समाचार

    Showing 6,151-6,160 of 19,509 items.
  • भोटेकोशी बाढी अपडेटः तीन जलविद्युत आयोजनामा क्षतिहुदाँ २०० मेगावाट भन्दा बढी विद्युत उत्पादन ठप्प

    काठमाडौं – सोमबार रातिदेखि भोटेकोशी नदीमा आएको बाढीका कारण तीन जलविद्युत आयोजनामा क्षति हुँदा करीब २०० मेगावाटभन्दा बढी विद्युत उत्पादन ठप्प भएको छ ।१११ मेगावाट क्षमताको रसुवागढी जलविद्युत आयोजना, २२ मेगावाट क्षमताको चिलिमे जलविद्युत आयोजना र ६० मेगावाटको त्रिशुली ३ ‘ए’ जलविद्युत आयोजनामा क्षति पुगेको नेपाल विद्यूत प्राधिकरणका प्रवक्ता राजन ढकाले बताएका छन् ।उनका अनुसार सबैभन्दा बढी क्षति रसुवाढी जलविद्युत आयोजनामा भएको छ । पूरानो त्रिशुली जलविद्युत आयोजनालगायत अन्य निजी क्षेत्रका आयोजनाहरुमा पनि क्षति पुगेको भन्ने छ,’ उनले भने । ‘थ्रि बि हब सबस्टेसन सबैभनदा बढी जोखिममा रहेको छ ।’

    • प्रकाशित मितिः असार २४, २०८२
    • 246 पटक पढिएको
  • बनेपा–नाला–भक्तपुर सडकखण्ड फेरी अवरुद्ध

    काठमाडौं –  बनेपा–नाला–भक्तपुर सडकखण्ड फेरी अवरुद्ध भएको छ । गत शनिबार  उक्त सडकखण्ड अन्तर्गत बनेपा नगरपालिका १ र ४ को सिमानामा रहेको पुण्यमाता खोलामा बनेको पुल भाँचिएपछि यस खण्डमा पूर्णरुपमा आवागमन ठप्प भएको थियो ।शनिबार राती छवटा ठूला ठूला ह्युमपाइप राखेर भाँचिएको पुल निर्माण गरेपछि अस्थायी रूपमा आइतबार बिहानदेखि यातायात सञ्चालन भएपनि अहिले उक्त स्थानमा गाडि फसेकाले अन्य यात्रु र सवारी साधनलाई आवागमनमा अबरोध भएको हो ।अरनिको राजमार्ग अन्तर्गत धुलिखेल–सुर्यविनायक सडकको एक मात्र वैकल्पिक मार्ग हो, बनेपा–नाला–भक्तपुर सडकखण्ड । धुलिखेल सुर्यविनायक सडक निर्माण भइरहेकाले अवरुद्ध छ । त्यसक

    • प्रकाशित मितिः असार २४, २०८२
    • 215 पटक पढिएको
  • रसुवागढी भन्सार कार्यालयको यार्डमा फसेका ९ जनाको सकुसल उद्धार

    काठमाडौं – रसुवाको गोसाइकुण्ड गा.पा. वडा नं.२ स्थित रसुवागढीको भन्सार कार्यालयको यार्डमा फसेका ९ जनालाई सकुसल उद्दार गरि सुरक्षित स्थानमा राखिएको छ । जिल्ला प्रशासन कार्यालय रसुवाका अनुसार मंगलबार बिहान चीनबाट आएको बाढीमा फसेका २ जना प्रहरी र स्थानीय ७ जना गरी ९ जनालाई नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपालको सयुंक्त उद्दार टोलीले उद्दार गरेको हो ।सोमबार राति आएको बाढीले रसुवागडी हाइड्रोपावर, भन्सारसहितका स्थानमा क्षति गरेको छ । अहिले प्रभावित स्थानमा खोज तथा उद्धार कार्य जारी छ । नदीमा पानीको बहाब अझै उच्च रहेकोले सतर्क रहन तल्लो तटीय क्षेत्रमा बसोबास गर्ने सम्पूर्ण नागरिकलाई

    • प्रकाशित मितिः असार २४, २०८२
    • 209 पटक पढिएको
  • झापा र मोरङबाट लागू औषधसहित दुई जना पक्राउ

