समाचार

    Showing 6,361-6,370 of 25,597 items.
  • यही पुस २६ र २७ गते ट्रक यातायात व्यवसायी महासंघको साधारणसभा र महाधिवेशन हुने

    काठमाडौं— नेपाल ट्रक यातायात व्यवसायी महासंघको १७औँ वार्षिक साधारणसभा तथा आठौँ महाधिवेशन आगामी पुस २६ र २७ गते ललितपुरमा आयोजना हुने भएको छ।महासंघको गत मंसिर १४ गते बसेको कार्यसमितिको निर्णयअनुसार साधारणसभा तथा महाधिवेशन ललितपुरको धोबिघाटस्थित सिद्धार्थ कटेज रेष्टुरामा हुने महासंघले जनाएको छ। कार्यक्रम दुवै दिन बिहान ८ बजेदेखि सुरु हुनेछ।महासंघले उक्त कार्यक्रममा पदाधिकारी, प्रतिनिधि तथा सम्बन्धित सबै सदस्यहरूको सक्रिय सहभागिता रहने विश्वास व्यक्त गरेको छ। साधारणसभा तथा महाधिवेशनमार्फत संगठनले हालसम्म गरेका गतिविधिको समीक्षा गर्नुका साथै आगामी कार्ययोजना र नयाँ नेतृत्व चयनसम्बन्धी विषयमा छलफल

    • प्रकाशित मितिः पुस २२, २०८२
    • 542 पटक पढिएको
  • टी–ट्वान्टी विश्वकप ट्रफी नेपालमा

    काठमाडौं— अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) अन्तर्गत अर्को महिनामा हुने टी–ट्वान्टी विश्वकप ट्रफी नेपाल ल्याइएको छ । सो टी–ट्वान्टी विश्वकप ट्रफी राष्ट्रपति निवासमा सोमबार सार्वजनिक गरियो । राष्ट्रपति रामचन्द्र पौडेलले टी–ट्वान्टी विश्वकपको ट्रफी अनावरण गरेका छन्।राष्ट्रपतिले विश्वकप ट्रफी नेपाल आउनु देशका लागि गौरवपूर्ण क्षण भएको बताए । उनले यस ऐतिहासिक अवसरले नेपाल विश्व क्रिकेटको केन्द्रतर्फ अग्रसर भइरहेको सन्देश विश्वभर फैलिएको बताए।राष्ट्रपति पौडेलले भने– ‘नेपाल आज खेलप्रेमी राष्ट्रका रूपमा सशक्त तवरले स्थापित हुँदैं गएको छ, क्रिकेटले देशलाई एकतामा बाँध्ने महत्वपूर्ण भूमिका निर्वाह

    • प्रकाशित मितिः पुस २२, २०८२
    • 510 पटक पढिएको
  • उद्योग दर्तादेखि सञ्चालनसम्म एकद्वार प्रणाली लागु गर्न चेम्बरको सुझाव

    काठमाडौं— उद्योग दर्तादेखि सञ्चालनमा ल्याउने प्रक्रियासम्म एकद्वार प्रणाली कार्यान्वयन गर्न नेपाल चेम्बर अफ कमर्सले उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री अनिलकुमार सिन्हाको ध्यानाकर्षण गराएको छ।काठमाडौंको जमलस्थित चेम्बर भवनमा आयोजित कार्यक्रममा चेम्बरले मुलुकमा औद्योगिक तथा व्यवसायिक वातावरण निर्माणका लागि नीतिगत सहजीकरण आवश्यक रहेको धारणा राख्दै स्थानीय तह, प्रदेश र संघबीचको अधिकार क्षेत्र स्पष्ट गरी दोहोरो कर तथा अनुमति पत्र हटाउने व्यवस्थाका लागि पहल गर्न आग्रह गरेको छ।कार्यक्रममा चेम्बर अध्यक्ष कमलेशकुमार अग्रवालले औद्योगिक र व्यवसायिक वातावरण निर्माणसँगै उद्यमी–व्यवसायीहरूको मनोबल उकास्न सु

    • प्रकाशित मितिः पुस २२, २०८२
    • 520 पटक पढिएको
  • धनुषा मस्जिद तोडफोड घटना प्रकरणः सरोकारवलासंग छलफल सम्पन्न

