समाचार

    Showing 6,051-6,060 of 19,509 items.
  • रौतहटमा पुरुषको शव फेला, नदीमा डुबेर बालक बेपत्ता

    रौतहट – रौतहटमा एक पुरुषको शव फेला परेको छ भने नदीमा डुबेर एक बालक बेपत्ता भएका छन । दुर्गा भगवती र यमुनामाई गाउँपालिकाको सीमा क्षेत्रमा पर्ने झाँझ खोलामा विहीवार पुरुषको शव फेला परेको हो । झाँझ खोलामा पुल नजिक शव तैरिदै गरेको अवस्थामा स्थानीयले देखेपछि प्रहरीलाई खवर गरेका थिए । तत्काल घटना स्थलमा पुगेको प्रहरी टोलीले शवलाई नदीबाट बाहिर निकालेको हो ।गौर पिपरा सडक खण्ड अन्तर्गत पर्ने झाँझा खोलाको पुल नजिक पानीमा तैरिरहेको अवस्थामा पुरुषको शव फेला परेको र पहिचान खुल्न नसकेको रौतहट प्रहरी निरीक्षक रुद्रराज कडेलले जानकारी दिए । शवलाई पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल गौरमा राखिएको उनले बता

    • प्रकाशित मितिः असार २६, २०८२
    • 173 पटक पढिएको
  • मनसुनजन्य जोखिमका कारण बेसीशहर–मनाङ सडकमा राति सवारी सञ्चालनमा रोक

    काठमाडौं — मनसुनका कारण पहिरोको जोखिम बढेको भन्दै लमजुङको बेसीशहरदेखि मनाङ सिमानासम्मको सडकखण्डमा रातिको समयमा अत्यावश्यक बाहेकका सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ।डुम्रे–बेसीशहर–चामे सडकखण्ड अन्तर्गतको उक्त क्षेत्रमा असार २५ गतेदेखि साउन मसान्तसम्म हरेक साँझ ७ बजेदेखि बिहान ५ बजेसम्म सवारी सञ्चालनमा रोक लगाउने निर्णय गरिएको हो।जिल्ला प्रशासन कार्यालय लमजुङले बिहीबार सूचना जारी गर्दै उक्त निर्णय सार्वजनिक गरेको हो। जिल्ला सुरक्षा समितिको असार २४ गते बसेको बैठकले मनसुनजन्य सम्भावित विपद्‌बाट जनधनको क्षति कम गर्न यस्तो कदम उठाएको जनाएको छ।प्रशासनका अनुसार सडकखण्डमा पहिरोको उच्च जोखिम रहेकाल

    • प्रकाशित मितिः असार २६, २०८२
    • 324 पटक पढिएको
  • चन्द्रपुर नगरका ४४ वटा गाईभैसीमा लम्पी स्किन रोगको सङ्क्रमण

    रौतहट –  पशुहरुमा महामारीको रुपमा फैलिएको लम्पी स्किन रोगबाट चन्द्रपुर नगरपालिका क्षेत्रका पशु चौपाय मर्न थालेका छन । केहि दिन अघि मात्र चन्द्रपुर नगरपालिका वाड नं. ८ मर्धरटोलका कृष्ण गौतमले पालेका गाई मरेका हुन् । लम्पी स्किन रोगको उपचार गर्दा गर्दै  गौतमले पालेको गाई मरेको चन्द्रपुर नगरपालिका पशु शाखाका प्रमुख डा. सुलभ चौधरीले बताए । उनका अनुसार चन्द्रपुर वाड नं.४ मा २ वटा, वाड नं. ८ मा ४ वटा, १ मा १० वटा, वाड नं. २ मा २५ वटा,  वाड नं. १० मा १० वटा गाईमा र वाड नं. ५ को एउटा भैसीमा सो रोग संक्रमण देखिएको छ । यो तथ्याङक अझै बढन सक्ने उनले बताए । लम्पी स्किन रोगबाट

    • प्रकाशित मितिः असार २६, २०८२
    • 280 पटक पढिएको
  • मधेश प्रदेशमा औंलोका आयातित बिरामीले गर्दा निवारणमा चुनौती

