समाचार

    Showing 5,001-5,010 of 23,480 items.
  • नागरिकको जीवन सहज बनाउन स्वास्थ्य, शिक्षा र रोजगारी कार्यक्रमलाई गौरवको योजना बनायौंः बालेन शाह

    काठमाडौं— काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले नागरिकका दैनिक जीवन सहजताको लागि स्वास्थ्य, शिक्षा, रोजगारी प्रवद्र्धन जस्ता कार्यक्रमलाई महानगरपालिकाले गौरवको योजनाको रुपमा कार्यान्वयनमा ल्याएको बताएका छन् ।३१ औँ महानगर दिवसका अवसरमा सोमबार काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले काठमाडौं महानगरपालिका आम महानगर बासिको हितका लागि काम गरिरहेको भन्दै नागरिकका दैनिक जीवनसँग जोडिएका र आम सरोकारसँग सम्बन्धित योजना कार्यान्वयनलाई थप प्राथमिकता दिएको बताए ।उनले भने, ‘काठमाडौं महानगरपालिका आम महानगर बासिको हितका लागि काम गरिरहेको छ । आर्थिक, सामाजिक, पूर्वाधार, सुशासन तथा अन्तर सम्ब

    • प्रकाशित मितिः मंसिर २९, २०८२
    • 511 पटक पढिएको
  • देश विकासका लागि नवीन सोच र चरित्रवान नेतृत्व आवश्यकः राष्ट्रपति पौडेल

    काठमाडौं— राष्ट्रपति रामचन्द्र पौडेलले जनताले सुम्पिएको जिम्मेवारीलाई अन्तस्करणबाटै बोध गर्दै सबै मिलेर देश विकासमा समर्पित हुन आव्हान गरेका छन् । राष्ट्रपति पौडेलले ३१ औँ महानगर दिवसका अवसरमा सोमबार काठमाडौँमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले त्यसका लागि नविन सोच, शैली र योजना एवम् त्यसलाई पुरा गर्न दृढ अठोट, उर्जासहित आचरणशील र चरित्रवान नेतृत्वको खाँचो रहेकोमा जोड दिए ।उनले भने, ‘सङ्घीय लोकतान्त्रिक गणतन्त्रमा जनताले सुम्पिएको जिम्मेवारीलाई अन्तस्करणबाटै बोध गर्दै सबै मिलेर देश विकासमा समर्पित होऔँ, इतिहासबाट अनुभव, पाठ र शिक्षा लिएर वर्तमानको चाहना र आवश्यकता सम्बोधन गरी भावी सन्ततिल

    • प्रकाशित मितिः मंसिर २९, २०८२
    • 452 पटक पढिएको
  • एसिसी यु–१९ एसिया कप क्रिकेट प्रतियोगितामा आज नेपाल र बंगलादेश बिच प्रतिस्पर्धा

    काठमाडौं— एसिसी यु–१९ एसिया कप क्रिकेट प्रतियोगिताअन्तर्गत आज दोस्रो खेलमा नेपालले बंगलादेशसँग प्रतिस्पर्धा गर्दैछ ।दुबईमा नेपाल र बंगलादेशको खेल बिहान १०ः४५ बजे सुरु हुँदैछ । यसअघि शनिबार दुबईको द सेभेन्स रङ्गशाला भएको पहिलो खेलमा नेपाल श्रीलंकासँग ८ विकेटले पराजित भएको हो । नेपालमाथि आजको खेल जित्नैपर्ने दबाब छ ।प्रतियोगितामा नेपाल समूह ‘बी’ मा छ । मङ्सिर २६ गतेदेखि सुरू भएको उक्त प्रतियोगितामा नेपालसहित बंगलादेश, श्रीलंका, अफगानिस्तान, भारत, पाकिस्तान, युएई र मलेसिया सहभागी छन् ।

    • प्रकाशित मितिः मंसिर २९, २०८२
    • 436 पटक पढिएको
  • एमाले महाधिवेशनमा एकताको सन्देश, नेतृत्व र भविष्यप्रति प्रतिनिधिहरू आशावादी