    जनकपुर— धनुषाको कमला नगरपालिका वडा नं. ६ मा गत शनिबार १९ गत्ते भएको मस्जिदमा तोडफोड एवम मुस्लिम धर्मको धार्मिक ग्रन्थमा आगजनी घटनामा आज सरोकारवलाहरुसंग छलफल भएको छ ।जनकपुरधामस्थित जिल्ला प्रशासन कार्यालय धनुषामा प्रमुख जिल्ला अधिकारी प्रेम प्रसाद लुइटेलले मुस्लिम र हिन्दू समुदायका अगुवाहरुसंग छलफल गरेका छन् । छलफल पश्चात सञ्चारकर्मीहरुसंग कुरा गर्दै प्रमुख जिल्ला अधिकारी लुइटेलले कमला नगरपालिकाका घटेको घटनामा संलग्नहरु कानुन बमोजिम सजाय हुने जानकारी दिए ।उनले सामाजिक सद्भाव, धार्मिक सहिष्ण्णुता, एकताको भावनामा कहिँ कसैबाट कानुन उलंघन हुने, द्वव्श फैलाउने, एक अर्काप्रति आक्षेप लगाउने जस्ता कार्

    • प्रकाशित मितिः पुस २२, २०८२
    • 509 पटक पढिएको
  • राष्ट्रियसभा निर्वाचनको तयारीमा एमाले, आज सचिवालय बैठक बस्दै

    काठमाडौं— नेकपा एमालेको केन्द्रीय सचिवालय बैठक आज बिहान बस्दैछ।समसामयिक राजनीतिक परिस्थिति, राष्ट्रियसभा निर्वाचनमा भोलि हुने मनोनयन र केन्द्रीय कमिटीका एजेण्डा तय गर्न बैठक बस्न लागेको हो।पार्टी केन्द्रीय सचिव पद्मा अर्यालका अनुसार बैठक बिहान ९ बजे च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा बस्नेछ।आजको बैठकमा नेताहरूको कार्यविभाजन पनि प्रमुख एजेण्डाका रूपमा रहेको एक पदाधिकारीले जानकारी दिएका छन्। उनका अनुसार देश निर्वाचनतर्फ उन्मुख भएकाले हाललाई अस्थायी कार्यविभाजन गरेर अघि बढ्ने तयारी एमालेको छ।सो तयारीअनुसार मुख्य–मुख्य विभागका प्रमुख, प्रदेश इन्चार्जहरूलाई संयोजकको जिम्मेवारी दिने तथा जिल्ला

    • प्रकाशित मितिः पुस २२, २०८२
    • 448 पटक पढिएको
  • सञ्चयकोष चोकबाट दुई बालिकाको उद्धार, मानव बेचबिखनको आरोपमा दुई जना पक्राउ

    काठमाडौं— काठमाडौं महानगरपालिका–२६ स्थित सञ्चयकोष चोक नजिकको सडक खण्डबाट शङ्कास्पद अवस्थामा ट्याक्सीमा राखेर लगिँदै गरेका दुई जना बालिकाको प्रहरीले उद्धार गरेको छ। सो घटनामा संलग्न रहेको आरोपमा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ।यही पौष १२ गते राति करिब १२ः३० बजे बा.२ ज २३२७ नम्बरको ट्याक्सीमा शङ्कास्पद तवरले दुई जना बालिकालाई राखी लिएर जान लागेको अवस्थामा प्रहरीले फेला पारी ट्याक्सीको पछाडी सिटमा रहेका उनीहरूको उद्धार गरेको हो।प्रहरीका अनुसार ट्याक्सीभित्र रहेका राजन तामाङ र लक्ष्मण तामाङले विभिन्न मितिमा विभिन्न व्यक्तिहरूसँग महिलाहरूको फोटो आदान–प्रदान गर्ने, रकमको विषयमा सौदाबाजी गर्ने तथा

    • प्रकाशित मितिः पुस २२, २०८२
    • 472 पटक पढिएको
  • कस्तो रहनेछ आजको मौसम

    काठमाण्डौ  ।  मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशका पहाडी तथा हिमाली भू-भागमा आंशिक बदली रही तराई भूभागका केही स्थानहरूमा हुस्सु लागेको छ।दिउँसो तराई भूभागका अधिकांश स्थानहरूमा हुस्सु तथा कुहिरो रहनेछ। कोशी प्रदेश, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका केहि स्थानमा हल्का वर्षासहित हिमपातको सम्भावना रहेको छ।राति तराई भूभागका धेरै स्थानहरूमा हुस्सु रहनेछ । कोशी प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भभागका केहि स्थानमा हल्का वर्षासहित हिमपातको सम्भावना रहेको छ।