    झापा— झापा र मोरङ जिल्लाबाट प्रहरीले लागू औषधसहित दुई जनालाई पक्राउ गरेको छ।झापाको मेचीनगर नगरपालिका–६ स्थितमा लागू औषध नियन्त्रण ब्यूरो काँकरभिट्टाबाट खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा पाँचथर मिक्लाजुङ गाउँपालिका–१ स्थायी घर भई हाल झापाको शिवसताक्षी नगरपालिका–८ मा बसोबास गर्दै आएका २५ वर्षीय जितेन्द्र आङ्देम्बेलाई पक्राउ गरेको हो। उनलाई २ ग्राम ८ मिलिग्राम ब्राउन सुगरसहित नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।त्यस्तै, मोरङको धनपालथान गाउँपालिका–२ स्थितबाट २५ किलो २५० ग्राम गाँजासहित भारत अररिया घर भएका २२ वर्षीय मोहमद ईर्सादलाई प्रहरीले पक्राउ गरेको छ। ईर्सादले लागू औषध बोकेको BR 38 Q

    • प्रकाशित मितिः असार २४, २०८२
    • 423 पटक पढिएको
  • गुठिचौरको ठुलोहाँका पाटनमा चट्याङः २ सय भेडा मरेको अनुमान

    मुगु –  जुम्लाको गुठिचौर गाउँपालिका वडा नं ५ स्थित ठुलोहाँका पाटनमा चट्याङ पर्दा एकजना गम्भीर घाईते भएका छन् ।पाटनमा भेडा चराउन गएका सिंजा गाउँपालिका वडा नं ५ घर भएका अन्दाजी ५० वर्षका धन बहादुर रावत चट्याङ लागेर घाईते भएका छन् ।जिल्ला प्रहरी कार्यलय जुम्लाका प्रमुख डिएसपी रविन बाबू रेग्मीले चट्याङबाट पाटनमा राखिएका झण्डै २ सय भेडा मरेको अनुमान गरिएको छ ।पाटनबाट गोविन्द बुढाले दिएको जानकारी अनुसार २ सय भेडा मरेका छन् । ६ जना किसानका २ सय भेडा मरेका हुन् । ६ जना किसानको करिब ९ सय भेडा पाटनमा राखिएको थियो ।यदपि एकिन विवरण भने आउन बाँकि छ ।डिएसपी रेग्मीका अनुसार घटनाको विवरण बुझ्ने प्रयास भई

    • प्रकाशित मितिः असार २४, २०८२
    • 232 पटक पढिएको
  • भोटेकोशीमा आएको बाढीले नेपाल–चीन जोड्ने मितेरीपुलमा क्षति

    काठमाडौं – छिमेकी देश चीनतर्फ अबिरल वर्षाको कारण भोटेकोशी नदीमा बाढी आउँदा रसुवा जिल्ला, गोसाईकुण्ड गा.पा. रसुवागढीस्थित नेपाल–चीन जोड्ने मितेरीपुलमा क्षति पुगेको छ । मंगलबार बिहान अन्दाजी ३ः१५ बजे भोटेकोशी नदीमा बाढी आउँदा उक्त पुलमा क्षति पुगेको हो । यसको साथै, सोही वडाको टिमुरेस्थित भन्सार यार्डमा बाढी पसी केही मालबाहक कन्टेनर बगाएको जिल्ला प्रशासन कार्यालय रसुवाका सहायक प्रमुख अधिकारी द्रुव प्रसाद अधिकारीले जानकारी दिएका छन् । भन्सारसँगैको ड्राइपोटमा पनि बाढीले क्षति पु¥याएको छ । उनले त्यहाँ पार्किङ गरेर राखिएका गाडी बगाउनुको साथै त्यहा कार्यरत कर्मचारी र सवारी चालकहरु सम्पर

    • प्रकाशित मितिः असार २४, २०८२
    • 292 पटक पढिएको
  • नेपालमा वायु प्रदूषणको प्रमुख स्थान भनेको घरको भान्सा हो : भुषण तुलाधर

    नेपालको वायु प्रदूषणको व्यवस्थापनका लागि कार्ययोजना बनाएर त्यसमा लगानी गर्न सक्नुपर्छ । लगानी गर्न सरकारसँग जनताबाट उठाएको प्रशस्त मात्रामा पैसा छ । तर त्यो खर्च गर्न सकेको छैन् ।बढ्दो वायु प्रदूषणका कारण नेपाल जोखिमपूर्ण अवस्थामा छ । जुनसुकै मौसममा पनि प्रदूषणको जोखिम रहने भएकाले हालको मनसुनमा पनि सचेत रहनुपर्ने देखिन्छ । विश्व बैंकले हालै सार्वजनिक गरेको एक अध्ययन प्रतिवेदनले काठमाडौं उपत्यका र तराई वायु प्रदूषणका लागि हटस्पट भएको साथै वायु प्रदूषणले औसत नेपालीको आयु ३.४ वर्षले घटाउने र  वार्षिक रूपमा लगभग २६,००० जनाको अकालमा मृत्यु हुने गरेको जनाएको छ । विश्व बैंकको प्रतिवेदन साथै मनसु