    जनकपुर–  मधेश प्रदेशमा औंलोका आयातित बिरामीका कारण निवारणमा चुनौती थपिएको छ । प्रदेशस्तरीय औंलो निवारण निर्देशक समितिको बिहीबार जनकपुरधाममा बसेको अद्र्धवार्षिक बैठकमा प्रस्तुत गरिएको तथ्यांकहरुले आयातित बिरामीले मधेशमा औंलो निवारणमा चुनौती थपिएको देखाएको हो ।बैठकमा स्वास्थ्य तथा जनसंख्या मन्त्री सत्रुधन प्रसाद सिंहले खुला सीमानाले औंलो रोग निवारणमा चुनौती थपिएको बताए । मन्त्री सिंहले खुला सीमानाले आंैलो निवारणका लागि लिएको लक्ष्य पूरा हुन नसकेको तर्क गरे ।सन् २०१६ देखि २०२५ भित्र नेपालबाट औंलो निवारण गर्ने राष्ट्रिय लक्ष्य थियो । तर, अझै औंलोका बिरामी फेला पर्ने गरेकालाई सन् २०३० सम्

    • प्रकाशित मितिः असार २६, २०८२
    • 277 पटक पढिएको
  • सिन्धुलीमा लागुपदार्थ सेवन गरेर गाडी चलाउने ६ चालक पक्राउ

    सिन्धुली — लागुपदार्थ सेवन गरी सवारी साधन चलाउने ६ जना चालकलाई सिन्धुली प्रहरीले नियन्त्रणमा लिएको छ।सिन्धुलीको कमलामाई नगरपालिका–९ स्थित भिमान बसपार्कमा बिहीबार गरिएको ट्राफिक चेकजाँच तथा स्वास्थ्य परीक्षणका क्रममा उनीहरू पक्राउ परेका हुन्।पक्राउ पर्नेमा मधेश प्रदेश ०४–००१ क ००३२ नम्बरको ट्रक चलाइरहेका कमलामाई–४ का २८ वर्षीय सन्तोष अछामी, बा ३ ख ४९८० नम्बरको बसका चालक जनकपुर–२३ का ४७ वर्षीय विजय कुमार ठाकुर, तथा बा ४ ख ३८८९ नम्बरको टिपर चलाइरहेका कटारी–४ का २७ वर्षीय बिमल तामाङ छन्।त्यसैगरी, दुधौली–९ निवासी ५४ वर्षीय शंकर तामाङ (बा २ ख ५९६१ नम्बरको बस चालक), दुधौली–१४ का २३ वर्षीय पदम बहादुर

    • प्रकाशित मितिः असार २६, २०८२
    • 274 पटक पढिएको
  • कलाक्षेत्रको साइबर विकृति रोक्न ‘फोकल पर्सन’ तोकिँदै, गृहमन्त्रीले दिए यस्तो निर्देशन

    काठमाडौं — गीतसंगीत र कला क्षेत्रमा बढ्दै गएका साइबर अपराध र सामाजिक विकृति नियन्त्रणका लागि प्रहरीको साइबर ब्युरोमा ‘फोकल पर्सन’ तोकिने भएको छ।गृहमन्त्री रमेश लेखकले बिहीबार गृह मन्त्रालयमा भेटका लागि पुगेको राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानको प्रतिनिधि टोलीलाई यो जानकारी दिएका हुन्। उनले प्रहरी महानिरीक्षक दीपक थापा र साइबर ब्युरो प्रमुख डीआईजी नवीन्द अर्याललाई ब्युरोमा फोकल पर्सन तोकेर तत्काल काम अघि बढाउन निर्देशन दिए।गृहमन्त्री लेखकले डिजिटल प्लेटफर्ममा समाजमा विद्वेष, घृणा, अपमान र भाषिक विभाजन फैलाउने सामग्री रोक्न निष्कर्षसहित कडाइका साथ अघि बढ्ने बताएका छन्।“समाजमा घृणा र अपहेलन

    • प्रकाशित मितिः असार २६, २०८२
    • 233 पटक पढिएको
  • पूर्वराष्ट्रपति युन सुक योलमाथि पुनः कारबाही, अदालतले दियो गिरफ्तारी आदेश

    सियोल – दक्षिण कोरियाका पूर्वराष्ट्रपति युन सुक योललाई अदालतले पुनः पक्राउ गर्न आदेश दिएको छ। बिहीबार बिहान सियोल केन्द्रीय जिल्ला अदालतले प्रमाण नष्ट हुन सक्ने भन्दै विशेष अभियोजकको आग्रहमा गिरफ्तारी वारेन्ट जारी गरेको हो।डिसेम्बरमा 'मार्सल ल' घोषणा गरी सत्ता कब्जा गर्ने प्रयासको आरोपमा मुछिएका युनलाई यसअघि मार्चमा रिहा गरिएको थियो। तर पछिल्लो आदेशपछि उनलाई राजधानी नजिकको हिरासत केन्द्रमा फिर्ता पठाइएको छ।विशेष अभियोजक चो युन–सुकको टोलीले युनमाथि विद्रोह प्रयास, शक्ति दुरुपयोग, आधिकारिक कागजातको जालसाजी लगायतका गम्भीर आरोप लगाएको छ। यदि दोषी ठहरिए, उनलाई मृत्युदण्ड वा आजीवन कारावासको सजाय हुन