    • प्रकाशित मितिः पुस २२, २०८२
    • 360 पटक पढिएको
  • यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

    काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । अमेरिकी डलर एकको खरिददर १४४ रुपैयाँ १५ पैसा र बिक्रीदर १४४ रुपैयाँ ७५ पैसा तोकिएको छ । युरोपियन युरो एकको खरिददर १६८ रुपैयाँ ४० पैसा र बिक्रीदर १६९ रुपैयाँ १० पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १९४ रुपैयाँ सात पैसा र बिक्रीदर १९४ रुपैयाँ ८८ पैसा, स्वीस फ्रयांक एकको खरिददर १८१ रुपैयाँ ३० पैसा र बिक्रीदर १८२ रुपैयाँ पाँच पैसा कायम गरिएको छ ।अष्ट्रेलियन डलर एकको खरिददर ९६ रुपैयाँ ३६ पैसा र बिक्रीदर ९६ रुपैयाँ ७७ पैसा, क्यानेडियन डलर एकको खरिददर १०४ रुपैयाँ ७० पैसा र बिक्रीदर १०५ रुपैयाँ १३ पैसा, सिङ्गापुर

    • प्रकाशित मितिः पुस २२, २०८२
    • 329 पटक पढिएको
  • आज २०८२ साल पुस २२ गते मंगलवारको राशिफल

    मेष - Aries(चु, चे, चो, ला, लि, लु, ले, लो, अ)मान्यजनको मार्गदर्शन अनुचित लाग्न सक्छ। कमजोर विकल्प अँगाल्नाले कुनै अवसर गुम्न सक्छ। प्रतीक्षित नतिजा कमजोर देखिनेछ र चुनौतीहरूसँग जुध्नुपर्नेछ। सहयोगीहरूले साथ दिए पनि प्रगतिमा ईर्ष्या गर्नेहरूले दु:ख दिनेछन्। तापनि साँझतिर पहिलेकाे उपलब्धि जाेगाउन सफल भइनेछ। तर कुनै सूचना बाहिरिने समय रहेकाले गोपनीयतामा ध्यान पुर्याउनुहोला।वृष - Taurus(इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)दिनभरि विभिन्न कामका अवसर प्राप्त हुनेछन् भने पेसा–व्यवसायमा पनि फाइदा हुनेछ। काममा श्रम परे पनि राम्रो प्रतिफल प्राप्त हुनेछ। व्यापारमा मनग्य लाभ हुनेछ। सेवामूलक कामबाट प्रतिष्ठा पा

    • प्रकाशित मितिः पुस २२, २०८२
    • 451 पटक पढिएको
  • एसएमसी एपमार्फत १२ करोड ठगी, ११ जना पक्राउ

    काठमाण्डौ । नेपाल प्रहरीको साइबर ब्युरोले ‘एसएमसी’ नामक मोबाइल एपमार्फत अनलाइन स्क्यामिङ र पिरामिड शैलीको ठगीमा संलग्न रहेको आरोपमा चिनियाँ नागरिकसहित ११ जनालाई पक्राउ गरेको छ ।‘एसएमसीएन एड्भर्टाइजिङ सर्भिस सेन्टर प्रालि’ नामको कम्पनीलाई आवरणका रूपमा प्रयोग गरी यो समूहले नेपालभरका करिब ७० हजार नागरिकलाई ठगी सञ्जालमा जोडेको खुलेको ब्युरोले जनाएको छ । ब्युरोका अनुसार हालसम्म यस प्रकरणमा १२ करोड ८ लाख १६ हजार ३७२ रुपैयाँ बराबरको ठगी भएको देखिएको छ । यस सम्बन्धमा हालसम्म २५५ वटा सामूहिक उजुरी दर्ता भएका छन्, जसमा एउटै निवेदनमा परिवारका धेरै सदस्यहरू पीडित रहेको पाइएको प्रहरीले जनाएको छ ।पक्रा

    • प्रकाशित मितिः पुस २१, २०८२
    • 381 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.