काठमाडौं — काठमाडौं महानगरपालिकाको कार्यालयमा हालै जडान गरिएको लिफ्टमा अनियमितता भएको दाबी गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ। अधिवक्ता युवराज सफलले लिफ्ट जडान प्रक्रियामा पारदर्शिता नदेखिएको भन्दै मेयर बालेन शाहविरुद्ध उजुरी दर्ता गरेका हुन्।सफलले अख्तियारमा दिएका उजुरीमा भनिएको छ, “लिफ्ट जडान गर्नु आपत्तिजनक होइन, तर सार्वजनिक खरिद ऐन, २०६३ को दफा ११ र खरिद नियमावली, २०६४ विपरीत कुनै प्रतिस्पर्धा बिना, टेन्डर वा कोटेसन नगरी अपारदर्शी ढंगले लिफ्ट जडान गरिएकोप्रति मेरो आपत्ति हो।”उजुरीमा लिफ्ट खरिद प्रक्रिया सार्वजनिक निकायका लागि अनिवार्य बोलपत्र प्रणाली अवलम्बन नगरी गरिएक

    • प्रकाशित मितिः जेठ २९, २०८२
    • 190 पटक पढिएको
  • सुनचाँदी व्यवसायीहरूले गरे विरोध प्रदर्शन, पसलमै राखियो कालो व्यानर

    काठमाडौँ -  सुनचाँदी व्यवसायीहरूले सुनचाँदी गहनामा लगाइएको विलासिता कर फिर्ता लिन माग गर्दै बिरोध प्रदर्शन गरेका छन् ।बिहीबार नेपाल सुनचाँदी व्यवसायी तथा कालिगड संघर्ष समितिले सुनचाँदी गहनामा लगाइएको अनावश्यक करको फिर्ता लिन माग गर्दैे काठमाडौँको न्यूरोड क्षेत्रमा प्रदर्शन गरेका हुन् ।बजेटमा अव्यवहारिक र अनावश्यक रूपमा २ प्रतिशत विलासी करको व्यवस्था गरिएकाले यसलाई खारेज गर्नुपर्ने उनीहरूको भनाइ छ ।उनीहरुले सुनचाँदीमा लगाएको विलासिता कर खारेज गर, सुनको भन्सार ६ प्रतिशत लागू गर,सुन चाँदी कारोबारको लागि प्रष्ट नीति नियमावली निर्माण गर लगाएतका प्लेकार्ड प्रदर्शन गरेका थिए ।व्यवसायीहरुले देशभर

    • प्रकाशित मितिः जेठ २९, २०८२
    • 198 पटक पढिएको
  • तिला गाउँपालिकाको गाडी अज्ञात समूहबाट तोडफोड

    जुम्ला– जिल्लाको तिला गाउँपालिका–४ का वडाअध्यक्ष चढ्ने गाडी तोडफोड भएको छ । अज्ञात समुहले अध्यक्ष मोतिलाल रोकाया चढ्ने स्कारपियो गाडीको पछाडिको सिसा कार्यक्रम सकेर फर्किँदा फुटाइएको अवस्थामा भेटिएको हो। पार्किङमा राखिएको गाउँपालिकाका अध्यक्ष मोतिलाल रोकाया चढ्ने गाडी अज्ञात समूहले तोडफोड गरेको गाउँपालिकाका सूचना अधिकारी बखतबहादुर हमालले बताए ।गाडी भर्खर खरिद गरिएको र एक दिनअघि मात्र गाउँपालिकामा ल्याइएको सूचना अधिकारी हमालको भनाइ छ।प्रहरीले तोडफोड गर्नेको खोजी जारी राखेको जनाएको छ। केही दिनअघि मात्रै पालिकाका दुई वडाध्यक्षमाथि पनि आक्रमण भएको उनको भनाइ छ ।

    • प्रकाशित मितिः जेठ २९, २०८२
    • 244 पटक पढिएको
  • नेपालमा धेरै सम्भावनाहरु छन्, सदुपयोग गर्नुपर्छ : अर्थमन्त्री पौडेल

    काठमाडौं - उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले नेपालमा हरेक क्षेत्रको अपार सम्भावना रहेको बताउँदै त्यसको समुचित सदुपयोग गर्नुपर्नेमा जोड दिएका छन् ।मिडिया इन्टरनेसनलद्वारा आयोजित ‘काम गरौं आफ्नै देशमा’नामक वित्तीय साक्षरता, उद्यमशीलता तथा आर्थिक सम्भाव्यताको खोज अभियान कार्यक्रमको उद्घाटन गर्दै अर्थमन्त्री पौडेलले नेपाली युवाले देशमै अवसर खोज्न सक्ने वातावारण निर्माण गर्नुपर्ने बताएका हुन् ।उनले भने, ‘आफूभित्रको सम्भावना र आफ्नै देशको सम्भाव्यता बुझ्न सकेको देशले मात्रै विकासमा गति लिन्छ । जोसँग जे छ, त्यसैको सदुपयोग गरेर अगाडि बढ्नुपर्छ । नेपालसँग नभएको केही चिज नै छैन । नेपा

    • प्रकाशित मितिः जेठ २९, २०८२
    • 190 पटक पढिएको
  • पाँच महिनामा चितवनमा थपिए ५२ एचआइभी सङ्क्रमित

    चितवन— चितवनमा यस वर्षको पहिलो पाँच महिनामा ५२ जना नयाँ एचआइभी सङ्क्रमित थपिएका छन्। भरतपुर अस्पतालस्थित एएचएफ नेपाल केन्द्रमा तीमध्ये २३ जना स्थानीय छन् भने बाँकी अन्य जिल्लाबाट स्थानान्तरण भएर आएका हुन्।हाल यस केन्द्रमा १,१८८ जना बिरामी नियमित रुपमा औषधि सेवन गरिरहेका छन्। तीमध्ये ५८२ पुरुष, ५५८ महिला, ३० बालबालिका र १८ जना तेस्रो लिङ्गी छन्। माडी र डण्डास्थित अस्पतालमा ५५ जना स्थानान्तरण भइसकेका छन् भने ५ जना फेरि भरतपुर फर्किएका छन्।अस्पतालले औषधिसँगै बिरामी र कुरुवालाई खाना, एम्बुलेन्स, उपचार सहयोग र खाध्यान्न समेत उपलब्ध गराइरहेको छ। यद्यपि, भाइरल लोड परीक्षणमा चाहिने किट अभावका कारण पछि

    • प्रकाशित मितिः जेठ २९, २०८२
    • 217 पटक पढिएको
  • Esoul Media (P) Ltd.
  • सूचना तथा प्रशारण बिभाग दर्ता नं: २३१७/०७७-०७८
  • विज्ञापनका लागि सम्पर्क
  • Mb: 9852655454/9814072385
  • [email protected]
  • संवाददाता
  • दिपेन बिश्वकर्मा