    • प्रकाशित मितिः असार २६, २०८२
    • 292 पटक पढिएको
  • मलेसियामा प्रहरी हेलिकप्टर नदीमा खस्यो, पाँचै जना चालक दल सकुशल उद्धार

    काठमाडौं – मलेसियाको जोहोर राज्यमा बुधबार बिहान एक प्रहरी हेलिकप्टर आपतकालीन अवतरण गर्ने क्रममा नदीमा खसेको छ। हेलिकप्टरमा सवार पाँचै जना चालक दलका सदस्य सकुशल उद्धार गरी जोहोर बारुको सुल्ताना अमीना अस्पतालमा भर्ना गरिएको छ।स्थानीय सञ्चारमाध्यमका अनुसार, दुर्घटना जोहोरको सुंगाई पुलाई क्षेत्रमा भएको हो। हेलिकप्टर नियमित सैन्य अभ्यासमा संलग्न थियो। मलेसियन नागरिक उड्डयन प्राधिकरण  का अनुसार, हेलिकप्टरले बिहान ९:५१ बजे तंजुंग कुपांग प्रहरी चौकीबाट उडान भरेको थियो, तर केही समयमै प्राविधिक समस्या आएपछि आपतकालीन अवतरणको प्रयासमा नदीमा खसेको हो।घटनाको छानबिन एयर एक्सिडेन्ट इन्भेस्टिगेसन ब्युरोले

    • प्रकाशित मितिः असार २६, २०८२
    • 266 पटक पढिएको
  • सुर्खेतमा ५ किलोभन्दा बढी अफिमसहित एक जना पक्राउ

    सुर्खेत – सुर्खेत प्रहरीले पाँच किलोभन्दा बढी अफिमसहित एक व्यक्तिलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा जाजरकोटको जुनिचाँदे गाउँपालिका–१० सिर्पाका ४६ वर्षीय जयबहादुर बस्नेत रहेका छन्।जिल्ला प्रहरी कार्यालय सुर्खेतले प्राप्त गोप्य सूचनाका आधारमा भेरीगंगा नगरपालिका–१० तालबारीमा निगरानी गर्दा बुधबार साँझ करिब साढे ६ बजे बस्नेतलाई पक्राउ गरिएको हो। चेकजाँचका क्रममा उनको झोलाभित्र लुकाइ राखिएको ५ किलो ५४० ग्राम अफिमजस्तो देखिने गिलो पदार्थ फेला परेको प्रहरीले जनाएको छ।बस्नेतको साथबाट एक थान डिजिटल तराजु, नागरिकता प्रमाणपत्र, विभिन्न बैंकका ५ थान चेक धितो, र नगद ४,७३० रुपैयाँ पनि बरामद गरिएको छ। उनलाई ल

    • प्रकाशित मितिः असार २६, २०८२
    • 289 पटक पढिएको
  • त्रिशूली नदी किनारमा पुरुषको शव फेला

    काठमाडौं – चितवनको इच्छाकामना गाउँपालिका–६ कालीखोलास्थित त्रिशूली नदी किनारमा एक पुरुषको शव फेला परेको छ। सशस्त्र प्रहरीका अनुसार, शवको उमेर अन्दाजी ४५–५० वर्षको अनुमान गरिएको छ।बिहीबार बिहान फेला परेको शवको पहिचान खुल्न बाँकी छ। शव पोस्टमार्टमका लागि भरतपुर अस्पताल पठाइएको छ।सशस्त्र प्रहरीका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाका अनुसार, शव असार २४ गते रसुवामा आएको बाढीमा बेपत्ता भएका व्यक्तिमध्ये एकको हुन सक्ने आशंका गरिएको छ।

    • प्रकाशित मितिः असार २६, २०८२
    • 322 पटक पढिएको
  • Esoul Media (P) Ltd.
  • सूचना तथा प्रशारण बिभाग दर्ता नं: २३१७/०७७-०७८
  • विज्ञापनका लागि सम्पर्क
  • Mb: 9852655454/9814072385
  • [email protected]
  • संवाददाता
  • दिपेन बिश्वकर्मा