    काठमाडौं—  नेकपा एमालेको महाधिवेशनको दोस्रो दिन बन्दसत्र भृकुटीमण्डपमा जारी रहँदा देशभरिबाट आएका प्रतिनिधि तथा कार्यकर्ताहरूले यस महाधिवेशनलाई ‘महाकुम्भ’को संज्ञा दिँदै पार्टीभित्र उत्साह, एकता र भविष्यप्रतिको आशा झल्किएको बताएका छन् ।महाधिवेशनमा सहभागीहरूले नेतृत्व चयन स्वच्छ प्रतिस्पर्धा वा सर्वसम्मत रूपमा हुनुपर्ने धारणा राखेका छन् । उनीहरूका अनुसार महाधिवेशनले पार्टीलाई अझ एकताबद्ध र सशक्त बनाउने सन्देश दिएको छ ।पूर्व प्रेस चौतारी अध्यक्ष तथा महाधिवेशन प्रतिनिधि गणेश बस्नेतले नेपाली माटो र देशको हितविरुद्ध जाने व्यक्ति एमालेको नेतृत्वमा आउन नसक्ने स्पष्ट पारे । यस्तै, सहभागी माया कुवर

    • प्रकाशित मितिः मंसिर २९, २०८२
    • 435 पटक पढिएको
  • सन्तोष खड्का भन्छन युवाको प्रतिनिधित्व सुनिश्चित गर्दै रोजगारी सिर्जनातर्फ पार्टी अगाडि बढ्नुपर्छ

    काठमाडौं— नेकपा एमाले बागमती प्रदेश कमिटि सदस्य र महाधिवेशनको लागि काठमाडौं क्षेत्र नम्बर १० को तर्फबाट युवा प्रतिनिधि सन्तोष खड्काले अब युवाको प्रतिनिधित्व सुनिश्चितता गरेर रोजगारीको अवसर सिर्जना गर्ने बाटो तर्फ अगाडि बढ्नु पर्ने बताएका छन् ।उनले आफ्नो एजेण्डा संरचना निर्माण, रोजगारी, शिक्षा र सामाजिक अवसर सुनिश्चित, डिजिटल र प्रविधिको क्षेत्रमा युवाको सहभागिता, न्याय र समानताको नीति निर्माण रहेको बताए ।उनले भने, ‘अबको नेतृत्व क्षमता बढाउन पारदर्शिता हुनुपर्छ । युवाको प्रतिनिधित्व सुनिश्चितता गर्ने, संरचना निर्माण गर्नुपर्छ, रोजगारी, शिक्षा र सामाजिक अवसर सुनिश्चित गर्ने, डिजिटल र प्रविधिको क

    • प्रकाशित मितिः मंसिर २९, २०८२
    • 468 पटक पढिएको
  • सर्लाहीमा २ सय १२ ग्राम लागूऔषध हिरोइनसहित एक जना पक्राउ

    सर्लाही— सर्लाहीमा २ सय १२ ग्राम लागूऔषध हिरोइनसहित एक जना पक्राउ परेका छन् ।जिल्लाको लालबन्दी नगरपालिका – ५ डाँडा टोलबाट प्रतिबन्धित लागुऔषध हिरोइनसहित एक जना पक्राउ परेका हुन् । प्रहरीका अनुसार गएसाँझ करिब ६ बजे गोप्य सूचनाका आधारमा खटिएको प्रहरीको टोलीले लागुऔषध लुकाइछिपाइ राखिएको आशंकामा खोजतलासी गरेको थियो ।लालबन्दी – ५ स्थित निर्माणाधीन अवस्थामा रहेको सुवास लामिछानेको घरमा खानतलासी गर्दा भुइँ तलाको पश्चिम–दक्षिणतर्फ रहेको कोठाको पूर्वी भित्तामा रहेको इँटाको प्वालभित्र कालो प्लास्टिकमा पोका बनाई लुकाइछिपाइ राखिएको अवस्थामा सेतो धुलो पदार्थ फेला परेको प्रहरीले जनाएको छ ।प्रारम्भिक परीक्षणक

    • प्रकाशित मितिः मंसिर २९, २०८२
    • 413 पटक पढिएको
  • जनकपुरधाममा ई–रिक्सा सञ्चालनमा उपमहानगरपालिकाको कडाई

