समाचार

    Showing 6,101-6,110 of 25,595 items.
  • भारत लैजाने–ल्याउने नेपाली र भारतीय मुद्राको सीमा स्पष्ट

    काठमाडौं— सरकारले नेपाली तथा भारतीय नागरिकले भारत लैजान र नेपाल भित्र्याउन पाउने नेपाली तथा भारतीय मुद्रासम्बन्धी व्यवस्था स्पष्ट पारेको छ ।राजपत्रमा प्रकाशित सूचनाअनुसार भारतीय रुपया १०० भन्दा कम दरका बैंक नोट र कुनै पनि दरका नेपाली मुद्रा नेपाली र भारतीय नागरिकले असीमित रूपमा भारत लैजान पाउनेछन् ।तर, सन् २०१६ नोभेम्बर ९ पछि निष्कासन भई चलनचल्तीमा रहेका भारतीय रुपया २०० र ५०० दरका नोट भने नेपाली वा भारतीय नागरिकले प्रतिव्यक्ति अधिकतम २५ हजार भारतीय रुपयासम्म मात्र भारतबाट नेपाल भित्र्याउन तथा नेपालबाट भारत लैजान सक्ने व्यवस्था गरिएको छ ।भारत सरकारले सन् २०१६ नोभेम्बर ९ मा ५०० र १००० दरका भारत

    • प्रकाशित मितिः पुस ३०, २०८२
    • 439 पटक पढिएको
  • काठमाडौं यात्रुले आपतकालिन ढोका खोल्दा भैरहवा–काठमाडौं उडान ढिला

    काठमाडौं— आज भैरहवाबाट काठमाडौंका लागि उडान भर्ने तयारीमा रहेको बुद्ध एयरको उडान नं. ८५२ (जहाज ९ एन–एएमडी) ढिला भएको छ।बुद्ध एयरका अनुसार यात्रु सुमन गौतमले अनाधिकृत रूपमा जहाजको आपतकालिन ढोका खोलेका कारण उडान प्रभावित भएको हो।घटना पश्चात उक्त यात्रु तत्काल विमानस्थल सुरक्षाकर्मीको जिम्मा लगाइएको छ। जहाजको सुरक्षा र प्राविधिक परीक्षण सुनिश्चित गर्न काठमाडौंबाट प्राविधिक टोली भैरहवा प्रस्थान गरिसकेको छ भने परीक्षण पूरा भएपछि मात्र जहाजले उडान भर्ने बुद्ध एयरले जनाएको छ ।नागरिक उड्डयन प्राधिकरणको नियम अनुसार विमानको आपतकालिन ढोका बिना कारण खोल्नु गम्भीर कानुनी अपराध मानिन्छ। यस घटनाले यात्रुवर्ग

    • प्रकाशित मितिः पुस ३०, २०८२
    • 498 पटक पढिएको
  • टिपर दुर्घटनामा मृत्यु

    तानसे। यहाँको रिब्दीकोट गाउँपालिका–२ जोर्तेस्थित विश्वकर्मा मन्दिर नजिकै टिपर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक होमप्रकाश चौधरीका अनुसार नवलपरासीबाट गुल्मीतर्फ जाँदै गरेको ना८ख ३६५ नम्बरको  टिपर आज बिहान दुर्घटना हुँदा अन्दाजी ३५ वर्षीय केशव सुनारको मृत्यु भएको हो । मृतकको  ठेगाना भने खुलेको छैन । मृतक चालक हुन् वा अन्य कोही हुन् भन्ने भने एकिन हुनसकेको छैन । गाडीमा अरु पनि सवार थिए÷थिएन् भन्ने कुरा खुल्न नसकेको छैन । घटनास्थलमा खोला र झाँडी भएकाले खोजीकार्य भइरहेको  छ ।टिपर सडकदेखि दुई सय ५० मिटर तल खोलामा खसेको हो । नवरल

    • प्रकाशित मितिः पुस ३०, २०८२
    • 256 पटक पढिएको
  • आठ वर्षदेखि अधुरो रहेका चार पुल निर्माण सम्पन्न