    • प्रकाशित मितिः असार २४, २०८२
    • 254 पटक पढिएको
  • पोखरीमा डुबेर दिदीबहिनीको मृत्यु

    महेन्द्रनगर (धनुषा), २४ असारः जनकपुरधाम उपमहानगरपालिका–१६ कपिलेश्वर बजार टोलस्थित भैया पोखरीमा डुबेर दिदीबहिनीको मृत्यु भएको छ । उनीहरुको आज पोखरीमा नुहाउने क्रममा डुबेर मृत्यु भएको हो । मृत्यु हुनेमा स्थानीय चार वर्षीया आरोहीकुमारी राउत र तीन वर्षीया मैथिलीकुमारी राउत रहेका जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक बरुणबहादुर सिंहले जानकारी दिए । दुवैजना बिहान पोखरीमा नुहाउन गएका थिए । नुहाउने क्रममा गहिरो पानीमा फसेपछि उनीलाई बचाउन नसकिएको स्थानीय कैलाश राउतले बताए । दुवैजनालाई अस्पताल लगिए पनि चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ । उनीहरुको शव परीक्षणका लागि प्रादेशिक

    • प्रकाशित मितिः असार २४, २०८२
    • 101 पटक पढिएको
  • भोटेकोशीमा बाढी बढेपछि सुरक्षा गोष्ठी छोट्याइयो

    काठमाडौं— धुलिखेलमा निर्धारित बागमती प्रदेशस्तरीय सुरक्षा गोष्ठी–२०८२ रसुवाको चिलिमे क्षेत्रमा आएको भीषण बाढीका कारण पूर्ण रूपमा सम्पन्न हुन सकेन। भोटेकोशीको भीषण बाढीमा १८ जना बेपत्ता भएपछि, जसमा केही सुरक्षाकर्मी पनि समावेश छन्, गृह मन्त्रालय र सुरक्षा निकायले बैठक छोट्याउने निर्णय गरेका हुन्।गोष्ठीको उद्घाटन बागमती प्रदेश सरकारका आन्तरिक मामिला तथा कानून मन्त्रालयका मन्त्री सुरजचन्द्र लामिछानेले गरेका थिए। यसमा गृहमन्त्री रमेश लेखक, बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामा (तामाङ), सुरक्षा निकायका केन्द्रीय प्रमुखहरू, विपद् जोखिम न्यूनीकरण प्राधिकरणका कार्यकारी प्रमुख, राष्ट्रिय अनुसन्

    • प्रकाशित मितिः असार २४, २०८२
    • 347 पटक पढिएको
  • तीन वर्षअघिदेखि सञ्चालन गर्दै आएको ‘सुत्केरी तथा गर्भवती पोषण प्याकेज कार्यक्रम’ प्रभावकारी बन्दै

    लहान— लहान नगरपालिकाले तीन वर्षअघिदेखि सञ्चालन गर्दै आएको ‘सुत्केरी तथा गर्भवती पोषण प्याकेज कार्यक्रम’ अहिले प्रभावकारी रूपमा अघि बढिरहेको छ ।नगरपालिकाका २४वटै वडामा ‘रोटेसन’को आधारमा प्रत्येक महिनाको २२ गते गर्भवती तथा सुत्केरीलाई पोषण प्याकेज वितरण गरिँदै आएको छ । आइतबार वडा नं २२ मा आयोजित कार्यक्रममा नगरप्रमुख महेशप्रसाद चौधरीले ४५ जनालाई पोषण प्याकेज हस्तान्तरण गरे । उनका अनुसार यो कार्यक्रम गत स्थानीय तहको निर्वाचनअघि जनतासँग गरिएको प्रतिबद्धता अनुसार सुरु गरिएको हो । “सुत्केरी अवस्थामा पोषिलो आहार नपाउँदा बच्चाको पोषणमा गम्भीर असर पर्छ, जुन भविष्यका लागि खतरा हुन्छ । मैले नगरप्रमु

    • प्रकाशित मितिः असार २४, २०८२
    • 550 पटक पढिएको
  • Esoul Media (P) Ltd.
  • सूचना तथा प्रशारण बिभाग दर्ता नं: २३१७/०७७-०७८
  • विज्ञापनका लागि सम्पर्क
  • Mb: 9852655454/9814072385
  • [email protected]
  • संवाददाता
  • दिपेन बिश्वकर्मा