    जनकपुर— जनकपुरधाममा ई–रिक्सा सञ्चालनमा कडाई गरिएको छ । जनकपुरधाम उपमहानगरपालिकाले आइतबारदेखि उपमहानगरमा दर्ता रहेको ई–रिक्सा बाहेकलाई नगर भित्र सञ्चालन गर्न नदिने नियम लागू गरेको छ ।उपमहानगरपालिकाले धनुषा ट्राफिक कार्यालयको सहयोगमा नगरप्रहरी सहित अन्य ठाउँमा दर्ता भएको ई–रिक्सालाई जनकपुरधाममा प्रवेश गर्न र चलाउनमा निषेध गरेको छ ।जनकपुरधामको सडकमा बढ्दै गएको ई–रिक्साको संख्याले पैदलयात्रुसहित अन्य वाहनहरुलाई समस्या भोग्नु परेकोले यसलाई नियन्त्रण गर्न यो कदम उठाइएको जनकपुरधाम उपमहानगरपालिकाका मेयर मनोज कुमार साहले जानकारी दिए ।उनले आइतबारदेखि चोकहरुमा माइकिङ्ग गरेर दर्ता नभएका टेम्पु, ई–रिक्साला

    • प्रकाशित मितिः मंसिर २९, २०८२
    • 442 पटक पढिएको
  • सालपा विकास बैंकको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

    काठमाडौं— सालपा विकास बैंक लिमिटेडले वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकहरूका लागि निष्कासन गरेको प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) मा आवेदन दिने आज अन्तिम दिन रहेको छ ।बैंकले उक्त आईपीओ मंसिर २५ गतेदेखि खुला गरेको थियो । बैंकले जारी पूँजी ५२ करोड २३ लाख ८८ हजार रुपैयाँको ३३ प्रतिशत बराबरको १७ करोड २३ लाख ८८ हजार रुपैयाँको आईपीओ निष्कासन गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको छ । यसअनुसार प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यका १७ लाख २३ हजार ८८० कित्ता साधारण शेयर जारी गरिँदैछ ।कुल निष्कासित शेयरमध्ये १० प्रतिशत अर्थात १ लाख ७२ हजार ३८८ कित्ता शेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स

    • प्रकाशित मितिः मंसिर २९, २०८२
    • 466 पटक पढिएको
  • हिक भिजन ‘ब्राण्ड’ का उत्कृष्ट वितरक सम्मानित

    काठमाडौँ। सूचना प्रविधिका नवीनतम उपकरण उत्पादनमा  विश्वप्रसिद्ध हिक भिजन ‘ब्राण्ड’ ले नेपालको विभिन्न सहरमा बिक्री वितरण गर्ने उत्कृष्ट वितरकलाई सम्मान गरेका छ ।नेपालको आधिकारिक राष्ट्रिय वितरक म्याक्सिमा मल्टिनेसनल ट्रेडिङ प्रालिद्वारा चितवनमा आयोजित  ‘वार्षिक वितरक भेला २०२५’ मा सम्मानित एवं पुरस्कृत हुने सर्वाेत्कृष्ट १० कम्पनीमा क्रमशः अर्किड इन्टरनेसनल प्राइभेट लिमिटेड (काठमाडौँ), जे फोर टिच प्राइभेट लिमिटेड  (काठमाडौँ), सुप्रिम ट्रेडर्स (काठमाडौँ) छन् । त्यसैगरी, तेजस्वी कम्प्युटर सपोर्ट (झापा विर्तामोड) प्यारागन आइटी सोलुसन (इटहरी सुनसरी), रिना इन्टरप्राइजेज (बनेपा), ओभरअ

    • प्रकाशित मितिः मंसिर २९, २०८२
    • 264 पटक पढिएको
  • सिकारीको बन्दुक पड्किँदा...

    बागमती। मकवानपुरको मनहरी गाउँपालिका–६ स्थित सिस्नेरीपखेरा जङ्गलमा सिकार गर्न हिँडेका सिकारीको भरुवा बन्दुक पड्किँदा सहकर्मीको मृत्यु भएको छ । जङ्गलमा मकवानपुरको राक्सिराङ गाउँपालिका–८ राजराङ्गका ४५ वर्षीय गोपाल ब्लोनले बोकेको भरुवा बन्दुक पड्किएर उहाँसँगै सिकार गर्न हिँड्नुभएका मनहरी गाउँपालिका–६ बालुभञ्जाङ निवासी ५० वर्षीय सेते थिङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक पुष्कर बोगटीका अनुसार ब्लोन र सेते दुवै जनासँगै एकएक थान भरुवा बन्दुक बोकेर जङ्गलमा सिकार गर्न हिँडेकामा अगाडि हिँडिरहेका ब्लोन लहरामा अल्झिएर लडेपछि

    • प्रकाशित मितिः मंसिर २९, २०८२
    • 296 पटक पढिएको

सुचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४ / ९८५११६७५५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.