    दोधारा चाँदनी। तोकिएको समयमा निमार्ण सम्पन्न नभएका कञ्चनपुरका चार वटा पुल आठ वर्षपछि सम्पन्न भएका छन । पटकपटक म्याद थप भएर पनि आठ वर्षसम्म निर्माण हुन नसकेका चार वटा पुल हालै सम्पन्न भएका सडक डिभिजन कार्यालय महेन्द्रनगरका डिभिजन प्रमुख राजेशकुमार यादवले जानकारी दिनुभयो । उहाँका अनुसार तीन पटक म्याद थप हुँदा निर्माण हुन नसकेको कृष्णपुर नगरपालिकास्थित ओदाल खोलाको पुल सम्पन्न भएर आवतजावत सुरु भएको छ । उक्तपुल निर्माणका लागि विसं २०७३ भदौ १७ मा १८ महिनाभित्र सम्पन्न गर्नेगरी थेगिम गाल्भा जेभीसँग रु पाँच करोड ४७ लाखमा ठेक्का सम्झौता भएको थियो ।“उक्त पुल निर्माण गर्न म्याद थप गरेको समयमा व्यवसा

    • प्रकाशित मितिः पुस ३०, २०८२
    • 317 पटक पढिएको
  • झापामा इजाजत प्राप्त हातहतियार माघ मसान्तभित्र बुझाउनुपर्ने

    भद्रपुर। जिल्ला प्रशासन कार्यालय झापाले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई स्वच्छ, निष्पक्ष, भयरहित र शान्तिपूर्ण वातावरणमा सम्पन्न गराउने उद्देश्यले इजाजत प्राप्त हातहतियार माघ मसान्तभित्र बुझाउन सार्वजनिक सूचना जारी गरेको छ ।सहायक प्रमुख जिल्ला अधिकारी तेजप्रकाश प्रसाईंका अनुसार जिल्लाभित्र इजाजत लिएर राखिएका सबै प्रकारका हातहतियार तथा त्यसमा प्रयोग हुने गोलीगठ्ठा आफ्नो पायक पर्ने नजिकको प्रहरी चौकी, इलाका प्रहरी कार्यालय वा जिल्ला प्रहरी कार्यालयमा बुझाइसक्नुपर्नेछ । उहाँले निर्वाचन सम्पन्न भएको २१ दिनपछि सम्बन्धित धनीले कार्यालयमा उपस्थित भई आवश्यक कागजातसहित हातहतियार

    • प्रकाशित मितिः पुस ३०, २०८२
    • 277 पटक पढिएको
  • बेनीमा आजदेखि ‘खाना महोत्सव’

    म्याग्दी। माघेसङ्क्रान्ति पर्वको अवसरमा आजदेखि जिल्ला सदरमुकाम बेनीमा खाना महोत्सव एवं कृषि मेला प्रदर्शनी सुरु हुँदैछ । म्याग्दी उद्योग वाणिज्य सङ्घअन्तर्गतको महिला उद्यम विकास समितिले यही आजदेखि माघ ३ गतेसम्म ११औँ माघेसङ्क्रान्ति मेला, खाना महोत्सव र कृषि मेला प्रर्दशनी आयोजना गरेको हो । बेनीमा परम्परागत रूपमा लाग्ने माघेसङ्क्रान्ति मेलाको संरक्षण, पुस्तान्तरण तथा कला, संस्कृतिको प्रवर्द्धन गर्ने, स्थानीय खाना, कला, मौलिक संस्कृतिको संरक्षण र सम्वर्द्धन, आन्तरिक तथा बाह्य पर्यटक प्रवर्द्धन, प्रतिभा पहिचानका साथै आर्थिक गतिविधिलाई चलायमान बनाउने उद्देश्यले महोत्सव आयोजना गरिएको समितिका स

    • प्रकाशित मितिः पुस ३०, २०८२
    • 243 पटक पढिएको
  • निर्वाचन आउन ५० दिन बाँकीः १७५ उम्मेदवारले फिर्ता लिए बन्दसूचीबाट नाम

    काठमाडौँ। आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फको बन्दसूचीबाट कूल १७५ जना उम्मेदवारले नाम फिर्ता लिएका छन् । निर्वाचन आयोगले उपलब्ध गराएको अन्तिम विवरण अनुसार, १७ चुनाव चिह्नका (एकलसहित) उम्मेदवारले नाम फिर्ता लिएका हुन् । बन्दसूचीमा नाम समावेश भएका उम्मेदवारले आफ्नो नाम फिर्ता लिन चाहेमा यही पुस २८ गते बिहान १०ः०० बजेदेखि ४ः०० बजेसम्मको समय निर्धारण गरिएको थियो । नाम फिर्ता लिने विषयमा आयोगले सूचना प्रकाशित गरी जानकारी गराएको थियो ।आयोगले उम्मेदवार आफैँ उपस्थित भएर वा वारेसमार्फत पनि नाम फिर्ता लिनसक्ने व्यवस्था गरेको थियो । तोकिएको समयसीमाभित्र एकलसह

    • प्रकाशित मितिः पुस ३०, २०८२
    • 250 पटक पढिएको
  • पार्टी विभाजनतर्फ जानु कसैको हितमा छैनः प्रवक्ता डा. महत

    काठमाडौं— नेपाली काँग्रेसका प्रवक्ता डा। प्रकाशशरण महतले पार्टी विभाजन र विग्रहतर्फ जानु नेपाली काँग्रेस, नेपाली जनता र देशकै हितमा नरहेको स्पष्ट पारेका छन् ।मंगलबार बसेको केन्द्रीय कार्यसमितिको बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै प्रवक्ता महतले पार्टी नेतृत्व लामो समयदेखि लचकता देखाउँदै एकताका लागि निरन्तर प्रयासरत रहेको बताए ।उनका अनुसार केन्द्रीय कार्यसम्पादन समितिको निर्णय र नियमित अधिवेशन गर्ने निर्णय हुँदाहुँदै पनि विशेष अधिवेशन आयोजना भएपछि पार्टीभित्र समझदारी कायम गर्न नेतृत्व तहबाट निरन्तर संवाद र छलफल भइरहेको छ।‘आम निर्वाचनको मुखमा पार्टी एक भएर जानुपर्छ भन्नेमा हामी स्पष्ट छौँ। निर्वा

    • प्रकाशित मितिः पुस ३०, २०८२
    • 506 पटक पढिएको
  • आज महाराजगञ्ज वितरण केन्द्रका विभिन्न क्षेत्रमा विद्युत आपूर्ति बन्द हुने

    काठमाडौं— नेपाल विद्युत प्राधिकरणको महाराजगञ्ज वितरण केन्द्र अन्तर्गतका विभिन्न क्षेत्रमा बुधबार अस्थायी रूपमा विद्युत आपूर्ति बन्द हुने भएको छ।प्राधिकरणका अनुसार फिडरहरूको लोड व्यवस्थापनका लागि नयाँ पासिकोट फिडर निर्माण, ब्रेकर तथा अन्डरग्राउण्ड (युजी) केबल चार्ज गर्ने कार्य, साथै चावहिल सव–स्टेशनबाट सञ्चालित सुकेधारा फिडरको लोड १३२/११ चपली सव–स्टेशनको भंगाल फिडरमा सिफ्ट गर्नुपर्ने भएकाले विद्युत आपूर्ति रोक्न लागिएको हो।यस अनुसार आज बिहान ११ः३८ बजेदेखि दिउँसो १ः०० बजेसम्म गणेशस्थान फिडर अन्तर्गत भोटेचोक, गणेशचोक आसपासका क्षेत्र तथा भंगाल फिडर अन्तर्गत तल्लो भंगाल र धोबीखोला कोरिडोर आसपासका क

    • प्रकाशित मितिः पुस ३०, २०८२
    • 469 पटक पढिएको
  • एसबीआई बैंकबाट करिब ३ करोड ७ लाख रुपैयाँ लुटियो, लुटेरा फरार

    रामेछाप— सिन्धुली जिल्लाको घ्याङलेख गाउँपालिका–हायुटारस्थित नेपाल एसबीआई बैंक शाखामा लुटपाट भएको छ। मंगलबार साँझ हतियारसहित आएका लुटेरा समूहले बैंकका सुरक्षागार्ड र कर्मचारीलाई नियन्त्रणमा लिएर करिब ३ करोड ७ लाख रुपैयाँ लुटेर फरार भएको प्रहरीले जनाएको छ।प्रारम्भिक अनुसन्धानअनुसार बनेपातर्फबाट आएको टाटा सुमोमा करिब पाँच जना नकाबधारी लुटेरा बैंकमा प्रवेश गरेका थिए। उनीहरूले बैंकका सुरक्षागार्डलाई बाँधेर पेस्तोल देखाउँदै खुकुरी प्रहार गरी घाइते बनाएको प्रहरीले जनाएको छ।लुटपाटपछि स्थानीयवासी र प्रहरीको संयुक्त प्रयासमा लुटपाटमा प्रयोग गरिएको बा ३ डी ०३९८ नम्बरको इम्बोस्ड नम्बर प्लेट भएको टाटा सुमो

    • प्रकाशित मितिः पुस ३०, २०८२
    • 529 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.